Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #भोजपुर
  • #नारायणगढ–मुग्लिन सडक
  • #एनआरएनए_सहयाेग
Search Here
समाचार
  • Home
  • समाचार
  • दिवसले छुन नसकेका श्रमिक महिला
दिवसले छुन नसकेका श्रमिक महिला
मिला दरै
मिला दरै आइतबार, फागुन २५, २०८१

दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आएकी व्यास–१० दुम्सीचौरकी ले कामको व्यस्तताले दिवस हो भन्ने पत्तै नभएको बताइन् । बिहान ८ बजे खाना खाएर हतारहतार घरबाट निस्केर बिहान ९ बजेदेखि घर निर्माणका लागि उनी इँटा बोक्न व्यस्त थिइन् ।


डुम्रे – ‘सबै महिला तथा बालबालिकाका लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने नाराका साथ नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी शनिबार ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । जिल्लाका श्रमिक महिलाहरू भने शनिबार अन्तर्राष्ट्रिय महिला दिवस हो भनेर बेखबर थिए ।

व्यास नगरपालिका–१ भादगाउँ निवासी सुष्मा गुरुङ शनिबार दमौली बजारमा इँटा, सिमेन्ट, बालुवा र गिट्टी बोक्न व्यस्त थिइन् । ‘आज महिला दिवस हो र ? हामीलाई थाहा नै थिएन, दिनभर कामबाट फुर्सद हुँदैन । बेलुकी र साँझका लागि छाक जुटाउनमा व्यस्त हुन्छौं, हामीलाई न दिवस न रमाइलो गर्ने समय छ,’ उनले भनिन्, ‘हामी बालबच्चाको पठनपाठन र लालनपालनका लागि खर्च जुटाउन दिनभरि काममा व्यस्त हुन्छौं ।’

दमौली बजारमा सिमेन्टमा बालुवा, गिट्टी घोल्ने, ओसारपसार गर्ने र इँटा बोकेर दैनिकी चलाउँदै आएकी व्यास–१०, दुम्सीचौरकी सुस्मिता विकले कामको व्यस्तताले दिवस हो भन्ने पत्तै नभएको बताइन् । बिहान ८ बजे खाना खाएर हतारहतार घरबाट निस्केर बिहान ९ बजेदेखि घर निर्माणका लागि उनी इँटा बोक्न व्यस्त थिइन् ।

Hardik health

महिला दिवस कहिले पर्छ, किन मनाइन्छ थाहा छैन । हामी जस्तो श्रमिकलाई कसले भन्छ र दिवस थाहा हुनु । काम नगरी खान पुग्दैन । दिवसले हामीलाई खान दिँदैन ।
सुस्मिता विक
श्रमिक, दुम्सीचौर, तनहुँ 

विकले भनिन्, ‘दिवस कहिले पर्छ, किन मनाइन्छ थाहा छैन काम नगरी खान पुग्दैन ।’ उनी महिला दिवसबारे जानकारी नै नभएको बताउँछिन् । ‘यो दिवसका बारेमा हामीलाई थाहा हुँदैन, न त हामी जस्ता श्रमिकलाई जानकारी गराइन्छ,’ उनी भन्छिन्, ‘दिवसले हामीलाई खान दिँदैन ।’ काम गरेबापत दैनिक ६०० रुपैयाँ ठेकेदारबाट पारिश्रमिक पाउने गरेको उनले जानकारी दिइन् ।

महिला र पुरुषबीच अझै पनि ज्यालामा विभेद हुने गरेको उनीहरूको गुनासो छ । पुरुषसरह काम गरे पनि ज्याला तथा पारिश्रमिकमा विभेद रहेको विकले बताइन् ।एउटै काम बराबर गरे पनि ज्यालामा असमानता रहेको गुरुङको भनाइ छ । उनले भनिन्, ‘पुरुषले यही काम गर्दा एक हजार रुपैयाँ पाउँछन्, हामीलाई ६०० रुपैयाँमात्रै दिन्छन् ।’ पुरुषसरह काम गरे पनि कामको मूल्यांकन भने कम हुने गरेको श्रमिक महिलाको गुनासो छ । गुरुङले भनिन्, ‘थोरै आम्दानी हुने भएकाले भाडाको घरमा बस्नु परेको छ, केटाकेटी पढाउन, खान र अन्य खर्च जुटाउन सास्ती हुन्छ ।’

सरकारले एकातिर महिला सुरक्षा, सम्मान र रोजगार, समृद्धि ल्याउने भन्दै दिवस मनाइरहेको छ । तर निर्माण क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने अधिकांश महिलाले यो दिवस कहाँ र कसरी मनाइँदै छ भनेर अनभिज्ञ रहेको बताउँछन् । श्रमिक महिलाको पहिचान र सम्मानका लागि स्थानीय सरकारले खोजी गरिरहेको सूचना प्रकाशन भएको पाइए पनि यी श्रमिक महिला पर्दा पछाडि रहन बाध्य

छन् । दैनिक ज्यालादारी गरेर जीकिोपार्जन गर्ने अधिकांश श्रमिक महिलालाई यो दिवसका बारेमा खासै मतलब छैन । शनिबार दमौलीमा भेटिएका अधिकांश श्रमिक महिलाले दिवस मनाउने र यसका बारेमा चासो नभएको बताए ।व्यास–३ निमचोकमा घर निर्माणका लागि बालुवा, गिट्टी घोल्दै गरेकी ऋषिङ गाउँपालिका–१ की दिलमाया थापा मगरलाई पनि दिवसले छुन सकेन । अरू दिनजस्तै उनी शनिबार पनि बिहानदेखि घरको गारो लगाउन बालुवा र सिमेन्ट घोल्ने काम व्यस्त बनिन् । ‘निर्माण क्षेत्रमा काम गरेको १० वर्षभन्दा बढी भयो, अहिलेसम्म दिवस मनाएको छैन, कसैले मनाउनुपर्छ भनेर जानकारी पनि दिएका छैनन्,’ मगरले भनिन्, ‘काम नगरी खान पाइँदैन र पुग्दैन पनि । दिवस मनाएर हामी जस्ता कामदारलाई अर्थ छैन ।’

समान कामका लागि समान ज्याला हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएका छौं, तर सुनुवाइ हुँदैन, पढेलेखेका जागिर खाएकालाई दिवसले अर्थ दिए पनि वास्तविक सामान्य पढेका तथा अशिक्षित महिलाहरू अझै पनि दिवसको अर्थ, महत्व र कार्यक्रमभन्दा बाहिर रहेका छन् ।
इन्दिरा दरै
उपप्रमुख, व्यास नगरपालिका 

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले महिलालाई पुग्नुपर्ने सचेतना अझैसम्म पनि पुग्न नसकेको बताइन् । सचेतनाको अभावले दिवसको दिनमा महिला काम गर्न बाध्य रहेका उनको भनाइ छ । ‘ठेकेदारले महिला कामदारलाई बिदा दिनुपर्ने हो, तर दिवसप्रति गम्भीर बनाउन कुनै निकायले समन्वय नगर्दा यस्तो अवस्था आएको हो,’ उनले भनिन् ।

ठेकेदार नै दिवसका विषयमा अनभिज्ञ हुँदा वर्षमा एकपटक मनाइने दिवसले वास्तविक श्रमिक महिलालाई छुन नसकेको उपप्रमुख दरैको भनाइ छ । उनले दीर्घकालीन सोचका साथ नीतिगत रूपमा श्रमिक महिलाको हकहितलाई समेटेर कार्यक्रम ल्याउन सकेमात्र दिवस मनाउनुको औचित्य हुने धारणा राखिन् ।
श्रमिक महिलासँगै ठेकेदारलाई समेत सचेत गराउन सक्नुपर्ने र दिवसका विषयमा जानकारी गराउन आवश्यक देखिएको उपप्रमुख दरैले बताइन् । सरकारले वास्तविक श्रमिकलाई सम्मान गर्न सकेमा मात्रै दिवसको प्रभावकारी देखिने भन्दै उनले भनिन्, ‘समान कामका लागि समान ज्याला हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आएका छौं, तर सुनुवाइ हुँदैन, पढेलेखेका जागिर खाएकालाई दिवसले अर्थ दिए पनि वास्तविक सामान्य पढेका तथा अशिक्षित महिलाहरू अझै पनि दिवसको अर्थ, महŒव र कार्यक्रमभन्दा बाहिर रहेका छन् ।’ 


प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  ११:५८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डबली सर्किट रन–२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक
डबली सर्किट रन–२०८२ सम्पन्न : सफल पुन र साङ्ग्रिला श्रेष्ठलाई स्वर्ण पदक आइतबार, असोज ५, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन्
खै ! गाउँगाउँमा सिंहदरबार ? घर छ, मानिस बस्दैनन् आइतबार, असोज ५, २०८२
नारायणगढ सडकखण्ड खुलाउने प्रयास
नारायणगढ सडकखण्ड खुलाउने प्रयास आइतबार, असोज ५, २०८२
आइतबार सूर्यग्रहण
आइतबार सूर्यग्रहण आइतबार, असोज ५, २०८२
दोधारा चाँदनीमा जंगली हात्ती ,रातभर जाग्राम
दोधारा चाँदनीमा जंगली हात्ती ,रातभर जाग्राम आइतबार, असोज ५, २०८२
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र
दसैंको मुखमा प्रमुख राजमार्ग अवरुद्ध, घर जाने यात्रु अलपत्र आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP