Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • नीतिगत निर्णयकर्ता नेपाल–भट्टराईमाथि न्यायिक परीक्षण पूर्ण इजलासमा
ललिता निवास जग्गा घोटाला प्रकरण नीतिगत निर्णयकर्ता नेपाल–भट्टराईमाथि न्यायिक परीक्षण पूर्ण इजलासमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, फागुन २, २०८१

काठमाडौं– पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिट पूर्ण इजलासमा पेस हुने भएको छ । उनीहरूलाई बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नीतिगत निर्णय गरेको आरोप छ । 

सर्वोच्चका न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बिहीबार पूर्ण इजलासमा सुनुवाइ गर्नेगरी मुद्दा पेस गर्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा नेपाल र भट्टराईले प्रधानमन्त्री छँदा मन्त्रिपरिषद् बैठकबाट ‘नीतिगत निर्णय’ भएको र आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै प्रतिवादी नै बनाएन । उनीहरूले उन्मुक्ति पाए । तर, तत्कालीन मन्त्री, सचिवसहितका केही नेता र कर्मचारीहरूविरुद्ध मात्रै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । 

निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश भएको छ अब आजमात्रै भएको आदेशको प्रति आउला र त्यस आधारमा पूर्ण इजलासमा रिट पठाउने हुन्छ ।
अच्युत कुइँकेल
प्रवक्ता, सर्वोच्च अदालत

यसविरुद्ध सर्वोच्चमा नेपाल र भट्टराईलाई विपक्षी बनाउँदै रिट दायर भएको थियो । रिटको सुनुवाइ लामो समय भएकै थिएन । बिहीबार भने न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको संयुक्त इजलासले पूर्णइजलसमा रिट पठाउन आदेश दिएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले प्रभावलाई बताए । ‘निवेदनलाई पूर्ण इजलासमा पठाउने आदेश भएको छ अब आजमात्रै भएको आदेशको प्रति आउला र त्यस आधारमा पूर्ण इजलासमा रिट पठाउने हुन्छ,’ उनले भने ।

Hardik health

उनका अनुसार पूर्ण इजलासमा रिटलाई पठाउने तीनवटा अवस्थामा हुन्छ । पहिलो, दुई न्यायाधीशबीच राय बाझिएमा, विषयवस्तुको गम्भीरता तथा गम्भीर कानुनी व्याख्याको विषय देखेमा वा दुई न्यायाधीशहरूले आपसी सहमतिमै मुद्दालाई पूर्ण इजलासमा पठाउने आदेश दिनसक्छन् । यी तीनमध्ये कुन अवस्थामा नेपाल र भट्टराई प्रतिवादी भएको मुद्दा पूर्ण इजलासमा पठाउने निर्णय भयो भन्ने खुल्न बाँकी रहेको प्रवक्ता कुइँकेलले बताए । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भने कीर्ते मुद्दा दुवैसँग कागज गराएको थियो । मुद्दाको अभियोजन गर्ने सरकारी वकिल कार्यालयले भने सरकारी साक्षीको रूपमा पेस गर्यो । यसरी कीर्तेमा पनि उनीहरू दुवैले उन्मुक्ति पाए । यही आइतबार भने न्यायाधीश विनोद शर्माको इजलासले त्यसरी सरकारी साक्षीको रूपमा पेस गरेर उन्मुक्ति दिने सरकारी वकिल कार्यालयको निर्णयमाथि लिखित जवाफ दिन आदेश दिएको थियो । त्यसपछि नेपाल र भट्टराईलाई विपक्षी बनाउँदै दायर रिट न्यायिक परीक्षणमा गएको हो । दुई पूर्वप्रधानमन्त्रीसँगै पूर्वमुख्यसचिव लीलामणि पौडेलले उन्मुक्ति पाएका थिए । अब भने उनीहरूले ललिता निवास प्रकरणमा त्यसबेलाको भूमिका, आफू संलग्न नभएको र मुद्दा नचल्नुपर्ने लिखित जवाफ पेस गर्नुपर्ने भएको छ । 

रिट निवेदक वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने हुन् । विपक्षी नेपाल ११ जेठ २०६६ मा प्रधानमन्त्री बनेका थिए । उनले आफ्नो प्रधानमन्त्रीत्वकालमा ललितानिवासको जग्गासम्बन्धी तीनवटा निर्णय गरेका थिए । पहिलोपटक २९ चैत २०६६ मा नेपालको क्याबिनेटबाट बालुवाटारमा विशिष्ट व्यक्तिहरूको निवास विस्तार गर्ने निर्णय भएको थियो । 

३१ वैशाख २०६७  मा नेपाल सरकार (समरजंग कम्पनी) राजकुलो र बाटोको जग्गासमेत मोहीका नाममा दाखिल गर्ने निर्णय भयो । त्यससम्बन्धी प्रस्ताव भूमिसुधार तथा व्यवस्था मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको थियो । सोही निर्णयका आधारमा धेरै सार्वजनिक, सरकारी र गुठीसमेतका जग्गा हिनामिना भएको पूर्वसचिव शारदाप्रसाद त्रितालको प्रतिवेदनमा उल्लेख छ । 

डा. भट्टराईको मन्त्रिपरिषद्ले भने १८ असोज २०६९ मा नेपाल सरकार (समरजंग कम्पनी) को नामका जग्गाहरू दर्ता सच्याइ पशुपति टिकिन्छा गुठीका नाममा नामसारी दर्ता गर्न स्वीकृति दिने निर्णय गरेको थियो । ९ साउन २०६९ मा भने भूमिसुधार तथा व्यवस्था मन्त्रालयले र १४ असोज २०६९ को मन्त्रिपरिषद्को सामाजिक समितिले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद बैठकले स्वीकृति गरेको हो । भट्टराईकै मन्त्रिपरिषद् बैठकले जग्गा (नाप जाँच) ऐन, २०१९ अनुसार समरजंग कम्पन को नाममा क्षेत्रीय किताब र श्रेस्ता कायम रहेको जग्गा भूलवश समरजंग कम्पनी उल्लेख भएको भन्दै पशुपति टिकिन्छा गुठीका नाममा श्रेस्ता कायम गरी व्यक्ति विशेषका नाममा मोहीयानी हक कायम गर्ने निर्णय गरेको थियो ।

यी आधारले नीतिगत निर्णय गर्ने भूमिकामा पूर्वप्रधानमन्त्रीहरू नेपाल र भट्टराई देखिएका छन् । तर, नीतिगत निर्णय अनुसन्धानको क्षेत्राधिकारमा नपर्ने भन्र्दै अख्तियार पन्छियो । सोहीकारण दुई पूर्वप्रधानमन्त्री र तत्कालीन मुख्यसचिव पौडेल जोगिए । तत्कालीन मन्त्रीहरू विजयकुमार गच्छदार, डम्बर श्रेष्ठलगायत मुद्दाका विपक्षी थिए । दिप बस्न्यातलगायतका सचिव नै यो प्रकरणमा विपक्षी थिए । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि विपक्षी थिए । उनीहरूले हिनामिना गरेको भनिएको नेपाली कांग्रेसका नेता सुवर्ण सम्शेरको दरबार क्षेत्र हो । विसं २०२१ मा हदबन्दी लागू गरेपछि सरकारले त्यस क्षेत्रको ठूलो क्षेत्रफल अधिग्रहण गरेको थियो ।

सोही सरकारी जग्गा विभिन्न मितिमा नीतिगत निर्णय गराउँदै अनधिकृतरूपमा व्यक्ति र संस्थाको नाममा कायम गरिएको पाइएको थियो । कृत्रिम मोही खडा गर्ने, गलत लिखत तयार गर्ने, सट्टाभर्ना दिनेजस्ता कार्य गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याएको अख्तियारले प्रतिवेदनमा जनाएको थियो । अनुसन्धानबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा हिनामिना भएको र ती जग्गाहरू केही संस्था र झन्डै छ दर्जन व्यक्तिको नाममा रहेको खुलेको थियो । यसरी सरकारी जग्गा व्यक्तिको नाममा पुग्नेगरी मन्त्रिपरिषद् बैठकबाट नीतिगत निर्णय गर्ने भने दुई पूर्वप्रधानमन्त्री नेपाल र भट्टराई नै हुन् ।

तर, उनीहरू जोगिँदै आएका थिए । सर्वोच्चमा मुद्दा नै पर्यो । अन्ततः बिहीबार न्यायाधीशद्वय श्रेष्ठ र पाण्डेको इजलासले पूर्ण इजलासमा पठाउन आदेश दिएको हो । यससँगै दुवै न्यायिक परीक्षणको दायरामा पुगेका छन् । 


प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP