Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण
खाजा खर्च कटाएर पुस्तकालय पुनः निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १, २०८१

पाटन - नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस इकाइका विद्यार्थीहरूले खाजा खर्च बचाएर पुस्तकालय पुनः निर्माण गरेका छन् । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको पुस्तकालय भवनको मर्मतसम्भार, रङ्गरोगनका साथै साजसज्जा गरेर क्याम्पस प्रशासनलाई हस्तान्तरण गरिएको छ । 

विद्यार्थीहरूले खाजा खर्च कटाएर दिएको करिब रु १० लाखको लागतमा जीर्ण अवस्थामा रहेको पुस्तकालय पुनःनिर्माण गरिएको नेविसङ्घ पाटन इकाइका सभापति तारा शर्माले जानकारी दिइन् ।  बुधबार उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले पुस्तकालयको उद्घाटन गरेसँगै क्याम्पस प्रशासनलाई विधिवत् रूपमा हस्तान्तरण गरिएको छ ।

उपप्रधानमन्त्री सिंहले खाजा खर्च कटाएर विद्यार्थीले गरेको असल कामका लागि धन्यवाद दिए । उनले विद्यार्थीले राजनीति मात्रै नभइ यस्तै रचनात्मक काम गर्ने समाजमा पनि राम्रो सन्देश प्रवाह हुने बताए । अब राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव रहेको र देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिनेबारे साथीभाईलाई आस्वस्त पार्न उपप्रधानमन्त्री सिंहले विद्यार्थी सङ्गठनलाई आग्रह गरेका थिए ।  

Sonam Lhosar
Hardik health

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेतले अबको एक वर्षभित्र पाटन क्याम्पसमा सकारात्मक परिवर्तन भएको देख्न पाइने विश्वास व्यक्त गरे । उनले राजनीतिभन्दा माथि उठेर विद्यार्थीले गरेको कामको सराहना गरे  । 

नेविसङ्घ पाटन इकाइका सभापति शर्माले गत वर्षबाटै एक वर्षभित्र गर्ने कामको खाका तयार गरेर शौचालय, पुस्तकालय, खानेपानीको व्यवस्थापन, प्राथमिक उपचार केन्द्र निर्माण गरिएको बताए । उनले विगत ५२ हप्तासम्म प्रत्येक हप्ताको शुक्रबार क्याम्पस हाताभित्र  सरसफाइ अभियानसमेत सञ्चालन गरिएको जानकारी दिए ।

“हामीले ४५ दिनसम्म रचनात्मक आन्दोलन गर्दा पनि क्याम्पसमा सुधार हुन सकेन, त्यसपछि विद्यार्थीबाटै रकम जुटाएर काम ग¥यौँ । अब आन्दोलन र तालाबन्दीभन्दा पनि रचनात्मक कामबाट परिवर्तन गर्नुपर्छ भनेर नेविसङ्घ लागेको छ,” उनले भने ।


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई  शिक्षा मन्त्रालयकाे चेतावनी
वैदेशिक शिक्षासम्बन्धी स्वीकृतिबिना परामर्श संस्था सञ्चालन गर्नेलाई शिक्षा मन्त्रालयकाे चेतावनी सोमबार, पुस १४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP