Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण
आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा, मञ्च भवन र खेलमैदान हस्तान्तरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २३, २०८१

धनकुटा-  गत २१ माघ २०८१ का दिन विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई जग्गा खरिद गरेर, खेलमैदान बनाई, स्थायी कार्यक्रम स्टेज भवन बनाई हस्तान्तरण गरेका छन् ।

भारती माध्यमिक विद्यालय छथर जोरपाटी १, धनकुटालाई यसपटक नेरु ५ लाख खर्चगरि खेलमैदानको आकारलाई बढाउने, खेलमैदानको एकछेउमा स्थायी पक्की कार्यक्रम स्टेज भवन निर्माण गरि, प्रवेश गेटमा फलामको ढोका लगाई, खेलमैदानको वरिवरि तारजाली लगाएर एक औपचारिक कार्यक्रममा दाता तिगेला र धर्मपत्नि भोजकुमारी थोक्लेनले संयुक्त रुपबाट विद्यालय संचालक समितिका अध्यक्ष होमकुमार लिम्बु र विद्यालयको प्रधानध्यापक भिमबहादुर लिम्बुलाई हस्तान्तरण गरेका हुन् ।

पछिल्लो समय युकेमा रहदै आएका तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई पटक पटक सहयोग गदै आएका छन्  । तिगेलाले सो जग्गा वि.स. २०६९ मा नेरु १ लाख ३८ हजारमा किनेर विद्यालयलाई दिएका थिए भने सोहि विद्यालयलाई उच्च माध्यमिक विद्यालय बनाउनको निमित्त वि.स. २०६६ मा नेरु ५० हजार प्रदान गरेका थिए, उनी त्यो बेला उच्च मावि बनाउनको निमित्त सबैभन्दा ठूलो दाता समेत रहेका थिए । विद्यालय ब्यवस्थापन समितिले दाता तिगेलाले किनेर, बनाएर दिएको खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण गरेका छन् ।

Hardik health

खेलमैदान र कार्यक्रम स्टेज भवनको उद्घाटन स्थानीय छथर जोरपाटी गाँउपालिका उपाध्यक्ष गिता खेवाले गरेकी थिइन् । उपाध्यक्ष खेवाले दाता तिगेलाप्रति आभार ब्यक्त गरिन साथै बनेको खेलमैदानमा बार्षिक रुपमा खेलकुद आयोजना गर्न आफूले पालिका मार्फत पहल गर्ने प्रतिबद्धता समेत जनाइन् । त्यस्तै गरि वडा नं. १ का अध्यक्ष गोविन्द लिम्बुले विद्यालयलाई साच्चीकै आवश्यकता परेको बखत जग्गा किनिदिने दाँता प्रति आभार ब्यक्त गरे । विद्यालयका प्रधानध्यापक भिम बहादुर लिम्बुले हस्तान्तरण समारोहमा उपस्थित सबैलाई स्वागत गर्दै विद्यालयको समस्या र आवश्यकताको चर्चा गर्दै दाता तिगेलाले गरेका योगदानको कदर स्वरुप खेलमैदानको नाम विश्वास दीप तिगेला खेलमैदान नामाकरण बैठकमा सयुक्त रुपबाट निर्णय गरेको बताए ।

विद्यालयको तर्फबाट दाता दम्पतिलाई दोसल्ला ओडाई सम्मान गरे भने दाता तिगेलाले आफूलाई पढाउने गुरुवर भोगेन्द्रराज अधिकारी र रेवती सुवेदीलाई नेपाली ढाका टोपी लगाईदिएर सम्मान ब्यक्त गरे । तिगेलाले आफू जन्मेको माटो, आमाबुबा र गुरुजनलाई सधै सम्झने, सम्मान गर्ने गरेको बताए । आफूसँग प्रसस्त पैसा भएर होइन, आफू अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नु  आफ्नो दायित्व महशुस गरि दुःख गरि कमाएको पैसा विद्यालयलाई दिएको बताए । निकट भविश्यमा पनि विद्यालयलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दाता तिगेलाले आफूले कक्षा १ देखि ५ सम्म पढेको नजिकैको अर्को विद्यालय श्री शारदा माध्यमिक विद्यालयलाई पनि विभिन्न समयमा सहयोग गर्दै आएको, करिब डेढदशक अघि कम्पियुटर सहयोग गरेका थिए, विद्यालयको निम्ति सो कम्पियुटर पहिलो थिायो । पटकपटक खेलकुदको सामाग्री प्रदान गरेका थिए । त्यस्तैगरि तिसमुरे डाँडामा ४ कोठे सिरिजंगा प्राथमिक विद्यालय निर्माण गर्दा पूरै च्यादर र काठ किनिदिएका थिए । सरस्वती पुजाको दिन आयोजित सो खेलमैदान हस्तान्तरण समारोहमा विद्यार्थी नानीहरुले करिब दर्जन भन्दा बढि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो कार्यक्रमको सभापतित्व होम कुमार लिम्बुले गरेका थिए भने संचालन शिक्षक प्रेम कार्कीले गरेका थिए ।
 


प्रकाशित मिति: बुधबार, माघ २३, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी
अनुमतिबिना विदेशी शैक्षिक सञ्चालन गर्ने संस्थामाथि कारबाही गर्ने शिक्षा मन्त्रालयकाे चेतावनी शुक्रबार, असार २६, २०८३
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसइई पूरक परीक्षामा ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण मंगलबार, असार २३, २०८३
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल शुक्रबार, असार १९, २०८३
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बिहीबार, असार १८, २०८३
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो
विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो बुधबार, असार १७, २०८३
फरेन्सिक साइन्सको  विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव
फरेन्सिक साइन्सको विशेषज्ञकम स्नातकोत्तर तहको योग्यता अनिवार्य गरिनुपर्ने प्रस्ताव बुधबार, असार १७, २०८३
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु
धान राेप्ने अभ्यासमा विद्यार्थीहरु सोमबार, असार १५, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP