Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्न नयाँ ढाँचा : बन्ध्याकरण गर्नेमा पुरुषभन्दा महिला धेरै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

काठमाडौं -  परिवार व्यवस्थापन सेवा सञ्चालनका लागि सरकारले साझेदारी ढाँचामा सेवा प्रदान गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेषगरी बृहत् महिला स्वास्थ्य शिविर सञ्चालनमा सेवाप्रदायक संस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति अवलम्बन गर्न थालेको छ । 

यसबाट परिवार व्यवस्थापन सेवा प्रभावकारी भएको र बृहत् स्वास्थ्य शिविर पनि सफल रहेको महाशाखाको ठम्याइ छ । मन्त्रालयले परिवार व्यवस्थापनका लागि घरदैलो सेवा पनि उपलब्ध गराउँदै आएको छ । जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमा बन्ध्याकरण शिविर आयोजना गर्ने समझारीको ढाँचामा सेवा प्रदान गर्न थालेको हो । 

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लाल परिवार व्यवस्थापनको सेवामा पहुँच पुर्याउन बन्ध्याकरण शिविर कार्यक्रम सञ्चालनमा नयाँ ढाँचाबाट सेवा प्रदान गर्न थालिएको जानकारी दिए । उनले भने, “यसबाट सेवाग्राहीले आफूले चाहेका सेवा पायक पर्ने स्थानमा गुणस्तरीय रूपमा पाएका छन् ।” परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखाका प्रमुख शर्मिला दाहाल पौडेलले परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर बढाउन परिवार व्यवस्थापनका सेवालाई अझ सुदृढ बनाउन आवश्यक छ भने । उनले भने, “विशेषगरी बन्ध्याकरण शिविर सञ्चालनमा सेवाप्रदायक सस्थाहरूसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक बनाउन जरुरी छ । हामीले स्वास्थ्य सङ्घीयतामा समन्वयात्मक ढाँचा अवलम्बन गरेका छौँ ।”

Hardik health

नेपालमा लामो समयदेखि परिवार व्यवस्थापन एवं सुरक्षित गर्भपतन सेवा प्रदान गर्दै आएको एमएसआई नेपालका वरिष्ठ सल्लाहकार केपी उपाध्याय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, परिवार कल्याण महाशाखाले परिवार व्यवस्थापन सेवाअन्तर्गत सञ्चालन गरेको बृहत् बन्ध्याकरण शिविरको ‘मोडालिटी’ अत्यन्त उत्कृष्ट रहेको बताए । उनले भने, “हामी जिल्ला जनस्वास्थ्य एवं स्वास्थ्य कार्यालयले पालिका तहहरूसँग समन्वय र सहकार्यमा बन्ध्याकरण शिविर सञ्चालन गर्दछौँ । यसका लागि ती निकायसँग समझदारी गर्दछौँ ।”

उनका अनुसार समझदारीमा कुन निकायले के सेवा प्रदान गर्ने भन्ने उल्लेख गरिएका हुन्छन् । पालिका तहले आवश्यकताका आधारमा बन्ध्याकरण शिविर सञ्चालन गर्ने स्थान छनोट गर्ने, यसका बारेमा सेवाग्राहीलाई घरदैलोमा नै पुगेर शिविरका बारेमा जानकारी दिने र एमएसआइले साझेदारी संस्था सुनौलो परिवार नेपालका ‘मेडिकल टिम’ मार्फत सेवा प्रदान गर्ने अवधारणाले सेवा प्रदान भइराखेको वरिष्ठ सल्लाहकार उपाध्यायले जानकारी दिए । 
    
एमएसआइले सन् २०२४ मा सम्बन्धित पालिकासँगका सहकार्यमा रौतहट, धनुषा, बारा, पर्सा, सर्लाही, सप्तरी, महोत्तरी, सिराहा, बर्दिया, नवलपरासी (पश्चिम), मोरङ, कपिलवस्तु, रोल्पा, कैलाली, दाङ, बैतडी, डडेलधुरा, बागलुङ, गोरखा, लमजुङ, प्युठान, कैलाली, धादिङ, सुनसरी र सिन्धुलीलगायत जिल्लामा परिवार व्यवस्थापनअन्तर्गत बन्ध्याकरण शिविर संयोजन गरेको थियो । शिविरमा महिला बन्ध्याकरण (नौ हजार आठ सय ५५) पुरुष बन्ध्याकरण (तीन सय ८७), परिवार नियोजनका इम्पाल्ट (एक सय ५१) र कपरटी (४६) जनाले सेवा लिएका थिए । महिला बन्ध्याकरण अत्यन्त रुचाइएको छभने पुरुष बन्ध्याकरण न्यून रुचाइएको पाइन्छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुडाथोकी २० वर्षभन्दा कम उमेरमा विवाहलाई अन्त्य, परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार र यौन तथा प्रजनन स्वास्थ्य चेतनामा अभिवृद्धि गर्न अझै पनि चुनौती रहेको बताए । उनले भने, “परिवार नियोजनका साधनमा पहुँच पुर्याउन, सुरक्षित गर्भपतन सेवालाई विस्तार गर्न संयुक्त सहकार्यलाई अझ सुदृढ बनाउन आवश्यक छ । यसका लागि मन्त्रालय सबै साझेदार निकायसँग थप सहकार्य गर्न चाहन्छ ।”

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका कुल ३५ प्रतिशत किशोरीको १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशतको १५ वर्ष उमेरभित्र विवाह हुने गरेको छ । यसैगरी विवाहको कानुनी उमेर २० वर्ष भए पनि ४१ प्रतिशत महिलाको १० देखि १८ वर्षको उमेरमा र ७६ प्रतिशतको २० वर्षको उमेरमा विवाह भएको भएको पाइन्छ । नेपालमा १५–१९ उमेर समूहका १४ प्रतिशत किशोरी आमा वा गर्भवती भइसकेका हुन्छन् ।
 
पछिल्लो जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (२०२२)का अनुसार परिवार नियोजनका साधन तथा सेवाको प्रयोगदर ५३ प्रतिशत छ । आधुनिक परिवार नियोजन सेवाको प्रयोगदर ४२.८, अझै प्रजनन उमेरका २३.७ महिलाले परिवार नियोजनको सेवा उपलब्ध गर्न पाएका छैनन् । अर्कातर्फ नेपालमा जन्मदर घट्नु र असुरक्षित गर्भपतन बढ्नु चिन्ताको विषय मानिएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP