Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
साहित्य
  • Home
  • साहित्य
  • साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन ११, २०८१

पोखरा- पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।

पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव्य बनाउन फागुन ३ गते मात्र पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको थियो । करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ भएको घोषणालाई सार्थक बनाउन पनि पोखराले कुनै न कुनै गतिविधि गरेर पर्यटकलाई भित्र्याउनुपर्ने अवस्थामा यो महोत्सवले पनि पर्यटन प्रवर्द्धनमा थप भुमिका खेल्ने विश्वास व्यवसायीको छ ।
 
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईले नेपाल साहित्यक महोत्सवको १२औँ संस्करणले पोखरालाई थप पर्यटकमयी बनाउने विश्वास व्यक्त गर्नुभयो । उनले फेवा किनारमा हुने विचारमन्थनले राजनीति, विभिन्न जात, धर्म, भाषाभाषीको पहिचान र कला संंस्कृतिका बारेमा विषय उठान नयाँ र अग्रज पुस्ताबीचको समन्वयात्मक भूमिका पनि महोत्सवले खेल्ने बताए।
 
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा इभेन्ट नै इभेन्टको सहर भएको जनाउँदै लिटरेचर फेस्टिभलले पोखराको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले पोखरा भ्रमण वर्ष २०२५ सफल बनाउन पनि यो एउटा कोशेढुङ्गा सावित हुने बताए । योसँगै पोखरामा आउने पर्यटकले होटल, रेस्टुरेन्ट, यातायात र अन्य सेवामा खर्च गर्छन्, जसले स्थानीय व्यवसायलाई फाइदा पुग्ने र अर्थतन्त्र चलायमान हुने नको भनाइ छ ।

पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले पोखरा पर्यटन वर्ष घोषणा भइसकेको जनाउँदै अब १२औँ संस्करणले साहित्यिक महोत्सवले पोखरालाई थप गतिशील बनाउने विश्वास व्यक्त गरे ।  उनले पोखरालाई केवल प्राकृतिक सौन्दर्यको केन्द्रमात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको प्रमुख थलोका रूपमा स्थापित गर्ने लक्ष्य महानगरको भएको र यस्ता महोत्सवलाई प्रवर्द्धन गरिरहेको जानकारी दिए ।

Hardik health

कार्यकारी निर्देशक नीरज भारीका अनुसार यस वर्षको फेस्टिभलमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार र नेताको उपस्थिति रहने छ । फेस्टिभलमा ५० भन्दा बढी सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र रचनात्मक गतिविधि समावेश गरिने छन् । नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनी र भूषिता वशिष्ठबीच संवादसँगै प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, मनिषा कोइरालासँगको संवाददेखि राजेश हमालको पुस्तक लोकार्पणसम्मका चर्चित सत्र समावेश हुनेछन् । छ वर्षीया भूमिलक्ष्मीदेखि ८९ वर्षीय मोहनविक्रम सिंहसम्मको पुस्तकको चर्चाजस्ता साहित्य र समाजका विभिन्न पाटोहरूमा बहस विचारविमर्श हुनेछन् ।

निर्देशक अजित बरालले इभेन्टहरूको सहर पोखरामा लिटरेचर फेस्टिभलले सहरको संस्कृति र सभ्यता निर्माण र पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरे ।  उनले महोत्सव सफल बनाउन स्थानीय, प्रदेश र सङ्घ सरकारसँगै, निजी क्षेत्र एनसेल, पर्यटन व्यवसायी साहित्य अनुरागी, सङ्घसंस्था, सञ्चार जगत् सबैको साथ रहेको बताए। 

उनका अनुसार साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजजस्ता समूहहरूले परम्परागत र समकालीन सङ्गीतको मिश्रण प्रस्तुत गर्ने छन् । यसले पोखराको साङ्गीतिक परम्परामा पनि नयाँ रङ्ग थप्ने छ । साथै लोक चित्रकारको चित्रकला प्रदर्शनीले संस्कृति र कलाप्रेमीलाई आकर्षित गर्नेछ । 


प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:२७
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP