Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • खराबकर्जाले डुब्दै गरेको एनआइसी एसियालाई कामपाको १२ अर्ब मुद्दतीको भर
खराबकर्जाले डुब्दै गरेको एनआइसी एसियालाई कामपाको १२ अर्ब मुद्दतीको भर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०८१
  •    बैंकको खराब कर्जा र निष्क्रिय कर्जामा उच्च वृद्धि
  •    खुद ब्याज आम्दानी, सञ्चालन मुनाफा र प्रतिसेयर आम्दानी नकारात्मक
  •    कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा
  •    एक समय नम्बर १ बन्ने दौडमा रहेको एनआइसी अहिले सबैखाले सूचकमा पछाडि पर्दै
  •    एनआइसी एसियासँगको सम्झौता भंग गर्ने तयारीमा कामपा  


काठमाडौं– ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नारा लिएर स्थापना भएको एनआइसी एसिया बैंक पछिल्लो समय न ग्राहकको साथी बन्न सकेको छ न त हाम्रो नै बन्न सकेको छ । आफ्नै मूल नाराको ठीक विपरीत अघि बढिरहेकाले बैंकका ग्राहकहरु साथी भनिएको बैंकबाट त्रसित बन्न पुगेका छन् ।बैंकबाट कर्जा लिएका ग्राहकहरु आफ्नो सम्पत्ति कुन बेला बैंकले हत्याउने हो भन्नेमा सधैं चिन्तित हुनुपर्ने अवस्था आएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले त एनआइसी एसिया बैंकबाट पीडित ग्राहकहरुलाई सार्वजनिकरुपमा प्रतिवाद गर्न आग्रह गरेका थिए । 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय एनआइसी एसिया खराब कर्जामा चुर्लुम्म डुबेको प्रतिवेदन नै सार्वजनिक गरिसकेको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को छ महिनामा बैंकको खराब कर्जा दर ९५ प्रतिशतभन्दा माथि पुगेको देखिएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार पुस मसान्तसम्म बैंकले तीन खर्ब ८१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै गर्दा दुई खर्ब ९३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सोमध्ये तीन अर्ब ४८ करोड रुपैयाँ खराब कर्जाका रुपमा देखाएको छ । त्यसैका कारण पनि बैंकको निष्क्रिय कर्जा दर ०.६१ बाट बढेर १.१९ प्रतिशत पुगेको प्रतिवेदनले प्रस्ट देखाएको छ । अहिले बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेकोमा सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी ५४.९२ प्रतिशतले घट्न पुगेको छ ।
 
खराब कर्जाका कारण ८३ वटा मुद्दा
बैंकले गरेको खराब कर्जाका कारण ऋण उठाउने बैला अहिले ऋणीहरुको तीन पुस्ते सार्वजनिक गरिरहेको छ । हरेक दिन बैंकले सार्वजनिक गरेका ऋणीहरुको धितो लिलामसम्बन्धी सूचनाले पनि बैंक कसरी डुब्दै गइरहेको छ भन्ने कुराको पुष्टि गर्छ । पटक–पटक लिलामीमा जाँदासमेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा पाँच अर्ब ६२ करोड ९० लाख रुपैयाँभन्दा माथि ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य भएको छ ।

Hardik health

त्यही भएर एनआइसी एसियाले कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा हालेको देखिन्छ । उच्च कर्मचारीहरुकै मिलेमतोमा दिइएको कर्जा आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई अर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी उठ्न नसकेपछि कर्जा असुली न्यायाधिकरणमा बैंक मुद्धा हाल्न पुगेको हो ।
 


जोखिममा कामपाको १२ अर्ब
एनआइसी एसिया बैंकले काठमाडौं महानगरपालिको दैनिक डेढदेखि दुई करोड रुपैयाँसम्मको कारोबार सम्हाल्दै आइरहेको छ । महानगरपालिको ३२ वटै वडा तथा सबै विभागबाट हुने राजस्व संकलन उक्त बैंकले गर्दै आइरहेको हो ।

सैगरी महानगरको १२ अर्ब रुपैयाँ मुद्दती खातामा रहेकाले पनि एनआइसी एसिया महानगरकै मुद्दतीको रकममा रमाइरहेको छ । जति नै खराब कर्जा भए पनि नेपाल राष्ट्र बैंकलाई महानगरको १२ अर्ब रुपैयाँ मुद्दतीको फेहरिस्ता एनआइसीले देखाउने गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदनलाई नै आधार मान्ने हो भने पनि अहिले एनआइसी बैंक सञ्चालनको मेरुदण्ड नै महानगरको १२ अर्ब मुद्दती रकम भएको देखिन्छ ।

एनआइसी एसिया बैंकले खराब कर्जा र कर्जा असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दाले महानगरपालिकाको रकमसमेत जोखिममा पर्ने देखिएको जानकारहरुले बताएका छन् । जनताले तिरेको कर धरापमा पर्ने संकेत पाएपछि महानगरपालिका एनआइसी एसिया बैंकसँग गरिएको सम्झौता भंग गर्ने तयारी गरिरहेको महानगरपालिकाको राजस्व विभागका एक अधिकारीले बताए ।
 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो बुधबार, साउन २०, २०८३
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP