Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह
नेताहरूलाई एचआईभी परीक्षण गर्न आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २८, २०८१

लण्डन -  एचआइभीको परीक्षण गरेको भिडियो सार्वजनिक गर्दै बेलायती प्रधानमन्त्री तथा जी–७ राष्ट्रका नेता केइर स्टार्मरले विश्वका अन्य नेतालाई एचआईभी परीक्षण गर्न आग्रह गरेका छन्  । नेताले प्ररीक्षण गर्दा यसको प्रभाव सहजै जनतामा पर्ने र उनीहरूले पनि यसलाई पछ्याउने उनको धारणा रहेको छ ।

बेलायतीे प्रधानमन्त्री कार्यालयले एचआईभी परीक्षणलाई प्रोत्साहित गर्न एक हप्ता लामो राष्ट्रव्यापी पहलको समर्थनमा स्टार्मरले शुक्रबार डाउनिङ स्ट्रिटमा ‘र्‍यापिड होम टेस्ट’ पूरा गरेको फुटेज सोमबार सार्वजनिक गरेको थियो।

युके हेल्थ सेक्युरिटी एजेन्सी (यूकेएचएसए) का अनुसार इङ्ग्ल्याण्डमा अनुमानित चार हजार ७०० व्यक्ति एचआईभी सङ्क्रमित भएर बाँचिरहेका छन्। स्टार्मरले डिसेम्बरमा आफ्नो सरकारले सन् २०३० सम्ममा इङ्ल्यान्डमा नयाँ एचआईभी केसहरू अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नयाँ ‘एचआईभी कार्य योजना’ ले यस वर्षको अन्त्यमा प्रकाशित हुने लक्ष्यलाई कसरी पूरा गर्नेछ भनेर वर्णन गरेको थियो।

Hardik health

“मलाई लाग्छ परीक्षण गर्ने कार्य विश्वभरका प्रधानमन्त्री र नेताहरूले गर्नुपर्छ र आफ्नो आफ्नो देशमा यसलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ,” उनले बेलायतको मेट्रो अखबारसँग भने । “यदि मानिसहरूले परीक्षण गरे भने उनीहरूले आफ्नो स्थिति थाहा पाउनेछन् र यसले रोग फैलिनबाट सावधानी अपनाउन सहजता हुनेछ,” उहाँले आफ्नो कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भने । 

उनले भने, “त्यसपछि तपाईं उपचारमा पहुँच प्राप्त गर्न सक्नुहुनेछ, र यसले सन् २०३० सम्ममा नयाँ एचआईभी सङ्क्रमण अन्त्य गर्ने हाम्रो सामूहिक लक्ष्य पूरा गर्न पनि मद्दत गर्नेछ।” टेरेन्स हिगिन्स ट्रस्टद्वारा प्रदान गरिएको र स्वास्थ्य र सामाजिक हेरचाह विभागद्वारा वित्त पोषित एक हप्ता लामो परीक्षण पहल, २०१२ देखि इङ्गल्याण्डमा वर्षेनी चलिरहेको छ।

बेलायतमा यो हप्ताभरी राष्ट्रव्यापी रूपमा कसैले पनि निःशुल्क एचआईभी परीक्षणको माग गर्न सक्दछ र माग अनुसार घरमा नै आफ्नो परीक्षण गर्न मिल्ने दुई प्रकारका एचआइभी परीक्षण किटहरू उपलब्ध हुनेछन् । एउटाले १५ मिनेटभित्र नतिजा दिन्छ भने अर्को ‘सेल्फ स्याम्पलिङ’ किटलाई नतिजाका लागि प्रयोगशालामा पठाउन सकिन्छ। यसले भिरिङ्गी (सिफलिस) को पनि परीक्षण गर्न सकिन्छ । 


प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द
इबोला सङ्क्रमित मुलुकबाट अमेरिका प्रवेशमा प्रतिवन्द शनिबार, जेठ ९, २०८३
चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता
चिनको कोइला खानीमा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८२ जना पुग्यो नौ जना अझै बेपत्ता शनिबार, जेठ ९, २०८३
रूसले कब्जा गरेको युक्रेनी कलेजमा भएको आक्रमणमा परी दश जनाको मृत्यु: गभर्नर
रूसले कब्जा गरेको युक्रेनी कलेजमा भएको आक्रमणमा परी दश जनाको मृत्यु: गभर्नर शनिबार, जेठ ९, २०८३
क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित
क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित शनिबार, जेठ ९, २०८३
चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ वेपत्ता
चिनको कोइलाखानीमा ग्यास विस्पोट हुँदा आठ जनाको मृत्यु दर्जनौँ वेपत्ता शनिबार, जेठ ९, २०८३
अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु
अफगानिस्तानमा बाढीका कारण दश जनाको मृत्यु शुक्रबार, जेठ ८, २०८३
आगामी जुनदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत
आगामी जुनदेखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत शुक्रबार, जेठ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP