Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
विश्व
  • Home
  • विश्व
  • कोरोना सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन बढ्यो
कोरोना सङ्क्रमित सङ्ख्या दिनप्रतिदिन बढ्यो
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ५, २०७६
4ee6c5106d5a4dd4b02cea0b4e5d9c2e-4ee6c5106d5a4dd4b02cea0b4e5d9c2e-5da0c9b38d6f47e68a81021c5156bdc2
Hardik health
न्यूयोर्क – कोरोना भाइरसबाट सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सबैभन्दा धेरै मृत्यु र सङ्क्रमित हुनेको सङ्ख्या इटलीमा रहेको छ । इटलीमा मङ्गलबार २७ हजार ९८० बिरामी भएकोमा दुई हजार १५८ जनाको मृत्यु भएको छ । बिरामीमध्ये दुई हजार ७४९ जनालाई निको भएको छ भने २३ हजार ६३ जना बिरामी अवस्थामै रहेका छन् । बिरामीमध्ये एक हजार ८५१ जना गम्भीर अवस्थामा रहेका छन् । अमेरिकामा सोमबार रातिसम्म बिरामीको सङ्ख्या चार ८०० सय पुगेको छ । पछिल्लो २४ घण्टामा झण्डै एक हजार बिरामी थपिएका छन् । मृत्यु हुनेको सङ्ख्या भने ८५ रहेको छ । तीमध्ये आधाभन्दा बढी वासिङ्टनका रहेको छन् भने न्यूयोर्कमा १० क्यालीफोर्नियामा सात जनाको मृत्यु भएको छ । भारतमा मङ्गलबारसम्म १२५ जना सङ्क्रमित भएका छन् । तीमध्ये १०३ जना भारतीय नागरिक नै छन् भने २२ जना विदेशी रहेका छन् । भारतमा कोरानाका कारण अहिलेसम्म दुई जनाको मृत्युभएको छ भने १३ जना उपचारपछि घर फर्किएका छन् । दक्षिण कोरिायमा पछिल्लो २४ घण्टामा ८४ जना बिरामी थपिएका छन् । योसँगै कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० पुगेको छ । त्यसैगरी थप छ जनाको मृत्यु भएसँगै कोरियामा कूल मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको अधिकारीले जनाएका छन् । बिरामी र सङ्क्रमित भएकामध्ये २६४ जना सन्चो भएर घर फर्किएका छन् । फ्रान्समा छ हजार ६३३ जना सङ्क्रमित भएका छन् भने कूल १४८ जनाको मृत्युभएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १२ जनालाई निको भइसकेको छ । बिरामी नै अवस्थामा रहेका छ हजार ४७३ जनामध्ये ४०० जना गम्भीर अवस्थामा रहेका छन् । अष्ट्रेलियामा कूल बिरामीको सङ्ख्या ४४० पुगेको छ । तीमध्ये ३९ जना पछिल्लो २४ घण्टामा थपिएका छन् भने अहिलेसम्म कूल पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । अष्ट्रेलियाबाट उडान हुने अन्तरराष्ट्रिय हवाई सेवामध्ये ९० प्रतिशत उडान स्थागित भएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रिमत सङ्ख्या २३४ पुगेको छ । तीमध्ये ३४ जना पछिल्लो २४ घण्टामा थपिएका छन् । इजिप्टमा भने पछिल्लो २४ घण्टामा दुईजनाको मृत्यु भएको थप ४० जना गरी कूल सङ्क्रमितको सङ्ख्या १६६ पुगेको छ । मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । इजरायलमा स्वास्थ्य परीक्षण गरिएका मध्ये पछिल्लो समयमा थप ८५ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको छ, योसँगै कूल सङ्क्रिमतको सङ्ख्या २९८ पुगेको छ । इराकमा थप एक जनाको मृत्यु भएको छ भने छ जना थप सङ्क्रमित भेटिएका छन् । योसँगै कूल मृत्यु हुनेको सङ्ख्या १० र सङ्क्रमित हुनेको सङ्ख्या १३३ पुगेको छ । त्यसैगरी इरानमा १४ हजार ९९१, स्पेनमा नौ हजार ९४२, जर्मिनीमा सात हजार २६२, नेदरल्याण्डमा एक हजार ४१३ जना सङ्क्रमित भएको विवरण विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको जनाइको छ । जापानमा कोभिड–१९ बाट ८२१ सङ्क्रमण भएको मङ्गबार जापानको स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारले मङ्गलबार जानकारी दिएको छ । स्थानीय समयानुसार मङ्गलबार बिहान १०ः३० सम्म ८२१ जनामा सङ्क्रमण देखिएका छ । जापानमा कोरोना भाइरसको सङ्क्रमणको कारण हाल सम्म ३५ व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूमा टोकियोनजिकको योकोहामामा भाइरसबाट प्रभावित डायमण्ड प्रिन्सेस् क्रूज जहाजमा रहेका व्यक्तिहरूमा पनि समावेश छन् । (रासस÷सिन्ह्वा)
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  ०६:५४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
भारतमा विशाल जनगणना सुरु
भारतमा विशाल जनगणना सुरु मंगलबार, चैत १७, २०८२
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ
जापानद्वारा लामो दूरी मिसाइल तैनाथ मंगलबार, चैत १७, २०८२
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको संकेत मंगलबार, चैत १७, २०८२
मध्यपूर्व तनाव चर्किंदै
मध्यपूर्व तनाव चर्किंदै मंगलबार, चैत १७, २०८२
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा मंगलबार, चैत १७, २०८२
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार
इन्डोनेसियाको समुद्रमा डुंगा डुब्दा फसेका चालक दलका सबै सदस्यको जिवितै उद्धार मंगलबार, चैत १७, २०८२
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ
लेबनानका स्वास्थ्य केन्द्रहरुमा आक्रमण जारी : राष्ट्रसंघ मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP