Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी भन्सार कर देशलाई ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका विदेशमन्त्रीको आरोप
अमेरिकी भन्सार कर देशलाई ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ चीनका विदेशमन्त्रीको आरोप
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, फागुन २३, २०८१

बेइजिङ- चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताएका छन्  । 

उनले देशको वार्षिक संसदीय सत्रको ‘साइडलाइन’ मा शुक्रबार पत्रकार सम्मेलनमा वासिङ्टनमाथि ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने’ आरोप लगाए ।  अमेरिकाको फेन्टानिल संकट नियन्त्रण गर्न मद्दत गर्ने चीनको प्रयासलाई दण्डात्मक भन्सार शुल्कले जवाफ दिइएको भन्दै उहाँले यसबाट दुई मुलुकबीचको सम्बन्धलाई तनावपूर्ण बनाइरहेको बताए ।

“कुनै पनि देशले चीनलाई दबाउन सक्छ र एकै समयमा चीनसँग राम्रो सम्बन्ध कायम राख्न सक्छ भन्ने कल्पना गर्नु हुँदैन”, वाङले भने, “यस्ता दोहोरो कार्यहरू द्विपक्षीय सम्बन्धको स्थिरता वा आपसी विश्वास निर्माणका लागि राम्रा होइनन् ।”

जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कार्यालयमा फिर्ता आएदेखि दुवै मुलुकले प्रतिशोधपूर्ण जित्नेजति भन्सार शुल्कहरू पुनः लागू गर्न थालेका छन् ।  अमेरिकाले सबै चिनियाँ आयातमा २० प्रतिशतको समान भन्सार शुल्क लगाएको छ भने बेइजिङले कुखुरा, सुँगुरको मासु, सोया र गाईको मासुसहितका अमेरिकी आयातमा थप १५ प्रतिशत भन्सार शुल्क लगाएर तथा प्रमुख अमेरिकी कम्पनीहरूसँग व्यापार गर्न नियन्त्रण विस्तार गरेर प्रतिकार छ ।

अन्तर्राष्ट्रिय सहकार्यभन्दा माथि अमेरिकी हितको सुरक्षा गर्ने ट्रम्प प्रशासनको नीतिका बारेमा वाङले यस्तो दृष्टिकोण, यदि विश्वका हरेक देशले अपनाए भने ‘जङ्गली कानून’ को परिणत हुने बताए । “साना र कमजोर देशहरू पहिले जल्नेछन् र अन्तर्राष्ट्रिय व्यवस्था तथा नियमहरू गम्भीर आघातमा पर्नेछन्”, वाङले भने , “प्रमुख देशहरूले आफ्नो अन्तर्राष्ट्रिय दायित्वहरू पूरा गर्नुपर्छ ... र कमजोरहरूबाट फाइदा लिन र धम्की दिन खोज्नुहुन्न ।”

युक्रेन युद्धमा वाङले राजनीतिक वार्ताको माध्यमबाट द्वन्द्व समाधानलाई समर्थन गर्ने चीनको स्थितिलाई दोहोर्याए । उनले पछि फर्केर हेर्दा युक्रेन द्वन्द्व ‘रोक्न सकिने थियो’ भने । “सबै पक्षले संकटबाट केही सिक्नुपर्छ”, उनले भने, “अन्य धेरै कुरामध्ये, सुरक्षा पारस्परिक र समान हुनुपर्छ, र कुनै पनि देशले अर्कोको असुरक्षामा आफ्नो सुरक्षा निर्माण गर्नु हुँदैन ।”

वाङले युक्रेन युद्धको अन्त्यमा अमेरिका र रुसबीच हालैको परामर्शहरू भए पनि चीन–रूस सम्बन्ध पहिले जस्तै बलियो रहेको कुरामा जोड दिए । बेइजिङ र मस्कोले यस वर्ष दोस्रो विश्वयुद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव मनाउन संयुक्त उत्सव मनाउने योजना बनाइरहेको पनि उनले बताए । चीनले आफ्नै भएको दाबी गर्ने ताइवानका बारेमा वाङले ‘ताइवान कहिल्यै देश भएको छैन र भविष्यमा पनि कहिल्यै देश हुनेछैन’ भने ।

“ताइवान स्वतन्त्रताको पक्षमा वकालत गर्नु देशलाई विभाजित गर्नु हो, ताइवान स्वतन्त्रताको समर्थन गर्नु चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हो र ताइवान स्वतन्त्रतालाई मिलेमतो गर्नु ताइवान जलडमरुमध्यको स्थिरता कमजोर बनाउनु हो”, उनले भने, “ताइवानको स्वतन्त्रताको समर्थन गर्नेहरू केवल आगोसँग खेलिरहेका छन् र आफैँलाई जलाउनेछन् ।”

गाजाको नियन्त्रण लिने र प्यालेस्टिनीहरूलाई छिमेकी देशहरूमा पुनर्वास गर्ने ट्रम्पको योजनाबारे सोधिएको प्रश्नमा वाङले ‘गाजा प्यालेस्टिनीहरूको हो र यस क्षेत्रको स्थितिमा कुनै पनि जबरजस्ती परिवर्तनले नयाँ अशान्ति निम्त्याउनेछ’ भने ।  चीनले इजिप्ट र अन्य अरब देशहरूले अघि सारेको शान्ति योजनाको समर्थन गरेको भन्दै उनले प्यालेस्टिन र इजरायलका लागि दुई–राज्य समाधानका लागि बेइजिङको समर्थन पुनः दोहोर्‍याए ।

“इजरायल–प्यालेस्टिन द्वन्द्व बारम्बार हुने गर्छ किनभने दुई–राज्य समाधान केवल आधा मात्र प्राप्त भएको छ”, वाङले भने, “इजरायल राज्य लामो समयदेखि एक वास्तविकता बनेको छ तर प्यालेस्टिन राज्य अझै पहुँचभन्दा धेरै टाढा छ ।”


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP