Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सहायता कटौतीमा आक्रामक ट्रम्प
‘वित्तीय संघीयता’ शीर्षकमा नेपाललाई दिएको सहयोग ‘ठगी’ भएको टिप्पणी सहायता कटौतीमा आक्रामक ट्रम्प
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, फागुन ८, २०८१

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वित्तीय संघीयता सबलीकरणका लागि नेपाललाई दिँदै आएको सहयोगलाई ‘ठगी’को संज्ञा दिएका छन् । एलन मस्क प्रमुख रहेको डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिएन्सी (डज)ले तयार गरेको दस्तावेजलाई सार्वजनिक गर्दै ट्रम्पले त्यसो भनेका हुन् । 

सोही कारण सहयोग रोक्नुपरेको उनले प्रस्टीकरण दिएका छन् । ‘नेपालको वित्तीय संघीयता सबलीकरणका लागि २० मिलियन डलर पठाएका रहेछौं,’ उनले दस्तावेज पढ्दै भने, ‘यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।’ उनले जैविक विविधता संरक्षणका लागि पनि नेपाललाई १९ मिलियन अमेरिकी डलर दिइएको उल्लेख गरेका छन् ।

नेपालको वित्तीय संघीयता कार्यान्वयनका लागि २० मिलियन डलर पठाएका रहेछौं । यी नम्बरहरू सुन्नुस् त, यी सबै ठगी हुन् ।
डोनाल्ड ट्रम्प
अमेरिकी राष्ट्रपति

ट्रम्पले यो अभिव्यक्ति अमेरिकाको फ्लोरिडास्थित मार–ए–लागोमा आयोजित पत्रकार सम्मेलनमा दिएका हुन् । त्यहाँ उनले थप केही कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । डजले तयार गरेको दस्तावेजमा विभिन्न देशलाई अमेरिकाले दिँदै आएको सहयोगहरूको विववरण छ, जहाँ नेपाललाई दुईवटा शीर्षकमा सहयोग गरेको जनाएको छ । 

Hardik health

भिडियोमा ट्रम्पले नेपालको वित्तीय संघीयताको दुई करोड अमेरिकी डलर रोकेको प्रस्ट पारेका छन् । डजले यो कटौतीलाई अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको हिस्सा भनेको छ । राष्ट्रपति ट्रम्पले मस्कको नेतृत्वमा सरकारी खर्च कटौती गर्न नयाँ विभाग खडा गरेका हुन् । उक्त विभागको काम अमेरिकी सरकारको खर्च कटौती गर्नु हो ।

मस्कले सरकारको नीतिअनुसार यतिबेला विश्वभरि हुने हरेक अमेरिकी खर्च गम्भीरतापूर्वक जाँचिरहेका छन् । मस्कले अमेरिकी करदाताको पैसा खर्च भइरहेका कुरा खारेज गरिएको एउटा पोस्टमा सूची लेखेका छन् । यसलाई उनले अन्तर्राष्ट्रिय सहायतामा व्यापक कटौतीको अंश भनेका छन् । त्यसैमा नेपालको वित्तीय संघीयताका लागि गर्दै आएको अमेरिकी सहयोग रोकिएको उल्लेख गरिएको छ । 

संघीयताको अभ्यासमै हामी छौं । प्रशासनिक र राजनीतिक संघीयता कार्यान्वयन भइरहेका छन्, सँगै वित्तीय संघीयता पनि । तर, त्यसका लागि अमेरिकी सरकारले दिने सहयोग कटौतीले धेरै त होइन, थोरबहुत प्रभाव पार्ने देखिन्छ ।
तुलानारायण साह
राजनीतिक विश्लेषक

त्यसअघि २० जनवरी २०२५ मा राष्ट्रपति ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । अमेरिकाले केही वर्षयता नेपालमा वित्तीय संघीयतालाई सबलीकरण गर्न भन्दै सहायता दिँदै आएको थियो । तर, बीचमै ठगी भएको भन्दै सहायता कटाएपछि अनेक टिप्पणी भइरहेको छ ।राजनीतिक विश्लेषक तुलानारायण साहका अनुसार अमेरिकी सरकारको सहयोग कटौतीले नेपालमा वित्तीय संघीयताको कार्यान्वयनमा केही समस्या हुनसक्छ । ‘संघीयताको अभ्यासमा हामी छौं । प्रशासनिक र राजनीतिक संघीयता कार्यान्वयन भइरहेका छन्, सँगै वित्तीय संघीयता पनि । तर त्यसका लागि अमेरिकी सरकारले दिने सहयोग कटौतीले धेरै त होइन, थोरबहुत प्रभाव पार्ने देखिन्छ,’ उनले प्रभावसँग भने । 

३ असोज २०७२ मा संविधान जारी भएपछि देश संघीयतामा गएको हो । त्यस आधारमा २०७४ र २०७९ मा आमचुनाव भयो । त्यसयता संघीयता कार्यान्वयन भइरहेको छ । सर्वाधिक चुनौतीपूर्ण मानिने वित्तीय संघीयताका लागि आउने सहयोग ट्रम्प प्रशासनले कटौती गरेको हो ।यसबाहेक नेपालको जैविक संरक्षणको क्षेत्रमा दिँदै आएको सहयोग पनि कटौती भएको छ । राष्ट्रपति ट्रम्पले एक करोड ९० लाख डलर दिएको उल्लेख गरेका छन् । यसअघि भने अमेरिकाले सुरुमा नेपालभित्र दुई खर्ब ६५ अर्बका परियोजना चलाइरहेको युएसएडका सबै कार्यक्रम रोकेको थियो । अर्को ठूलो सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नै रोकेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP