Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विकास तामाङ
  • #नेकपा एमाले
  • #आदिवासी जनजाति क्लस्टरबाट अइन्द्रसुन्दर नेम्बाङ र आदिवासी जनजाति महिला क्लस्टरबाट भूमिका सुब्बा तथा आशारत्न जबेगु
  • #फोनिज
  • #गगनकुमार थापा
  • #एमाले महाधिवेशन
  • #नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेश
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #टेलिग्राम
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • ब्रह्मायणी विद्यालयको वार्षिक उत्सव सम्पन्न, विज्ञान र गणित प्रदर्शनीमा जेसीबी मोडेल उत्कृष्ट
ब्रह्मायणी विद्यालयको वार्षिक उत्सव सम्पन्न, विज्ञान र गणित प्रदर्शनीमा जेसीबी मोडेल उत्कृष्ट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन १२, २०८१

नुवाकोट – ककनी पालिकाको ब्रह्मायणी आधारभुत विद्यालयले ४३औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । आइतबार स्थापना इतिहासलाई सम्झैँदै नुवाकोटको ककनी गाउँपालिकाको चतुराले बरबन्दीस्थित वडा नं ७ मा रहेको ब्रह्मायणी आधारभुत विद्यालयले आफ्नो ४३औं वार्षिक उत्सव विज्ञान र गणित प्रदर्शनीसहित सम्पन्न गरेको हो ।

वार्षिकोत्सव कार्यक्रममा ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले पालिकाको शैक्षिक गुणस्तर वृद्धिको लागि सदैव पहल जारी रहने बताउँदै ब्रह्मायणी विद्यालयको विकासका लागि सकेको सहयोग गर्ने बताएका छन् । अध्यक्ष तामाङले भने,‘ आफु पुरै ककनी गाउँपालिकाको अभिभावक भएको हुँदा एउटा मात्रै विद्यालयको लागि गर्छु भन्न नसकिने र समग्रमा सबै वडामा रहेका सबै विद्यालयहरुलाई हेर्दा जुन विद्यालयमा जुन कुराको आवश्यकता देखिएको छ । ’ उनले त्यसको लागि बजेट तयार गरी आवश्यकता परिपुर्ति गर्दै आएको र आगामी दिनहरुमा पनि गर्ने प्रतिवद्धता जनाएका छन् । 

‘ब्रह्मायणी विद्यालयमा आवश्यक देखिएको खेल मैदानको लागि ब्लक राख्नको लागि आगामी वर्ष कार्यपालिकाबाट बजेट पास गर्ने छ ’, उनले बताए । यसै क्रममा रानीपौवा चतुराले हुँदै बट्टार जोडिने सडक खण्ड प्रदेशको आयोजना भएका कारण स्थानीयले थप बजेट तय गरी काम गर्न नमिल्ने र गरेको अवस्थामा भोलिका दिनहरुमा मुद्धा खेप्नुपर्ने सम्भावना रहेकोसमेत उनले प्रष्ट पारेका छन् । 

यसैगरी ककनी गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष रामकृष्ण तामाङले भने,‘कार्यक्रममा आफ्नो वडामा रहेको विद्यालयलाई वडाबाट सक्ने बजेट तयार पारी विद्यालयको विकास निर्माण गर्न सदैव तत्पर रहिरहने छु ।’ विगतको तुलनामा शिक्षासँगै वडाभित्रको समग्र विकास तिव्रता पारिएको तामाङले बताए ।  पालिका शिक्षा अधिकृत पेमादोर्जे थोकरले विद्यालयमा राजनैतिक पूर्वाग्रह नराखिकन सबै दलहरु मिलेर विद्यालयको समग्र विकासमा लाग्नुपर्ने बताए ।

Hardik health

चतुराले (माझगाउँं)मा रहेको विद्यालयले वार्षिक उत्सवको अवसरमा विद्यालयका लागि जग्गा दान गर्ने जग्गादाता–कृष्ण बहादुर तामाङ, पानी दाता– ठूलो कान्छा तामाङ, संस्थापक प्रधानाध्यापक रामशरण बोगटी , निवर्तमान प्रधानाध्यापक नवराज पाठक बोगटीलाई दोसल्ला ओडाएर सम्मान पत्रसहित सम्मान गरेको थियो । विद्यालयले पूर्व प्रधानाध्यापक नवराज पाठकलाई पनि सोही कार्यक्रममा बिदाइ गरेका थियो । ‘समाजको आँखा विद्यालय’ भन्ने मूल मन्त्र सम्झेर वि.सं २०३८ सालमा तत्कालिन चतुराले गाउँ  पञ्चायतका सदस्य स्वर्गीय ठूल बहादुर तामाङले सो विद्यालय स्थापना गरेका हुन् ।

विद्यालयका लागि भूतपूर्व वडाअध्यक्ष एवम् समाजसेवी कृष्ण बहादुर तामाङले जग्गादान गरेका थिए । त्यतिबेला भूतपूर्व शिक्षामन्त्री डा. प्रकाशचन्द्र लोहनीले विद्यालय सञ्चालन अनुमतिका लागि पहल गरिदिएका थिए ।  उक्त कार्यक्रममा एक लाख बराबरको सिंग बहादुर गोले स्मृति छात्रवृत्ति कोष स्थापना भएको छ । हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी सनमान गोलेले आफ्नो बुबाको नाममा सो कोष स्थापना गरिदिएका हुन् । 

कार्यक्रमको अवसरमा विद्यालयले विज्ञान तथा गणित प्रदर्शनीका लागि भोटिङ गराई उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको प्रधानाध्यापक विन्दामाया बज्यूले जानकारी दिएका  छिन् । विद्यालयले ककनी गाउँपालिकाभित्र रहेका आधारभुत स्तरिय हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने ककनी ७ कै महेन्द्र माध्यमिक विद्यालयले रु दश हजार , द्वितिया हुने ककनी ४ को भवानी माध्यमिक विद्यालयले छ हजार रुपैँया, तृतीय हुने ककनी ६ को नवजीवन माध्यमिक विद्यालयलले तीन हजार रुपैँया र सान्त्वना ककनी ५ को सरस्वती माध्यमिक विद्यालयललाई रु एक हजार नगदसहित प्रमाणपत्र र मेडलद्वारा पुरस्कृत गरिएको प्रधानाध्यापक बज्यूले जानकारी दिएका हुन्  । 

विषयगत शिक्षकहरुमा विष्णु बहादुर क्षेत्री ,जयराम थपलिय ,मोविन मियाँ, सुजन अंग्रेजी तामाङ , स्थानिय पाठ्यक्रम सुशिला तामाङलाई समेत पुरस्कृत गरेको थियो । विद्यालयले विद्यार्थीहरुको मूल्यांकनको आधारमा शिक्षकहरुलाई पुरस्कृत गरेको हो । 

क–कसले पाए पुरस्कार :  
विद्यालयले आयोजना गरेको आन्तरिक क्रियाकलापमा भाग लिएर विजयी हुने सम्पुर्ण विद्यार्थीहरुलाई पुरस्कृत गरेकोे थियो  ।    इसिडी प्रथम कक्षाको बिस्कुट पानी दौडमा प्रथम कस्मीरा तामाङ, द्वितीय रविना मुडभरी, तृतीयमा सेलिस्टीना तामाङ  पुरस्कृत भएका छन् । पुरस्कृत द्वितीय बिस्कुट पानी दौडमा प्रथम पवन तामाङ द्वितीय गौरव तामाङ, तृतीय सक्षम तामाङ तामाङ  पुरस्कृत भएका छन् । यसैगरी कक्षा १मा भएको बेलुन फुटाईमा प्रथम प्रियासा तामाङ , द्वितीय विपिन तामाङ तृतीय रजनी तामाङ पुरस्कृत भएका छन् । कक्षा २को सांगीतिक कुर्सी (म्युजिकल च्यर)मा प्रथम संकेत तामाङ, द्वितीय संकल्प तामाङ , तृतीय समिक्षा तामाङ पुरस्कृत भएका छन् ।

त्यस्तै कक्षा ३ मा खेलिएको भित्रबाहिर खेलमा प्रथम राधिका देवकोटा, द्वितीय श्रेजल लामिछाने, तृतीय श्रेया तामाङ पुरस्कृत भएका छन् । कक्षा ४ को गिलास दौडमा प्रथम रोमन तामाङ, द्वितीय सुप्रिना तामाङ, तृतीय सुमन तामाङ पुरस्कृत भएका छन् । यसैगरी कक्षा ५ को बोतल दौडमा प्रथम रितु लामाङ , द्वितीय जुना तामाङ, तृतीय लक्ष्मी लामिछाने पुरस्कृत भएका छन् । कक्षा ६ को सियो धागो खेलमा प्रथम रेमन लामाङ , द्वितीय क्रिसन तामाङ, तृतीय राम तामाङ पुरस्कृत भएका छन् । यस्तै कक्षा ७ को हिसाब खेलमा प्रथम लक्षु तामाङ , द्वितीय रिजन तामाङ, तृतीय सामिक्षा लामिछाने पुरस्कृत भएका छन् । कक्षा ८ को चम्चा गुच्चा दौडमा प्रथम क्रिस तामाङ, द्वितीय राजिव तामाङ, तृतीय संगम तामाङ पुरस्कृत भएका छन् ।

शिक्षकहरुले पनि खेल प्रतियोगितामा सहभागी भएका थिए । चम्बा गुच्चा दौेड प्रतियोगितामा शिक्षक विष्णु बहादुर खड्का क्षेत्री प्रथम , शिक्षक शुसिला तामाङ द्वितीय,  दिनेश गोले तृतीय भई पुरस्कृत भएका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अन्जान रुम्बा तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक प्रअ. बोगटी, जग्गादाता तामाङ,महेन्द्र उच्च माविका प्रअ शशि कुमार थपलिया लगायतले शुभकामना मन्तव्य राखेका थिए । उक्त विद्यालयमा हाल ९७ विद्यार्थीहरु अध्ययनरत रहेका छन् । 

 


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम
उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम शुक्रबार, पुस ४, २०८२
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन 
कन्या क्याम्पसको साधारण सभा सम्पन्न , सञ्चालकको अध्यक्षतामा पुनः डा. शर्मा चयन  सोमबार, मंसिर २९, २०८२
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र
त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र सोमबार, मंसिर २९, २०८२
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ
शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ शुक्रबार, मंसिर २६, २०८२
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई
हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई शुक्रबार, मंसिर २६, २०८२
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने
मनमोहनमा बिएससी नर्सिङको पढाइ सुरु हुने बिहीबार, मंसिर २५, २०८२
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की बुधबार, मंसिर २४, २०८२
लोकप्रिय
  • Week
  • Month
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP