Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #कुमार_यात्रु
  • #सम्मान
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #विश्व शान्ति सम्मेलन
Search Here
समाचार
  • Home
  • समाचार
  • सहायता कटौतीमा आक्रामक ट्रम्प
‘वित्तीय संघीयता’ शीर्षकमा नेपाललाई दिएको सहयोग ‘ठगी’ भएको टिप्पणी सहायता कटौतीमा आक्रामक ट्रम्प
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, फागुन ८, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय संघीयता सबलीकरणका लागि नेपाललाई दिँदै आएको सहयोगलाई ‘ठगी’को संज्ञा दिएका छन् । एलन मस्क प्रमुख रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डज)ले तयार गरेको दस्तावेजलाई सार्वजनिक गर्दै ट्रम्पले त्यसो भनेका हुन् । 

सोही कारण सहयोग रोक्नुपरेको उनले प्रस्टीकरण दिएका छन् । ‘नेपालको वित्तीय संघीयता सबलीकरणका लागि २० मिलियन डलर पठाएका रहेछौं,’ उनले दस्तावेज पढ्दै भने, ‘यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।’ उनले जैविक विविधता संरक्षणका लागि पनि नेपाललाई १९ मिलियन अमेरिकी डलर दिइएको उल्लेख गरेका छन् ।

नेपालको वित्तीय संघीयता कार्यान्वयनका लागि २० मिलियन डलर पठाएका रहेछौं । यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।
डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति

ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । डजले तयार गरेको दस्तावेजमा विभिन्न देशलाई अमेरिकाले दिँदै आएको सहयोगहरूको विववरण छ, जहाँ नेपाललाई दुईवटा शीर्षकमा सहयोग गरेको जनाएको छ । 

Hardik health

भिडियोमा ट्रम्पले नेपालको वित्तीय संघीयताको दुई करोड अमेरिकी डलर रोकेको प्रस्ट पारेका छन् । डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ । राष्ट्रपति ट्रम्पले मस्कको नेतृत्वमा सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका हुन् । उक्त विभागको काम अमेरिकी सरकारको खर्च कटौती गर्नु हो ।

मस्कले सरकारको नीतिअनुसार यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन् । मस्कले अमेरिकी करदाताको पैसा खर्च भइरहेका कुरा खारेज गरिएको एउटा पोस्टमा सूची लेखेका छन् । यसलाई उनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश भनेका छन् । त्यसैमा नेपालको वित्तीय संघीयताका लागि गर्दै आएको अमेरिकी सहयोग रोकिएको उल्लेख गरिएको छ । 

संघीयताको अभ्यासमै हामी छौं । प्रशासनिक र राजनीतिक संघीयता कार्यान्वयन भइरहेका छन्, सँगै वित्तीय संघीयता पनि । तर, त्यसका लागि अमेरिकी सरकारले दिने सहयोग कटौतीले धेरै त होइन, थोरबहुत प्रभाव पार्ने देखिन्छ ।
तुलानारायण साह
राजनीतिक विश्लेषक

त्यसअघि २० जनवरी २०२५ मा राष्ट्रपति ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाले केही वर्षयता नेपालमा वित्तीय संघीयतालाई सबलीकरण गर्न भन्दै सहायता दिँदै आएको थियो । तर, बीचमै ठगी भएको भन्दै सहायता कटाएपछि अनेक टिप्पणी भइरहेको छ ।राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार अमेरिकी सरकारको सहयोग कटौतीले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनमा केही समस्या हुनसक्छ । ‘संघीयताको अभ्यासमा हामी छौं । प्रशासनिक र राजनीतिक संघीयता कार्यान्वयन भइरहेका छन्, सँगै वित्तीय संघीयता पनि । तर त्यसका लागि अमेरिकी सरकारले दिने सहयोग कटौतीले धेरै त होइन, थोरबहुत प्रभाव पार्ने देखिन्छ,’ उनले प्रभावसँग भने । 

३ असोज २०७२ मा संविधान जारी भएपछि देश संघीयतामा गएको हो । त्यस आधारमा २०७४ र २०७९ मा आमचुनाव भयो । त्यसयता संघीयता कार्यान्वयन भइरहेको छ । सर्वाधिक चुनौतीपूर्ण मानिने वित्तीय संघीयताका लागि आउने सहयोग ट्रम्प प्रशासनले कटौती गरेको हो ।यसबाहेक नेपालको जैविक संरक्षणको क्षेत्रमा दिँदै आएको सहयोग पनि कटौती भएको छ । राष्ट्रपति ट्रम्पले एक करोड ९० लाख डलर दिएको उल्लेख गरेका छन् । यसअघि भने अमेरिकाले सुरुमा नेपालभित्र दुई खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेको थियो । अर्को ठूलो सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नै रोकेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष
‘सही तथ्यांकले योजना तर्जुमा गर्न सहयोग पुग्छ’: योजना आयोग उपाध्यक्ष बिहीबार, पुस १७, २०८२
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ
कोशी प्रदेश सरकार शीघ्र पुनर्गठन गरिने मुख्यमन्त्री कार्कीको भनाइ बिहीबार, पुस १७, २०८२
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक
सरकार र नागरिक बचाउ अभियानबीचको वार्ता सकारात्मक बिहीबार, पुस १७, २०८२
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार
ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार बिहीबार, पुस १७, २०८२
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने
जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई पत्राचार गर्ने बिहीबार, पुस १७, २०८२
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो
प्राविधिक विधामा महिलाको आकर्षण बढ्दो बिहीबार, पुस १७, २०८२
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता
प्रतिनिधिसभा निर्वाचनः सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता बिहीबार, पुस १७, २०८२
लोकप्रिय
  • Week
  • Month
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP