Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #सामुदायिक विद्यालय
  • #सिन्दुर जात्रा
  • #‘छड्के तिलहरी’
  • #किवीखेती
  • #जग्गा हडप्ने
  • #‘कन्या–पूजा’
  • #रवि लामिछाने
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
ट्रम्पले बर्खास्त गरे युएसएडका महानिरीक्षक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०८१

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी÷युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गरेको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार रिपोर्ट गरेका छन् । वासिङ्टन पोस्ट, सिएनएन र अन्यले रिपोर्ट गरेअनुसार पल मार्टिनको बर्खास्त उनको कार्यालयले निकायलाई विघटन गर्ने ट्रम्प प्रशासनको प्रयासको आलोचना गर्ने प्रतिवेदन जारी गरेको एक दिनपछि आएको हो ।

ती सञ्चारमाध्यमले ह्वाइट हाउसबाट मार्टिनलाई मंगलबार पठाइएको दुई वाक्यको इमेललाई उद्धृत गरेका छन् । इमेलमा निर्णयको कारण बताइएको थिएन तर उनको पद ‘तत्काल लागू हुनेगरी समाप्त’ भएको जनाइएको थियो ।ट्रम्प प्रशासनले सहायता फ्रिज र स्टप–वर्क अर्डर (रोक्का र काम रोक्ने) लागू गरेपछि ४८ करोड ९० लाख डलरभन्दा बढी खाद्यान्न सहायता बिग्रने वा सम्भावित दुरुपयोगको जोखिममा रहेको उनको कार्यालयको प्रतिवेदनले चेतावनी दिएको थियो ।

प्रतिवेदनले लामो समयदेखि ‘महत्वपूर्ण चुनौतीहरू पहिचान गरेको र धोखाधडी, फजुल खर्च र दुरुपयोग रोक्न एजेन्सीको कार्यक्रम सुधार गर्न सिफारिसहरू प्रस्ताव गरेको’ बताएको छ । ‘तथापि एजेन्सीभर हालैको व्यापक कर्मचारी कटौती... विदेशी सहायता छुटको दायरा र कार्यान्वयनकर्ताहरूसँग अनुमति योग्य सञ्चारबारे अनिश्चितताका साथ मिलेर, युएसएडको करदाताद्वारा वित्त पोषित मानवीय सहायता वितरण र सुरक्षा गर्ने क्षमता कमजोर भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

ट्रम्पले पहिले नै १८ जना महानिरीक्षकलाई बर्खास्त गरिसकेका थिए । उनीहरू संघीय सरकारका स्वतन्त्र निगरानीकर्ता थिए तर ट्रम्पका पूर्ववर्ती जो बाइडेनले नियुक्त गरेका मार्टिन भने पदमा रहेका थिए ।गत महिना आफ्नो दोस्रो कार्यकाल सुरु गरेका ट्रम्पले विश्वका सबैभन्दा धनी व्यक्ति र आफ्ना प्रमुख दाता एलन मस्कको नेतृत्वमा अमेरिकी सरकारका विभिन्न अंगलाई कम गर्न वा विघटन गर्न अभियान सुरु गरेको छ । सबैभन्दा बढी निशाना युएसएडमाथि केन्द्रित छ । यो निकाय करिब १२० देशमा स्वास्थ्य र आपत्कालीन कार्यक्रमहरू सञ्चालन गर्दै विश्वभर अमेरिकी मानवीय सहायता वितरण गर्ने प्रमुख संस्था हो ।

युएसएडले ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्छ । यो विश्वभर वितरित मानवीय सहायताको ४२ प्रतिशत हो । चीनलगायत प्रतिद्वन्द्वीहरूसँगको प्रभावका लागि संघर्षमा संयुक्त राज्य अमेरिकाका लागि सफ्ट पावरको महत्वपूर्ण स्रोतका रूपमा यसलाई हेरिएको थियो । ट्रम्प प्रशासनले विदेशी सहायता रोकेको छ, हजारौं अन्तर्राष्ट्रिय आधारित कर्मचारीलाई संयुक्त राज्य अमेरिका फर्कन आदेश दिएको छ र युएसएडका १० हजार कर्मचारीको संख्या करिब ३०० मा घटाउन थालेको छ ।

श्रमिक युनियनहरूले आक्रमणको वैधतालाई चुनौती दिइरहेका छन् । एक संघीय न्यायाधीशले सप्ताहन्तमा दुई हजार २०० युएसएड कामदारलाई भुक्तान बिदामा राख्ने प्रशासनको योजनामा शुक्रबार रोक लगाउने आदेश दिएका छन् । डेमोक्रेटहरूले व्यवस्थापिकाको स्वीकृतिविना ट्रम्पले सरकारी निकायहरू बन्द गर्नु असंवैधानिक हुने बताएका छन् । रासस÷एएफपी
 


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट
गाजामा युद्धका कारण इजरायलमा  राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट सोमबार, भदौ २, २०८२
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता
चीनमा आएको आकस्मिक बाढीका कारण ८ जनाको मृत्यु, ४ जना बेपत्ता आइतबार, भदौ १, २०८२
गाजामा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु
गाजामा इजरायली आक्रमणबाट ४० जनाको मृत्यु आइतबार, भदौ १, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP