Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • तीन थान चित्रकला अमेरिकाबाट नेपाल फिर्ता, विदेशिएका सम्पदा फिर्ता आएकामा स्थानीय खुसी
तीन थान चित्रकला अमेरिकाबाट नेपाल फिर्ता, विदेशिएका सम्पदा फिर्ता आएकामा स्थानीय खुसी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन २८, २०८१

काठमाडौं -  काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ । नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहरु २०३७ भदौ २९ गते महाविहार परिसरबाटै हराएको जानकारी दिए । 

सांस्कृतिक तथा धार्मिक महत्वका यी पौभाः अब इतुंबहालमै पुनःस्थापना गरिनुपर्ने र यसका लागि राज्यबाट आवश्यक सुरक्षा प्रबन्ध र अन्य पूर्वाधार बनाइदिनु पर्ने संरक्षण समाजको माग रहेको पनि उनले बताए । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले समुदायस्तरबाट पहल भई हराएका पुराना कलाकृति स्वदेश फर्काउन सकिएकामा खुसी व्यक्त गर्दै फिर्ता भएका ती सम्पदाको संरक्षणका लागि आफ्नातर्फबाट सहयोग गर्ने वचन दिए । 

Hardik health

नेवाः गुथि, न्यूयोर्कका अध्यक्ष विजयमान सिंहले हराएका नेपाली कलाकृतिबारे सम्बन्धित ठाउँमै गएर बुझ्ने काम भएको र लामो समयसम्म विभिन्न निकायसँग संवाद र समन्वय गरी स्वदेश फर्काउन सकिएको भन्दै यस अभियानमा संलग्न सबैलाई धन्यवाद दिए । सोही अवसरमा संरक्षण समाजका तर्फबाट अध्यक्ष सिंहलाई सम्मानपत्र प्रदान गरिएको थियो । 

नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबिआइले सुरुमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए । अमेरिकाबाट नेपाल फर्काइएका ती पौभाःमा ‘चिन्तामणि लोकेश्वर’,  ‘केशचन्द्र आजुको भैरव दर्शन’ र ‘गगनसिं तथा उहाँका दुई श्रीमती’ चित्रित छन् । 
 


प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन निवेदन दिए शुक्रबार, माघ ९, २०८२
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध
निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध शुक्रबार, माघ ९, २०८२
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण
राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण शुक्रबार, माघ ९, २०८२
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म
उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म शुक्रबार, माघ ९, २०८२
बाटोमा लडेर एकको मृत्यु
बाटोमा लडेर एकको मृत्यु शुक्रबार, माघ ९, २०८२
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे
एक तोला सुनको मूल्य तीन लाख एक हजार नाघ्याे शुक्रबार, माघ ९, २०८२
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन
फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन निर्देशन शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP