Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • छ बुँदे सहमतिपछि आन्दोलन र केबलकार निर्माण स्थगित 
पाथीभरा (मुक्कुम्लुङ) केबलकार विवाद छ बुँदे सहमतिपछि आन्दोलन र केबलकार निर्माण स्थगित 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ २३, २०८१

काठमाडौं– ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार निर्माण कार्य तत्कालका लागि रोकिने भएको छ । आन्दोलनरत ‘नो केबलकार’ पक्षको मागअनुसार सरकारी वार्ता टोली लचक भएर केबलकार निर्माण कार्य रोकाउन सहमत भएको हो । विस्तृत वार्ता भने यही २७ माघमा हुने भएको छ । 

यससँगै आन्दोलनकारीले अरुण–सभाखोला पूर्वका जिल्लाहरूमा गर्दै आएको बन्दका कार्यक्रम फिर्ता लिएका छन् । सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक रहेका सहसचिव प्रेमप्रसाद भट्टराई र ‘नो केबलकार’ पक्षबाट वार्ता सहजीकरण समितिकी सरस्वता सिंगकले हस्ताक्षर गरेका छन् । 

सहमतिको पहिलो बुँदामा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ । सोमबार बसेको बैठकमा आन्दोलनरत पक्षको यो मागबारे सरकारी वार्ता टोली असहमत थियो । त्यसपछि छलफल विनानिष्कर्ष टुंगिएको थियो । तर, मंगलबार अबेर भने सरकारी वार्ता टोली लचक भएर केबलकार निर्माण कार्य स्थगन गराउन सहमत भएको वार्ता सहजीकरण समितिमा रहेका राम मादेनले बताए ।

उनका अनुसार आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारीरुपमा स्वास्थ्य उपचार गर्ने दोस्रो सहमति भएको छ । यही १२ माघमा फुङ्लिङ नगरपालिका ११ को बलुडाँडामा भएको गोली प्रहारका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति पनि भएको छ । 

Hardik health

आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विनासर्त तत्काल रिहाइकोप्रक्रिया प्रारम्भ गर्ने सहमतिको चौथो बुँदामा छ । सहमतिअनुसार अब आन्दोलनरत पक्षले पनि अनिश्चित्कालीन यातायात बन्द स्थगन गर्ने भएको छ । मुक्कुम्लुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयका सम्बन्धमा विस्तृत छलफल २७ माघको ११ बजे बस्ने पनि सहमति भएको उल्लेख छ । 

केबलकार निर्माणमा मुख्य लगानी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको छ । त्यहाँका स्थानीय आदिवासी लिम्बू समुदायले भने केबलकार निर्माण गरिए मुन्धुमीस्थल मुक्कुम्लुङ भनिने पाथीभराको महिमा नामेट हुने भन्दै चिन्ता प्रकट गर्दै आएका छन् । लिम्बू तथा हिन्दू समुदायको धार्मिक तथा सांस्कृतिक केन्द्रमा कुनै एक व्यापारीलाई पैसा कमाउने थलो बनाउन नहुने पनि उनीहरूको तर्क छ । 

यद्यपि, मुक्कुम्लुङ भनिने पाथीभरालाई लक्षित गरी ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिर छेउसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण कार्य सुरु भएको झण्डै दुई साता भयो । ढकाल नेतृत्वको पाथीभरा मुक्कुम्लुङ केबलकार प्रालिले केबलकार निर्माणको काम सुरु गरेको थियो । अब भने निर्माण कार्य स्थगन हुने भएको छ । २०७५ सालदेखि त्यस क्षेत्रमा केबलकार बनाउन हुँदैन भन्दै खासगरी लिम्बू समुदायले विरोध गर्दै आएका छन् ।

तर स्थानीय सरकार (फुङ्लिङ नगरपालिका), प्रदेश सरकारदेखि संघ सरकारसम्मै नेकपा एमाले नेतृत्वमा भएपछि केबलकार निर्माणको कार्य १२ माघदेखि धमाधम भएको थियो ।कोशी प्रदेशमा एमालेबाट मुख्यमन्त्री भएका हिक्मत कार्कीले केबलकार निर्माण प्रयोजनकै लागि भनेर सशस्त्र प्रहरीलाई काफ्लेपाटी क्षेत्रमा खटाएका थिए । संघ सरकार मातहत रहने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ठूलो संख्यामा नेपाल प्रहरी परिचालन गरेको छ । मंगलबारको सहमतिमा भने सुरक्षाकर्मी फिर्ता बोलाउनेबारे उल्लेख छैन । यसअघि आन्दोलनकारीहरूले सुरक्षाकर्मी पनि फिर्ता बोलाउनुपर्ने माग अघि सारेका थिए । 

उनीहरूले आन्दोलनका क्रममा यही आइतबारदेखि अरुण–सभाखोला पूर्वका नौ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, झापा, मोरङ र सुनसरीमा आमहड्ताल गरेका थिए । त्यसअघि भने मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात बन्द गराएका थिए ।


यी हुन् सहमतिका बुँदा

  • पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने 
  • आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारीरुपमा स्वास्थ्य उपचार गर्ने
  • १२ माघमा फुङ्लिङ नगरपालिका ११ को बलुडाँडामा भएको गोली प्रहारका घटनाको छानबिन गर्ने
  • आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरूको विनासर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने 
  • आन्दोलनरत पक्षले पनि अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने
  • मुक्कुम्लुङ संरक्षक पक्षधरहरूबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायत विषयका सम्बन्धमा विस्तृत छलफल २७ माघको ११ बजे बस्ने 
     


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १०:०२
#पाथीभरा (मुक्कुम्लुङ) केबलकार विवाद
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP