Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण
एसइई परीक्षाबारे मुख्यमन्त्रीको ध्यानाकर्षण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत ४, २०८१

महोत्तरी- यही आउने बिहीबार (७ चैत) देखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा केन्द्राध्यक्ष नियुक्तिबारे मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जिल्ला परीक्षा समन्वय समितिहरूलाई ध्यानाकर्षण गराएका छन् । परीक्षा सञ्चालन हुन तीन दिनमात्र बाँकी रहँदा मुख्यमन्त्री सिंहले केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक नभई गोलाप्रथाद्वारा तय गर्न समितिको ध्यानाकर्षण गराएका हुन्  ।

मुख्यमन्त्री सिंहले एसइई परीक्षा सञ्चालनबारे प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले समसामयिक सुधार गरिँदै अघि बढ्न यसअघि नै जिल्ला परीक्षा समन्वय समितिलाई केन्द्राध्यक्ष गोलाप्रथाबाट नियुक्त गर्न पत्राचार गरिएको स्मरण गराएका छन् । । तर केही जिल्ला परीक्षा समन्वय समितिले पुरानै प्रक्रियाअनुसार केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोक्ने प्रक्रिया अघि बढाएपछि मुख्यमन्त्री सिंहले यसबारे विज्ञप्ति प्रसारित गरेरै ध्यानाकर्षण गगराएका हुन्  ।

आइतबार साँझ सिंहका तर्फबाट प्रेस सल्लाहकार अनिलकुमार कर्णले प्रसारित गर्नुभएको विज्ञप्तिमा परीक्षा सञ्चालनबारे परीक्षाको मर्यादाका लागि सम्बन्धित केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नतोकिने यसअघि भएका निर्णयको स्मरण गराइएको छ । केन्द्राध्यक्ष गोलाप्रथाबाट तोकिँदा निष्पक्षता र परीक्षाको मर्यादा दुवै पक्षमा सकारात्मक सन्देश र परिणाम प्राप्त हुने अवस्थाको अवज्ञा केही जिल्लाबाट भएको भन्दै यस्तो भए परीक्षा सञ्चालन प्रक्रियाबाट मधेस सरकार अलग्गिनेसम्मको ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख छ ।  

Hardik health

यता जिल्ला परीक्षा समन्वय समितिहरूले यसअघिका वर्षहरूझै केन्द्राध्यक्ष सम्बन्धित केन्द्र रहेको विद्यालयका प्रधानाध्यापक तोकेर नै प्रक्रिया अघि बढाएका छन् । महोत्तरीमा पनि यसअघिका वर्षहरूमा भइआएको व्यवस्थाबमोजिम नै केन्द्राध्यक्ष तोकिएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले बताए।

फरक प्रक्रिया अघि बढाउन तयारीका लागि पर्याप्त समय नहुनु जिल्ला परीक्षा समन्वय समितिको बुझाइ छ । परीक्षाको मुखमा जिल्ला परीक्षा समन्वय समिति र  प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबीच बढ्ने असमझदारीले परीक्षा गञ्जागोल हुने चिन्ता शिक्षाविद्हरूले व्यक्त गरेका छन् ।

“परीक्षा मर्यादित र निष्पक्ष बनाउन समसामयिक सुधार गरिँदै लगिनु सकारात्मक कुरा हुन्, यद्यपि यी कुरामा परीक्षासम्बद्ध सबै पक्षबीच आपसी समन्वय आवश्यक हुन्छ”, तीस वर्ष लामो शिक्षण पेसाबाट अवकाश लिनुभएका बर्दिबास–१ का केदारबहादुर कोइराला भन्छन्, “अहिले अब प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिबीच असमझदारी नभई समन्वय हुन आवश्यक छ ।”

महोत्तरीमा यसपालि एक सय सात सामुदायिक र ३० संस्थागत विद्यालयका गरी एक सय ३७ विद्यालयका १० हजार नौ सय ४६ जना एसइई परीक्षामा सामेल हुँदैछन् । परीक्षा सञ्चालनका लागि जिल्लामा गत वर्ष २०८० कै ३२ केन्द्र कायम गरिएका छन् । परीक्षा सञ्चालनबारे केन्द्राध्यक्ष नियुक्तदेखि जनशक्ति व्यवस्थापन र अन्य सबै तयारी पूरा भएको जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष प्रजिअ कवारीको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
स्नातकोत्तर सम्मेलन सुरु
स्नातकोत्तर सम्मेलन सुरु आइतबार, चैत २२, २०८२
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे  आदेश
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे आदेश शुक्रबार, चैत २०, २०८२
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा बिहीबार, चैत १९, २०८२
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु बिहीबार, चैत १९, २०८२
एसईई परीक्षा भाेलिबाट सुरु
एसईई परीक्षा भाेलिबाट सुरु बुधबार, चैत १८, २०८२
कञ्चनपुरको बैजनाथ मावि संकटमा
कञ्चनपुरको बैजनाथ मावि संकटमा सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP