Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल
औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण पहिलो प्राथमिकताः अध्यक्ष ढकाल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, फागुन २७, २०८१

काठमाडाैं -  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु पर्ने बताएका छन्  ।नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ तथा अन्य विभिन्न संघ संस्थाहरुको सहआयोजना एवं सहयोगमा काठमाण्डौंमा शुरु भएको दुई दिने ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन उद्घाटनका अवसरमा बोल्दै उनले रोजगारी सिर्जना र लगानीकर्ताहरुलाई आकर्षित गर्न राजनीतिक र नीतिगत स्थिरता आवश्यक रहेका बताए ।  

अध्यक्ष ढकालले नेपालमा श्रम शक्तिको उपयोग गर्नका लागि सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवद्र्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोग गर्नु पर्नेमा जोड दिनु भयो । “एकातर्फ नेपाली श्रमशक्तिले नेपालमै रोजगारीका पर्याप्त अवसरहरु पाइरहेका छैनन् भने अर्कोतर्फ नेपाली रोजगारदाताले आफुले खोजेजस्तो सीपयुक्त जनशक्ति प्राप्त गर्न सकिरहेका छैनन् । अर्कोतर्फ नेपाली जनशक्ति श्रम बजारको खोजिमा बाध्यतात्मक रुपले वैदेशिक रोजगारमा जानु पर्ने अवस्था विद्यमान छ । यो अवस्थामा रोजगारीको माग, आपूर्ति, सीप विकास तथा रोजगार सम्बन्ध समेतमा देखिएको अन्तरलाई विश्लेषण गर्दै श्रम तथा रोजगारका नयाँ अवसर खोज्न सक्नु पर्दछ । त्यसको लागि क्षेत्रलाई लगानीका लागि वातावरण सिर्जना गरिदिनु पर्छ ” उनले भने ।

 
उनले रोजगारी सिर्जनाको “रियल एक्टर” निजी क्षेत्र भएको उल्लेख गर्दै औद्योगिक वातावरण सिर्जना गर्ने नीति नियम बनाउँदा र, तर कमा र वा को नाममा असहज परिस्थती बन्न नहुेनमा जोड दिए । नेपालको कूल रोजगारीको ८६ प्रतिशत बढि रोजगारी निजी क्षेत्रले सिर्जना गरेको जानकारी दिँदै उनले निजी क्षेत्रले कुनै उद्योग व्यवसायमा लगानी गर्दा त्यसबाट उसले मात्र फाइदा नलिई सरकार तथा स्थानीय बासिन्दालाई समेत फाइदा पुग्ने हुनाले विकास निर्माण,पूर्वाधार विकासमा सरकार,राजनीतिक दल तथा निजी क्षेत्रको एउटै धारणा बन्नु पर्ने बताए । 

Hardik health

नेपाल सरकारले आगामी १० वर्षलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको घोषणा गरेको सन्दर्भमा उत्पादन र उत्पादकत्व विस्तार तथा आन्तरिक रोजगारीको आधार खोज्न सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको समेत अध्यक्ष ढकालले बताए  यस्तै उनले औद्योगिक वातावरण निर्माणका लागि रोजगारदाता र टे्रड युनियन संगठनका बीच सुमधुर औद्योगिक सम्बन्ध आवश्यक रहेको उल्लेख गर्दै महासंघले रोजगारदाता र श्रमिकहरुका बीचमा सुमधुर सम्बन्ध राख्ने गरि कार्य गरिरहेको जानकारी दिए  ।

उनले महासंघको पहलमा सरकारले विभिन्न कानूनहरु संशोधन गरि संसदबाट हालै पारित गर्नु सकारात्मक भएको बताउँदै अब छिट्टै नियमावली तथा कार्यविधि ल्याउन सरकारसंग आग्रह पनि गरे  । मुलुकको सामाजिक र आर्थिक रुपान्तरणमा नीतिगत र कानुनी सुधारका लागि पृष्ठपोषण लिने तथा नीतिगत र कार्यक्रमगत सुधारका लागि सुझाव प्राप्त गर्न उद्देश्यका साथ आयोजना गरिएको ५औं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन  भएको थियो । 

सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले रोजगारी सिर्जनाको लागि उद्यमशीलता विकास गर्नु पर्नेमा जोड दिए  । यसको लागि सरकार निजी क्षेत्रसंग सहकार्य गरेर जान तयार रहेको बताए । सो अवसरमा प्रधानमन्त्री ओलीले आन्तरिक रोजगार प्रवद्र्धन दशक २०८१ तथा आन्तरिक रोजगार प्रवद्र्धन कार्यक्रम २०८१ को शुभारम्भ गरेका थिए ।  

सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले नेपालको श्रम बजार, चुनौती तथा रोजगारीका अवसरका बारेमा धारणा राखेका थिए  ।विभिन्न प्रदेशका प्रदेशका मुख्यमन्त्रीहरु नेपाल उद्योग वाणिज्य महासंघका,नेपाल उद्योग परिसंघ, नेपाल  चेम्बर अफ कमर्श ,महिला उद्यमी महासंघ नेपाललगायत रोजगारदाता संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु तथा विकास नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको सम्मेलनमा विभिन्न विषयमा सोमबार मंगलबार  विभिन्न सेशनहरु सञ्चालन हुनेछन् ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम
धवलागिरी अस्पताल भवन: तीन पटक म्याद थप गर्दा आधा काम बिहीबार, पुस १७, २०८२
जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण
जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण बिहीबार, पुस १७, २०८२
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण
भू-क्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण बिहीबार, पुस १७, २०८२
आजदेखि रसुवागढी नाका सञ्चालन
आजदेखि रसुवागढी नाका सञ्चालन बिहीबार, पुस १७, २०८२
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन
दुई वर्षमा बन्नुपर्ने  झोलुंगे पुल नौ वर्ष लाग्यो, तीनवर्ष भयो अझै सञ्चालनमा आएन बिहीबार, पुस १७, २०८२
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट
चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट बिहीबार, पुस १७, २०८२
निजी क्षेत्रलाई सरकारको दरिलो साथ
निजी क्षेत्रलाई सरकारको दरिलो साथ बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP