Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #‘द चेन्ज’
  • #हायात_प्लेस
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #यःमरी
  • #दाइँ_महोत्सव
Search Here
समाचार
  • Home
  • समाचार
  • हराए सार्वजनिक धारा बटुवालाई प्यास मेटाउन मुस्किल
हराए सार्वजनिक धारा बटुवालाई प्यास मेटाउन मुस्किल
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

इटहरी - विगत वर्ष जस्तै यस वर्षमा पनि यो समय तराईमा गर्मी निकै बढेको छ । गर्मीसँगै यस तराईका जिल्लामा काम गर्दै आएका सडक मजदुर, पैदलयात्रु एवं बटुवाहरूलाई प्यास मेटाउन मुस्किल हुने गरेको छ । यस क्षेत्रमा सार्वजनिक धारा एवं कुवा पाउनै मुस्किल छ । 

पछिल्लो समय सहरमा सार्वजनिक धाराको संस्कृति हराउँदै गएको छ । व्यापारिक सहरको छवि बनाएको इटहरीमा प्यास लाग्दा पानी पाउन कठिन छ । दैनिक सयौँ यात्रु यही बाटो हुँदै यात्रा गर्छन् । व्यापारिक ‘ट्रन्जिट प्वाइन्ट’ इटहरीमा रोकिएका यात्रुलाई प्यास लागे सार्वजनिक धारा भेटिँदैन । प्यास मेटाउन होटलभित्र छिर्नुपर्छ कि त पसलबाट न्यूनतम रू २० खर्च गर्नुपर्छ । क्याफेमा २५ देखि ५० सम्म तिर्नुपर्छ । इटहरीको मुख्य बजार क्षेत्रमा भेटिएका वडा नं १० का स्थानीय बासिन्दा प्रमोद चौधरी सार्वजनिक धारा नहुँदा पानी किनेर प्यास मेटाउनुपर्ने बाध्यता भएको बताए ।

चौधरीले भने, “प्यास लागे अर्काको घर छिर्नु भएन, पालिकाले कतै सार्वजनिक धारा राखिदिएको छैन, पानी किनेर खानुको विकल्प छैन ।” वडा नं ३ बाट घर बाटोको सिफारिस लिन उपमहानगरपालिकाको कार्यालय, आएकी कमलादेवी तामाङले पनि प्यास लागे पानी किनेर नै खाएको बताए ।   दिनानु दिनगर्मी बढ्दै छ । सहरमा सार्वजनिक स्थानमा पिउने पानीको व्यवस्था नगरिँदा रिक्सा चालक, सफारी चालक, यात्रागर्ने बटुवा वा अन्य सर्वसाधरणलाई पानी खान समस्या हुने गरेको छ । विसं २०६६ अघि भने इटहरीका विभिन्न सार्वजनिक स्थानमा ८४ वटा सार्वजनिक धारा थिए । खाने पानीबाट जोडिएका यी सार्वजनिक धाराबाट सिधैँ पानी पिउन सकिन्थ्यो । यसले गर्दा बटुवा वा यात्रीलाई सहज थियो । तर इटहरी खाने पानी उपभोक्ता संस्थाले सार्वजनिक धारा हटाउने नीति लियो । 

Hardik health

धारा धेरै बिग्रेको र खर्च धेरै आएका कारण सबै धारा कटौती गरिएको इटहरी खाने पानी उपभोक्ता संस्थाका व्यवस्थापक हरिबहादु कटुवालले बताए । “संस्थाले सार्वजनिक स्थानमा धारा नराख्ने नीति नै लिएको छ”, उनले भने, “सार्वजनिक स्थानमा धारा हुँदा चरम दुरूपयोग भएका कारण कार्यालयले नराख्ने निर्णय गरेको हो ।” इटहरी खाने पानी उपभोक्ता संस्थाअन्तर्गत हाल तीन वटा पानीका ट्याङकी रहेका छन् । दैनिक दुई करोड १६ लाख पानी प्रशोधन गर्ने क्षमता रहेको यस कार्यालयले इटहरी उपमहानगरका–२० वडामध्ये १२ वटा वडा लाई मात्र पानीको आपूर्ति गर्दै आएको छ । 

इटहरी उपमहानगरपालिकाले पनि सार्वजनिक स्थानमा पानी पिउने व्यवस्था गरेको छैन । दैनिक हजारौँ व्यक्ति यात्राका दौरान, आर्थिक तथा व्यवसायी कारोबार वा अन्य कामका लागि इटहरी आउँछन् । यस्तो व्यस्त सहरमा सर्वसाधारणलाई पानी पिउन भने समस्या भोग्दै आउनुपरेको छ ।


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तिव्र सडक विस्तार गर्न ट्रक व्यवसायी महासंघको जोड,  मुआब्जाकाे माग
तिव्र सडक विस्तार गर्न ट्रक व्यवसायी महासंघको जोड,  मुआब्जाकाे माग सोमबार, मंसिर १५, २०८२
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ
निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ सोमबार, मंसिर १५, २०८२
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण
गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण सोमबार, मंसिर १५, २०८२
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक सोमबार, मंसिर १५, २०८२
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास
सन्दर्भ एचआइभी एड्स दिवस : एचआईभी एड्सको त्रास : पर्यटनको दिगोपनामा ह्रास सोमबार, मंसिर १५, २०८२
गीता जयन्ती  मनाइँदै
गीता जयन्ती मनाइँदै सोमबार, मंसिर १५, २०८२
सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ
सही नेतृत्व छान्नुहोस्, समृद्ध नेपाल सम्भव छः मन्त्री घिसिङ सोमबार, मंसिर १५, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP