Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान
निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २२, २०८१

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताएका छन् । उनले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ–आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गरे ।

आज एचपिभी खोप अभियान २०८१ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटून् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पु¥याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।” स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले पाठेघरको मुखको क्यान्सरको समस्या सधैँका लागि समाधान गर्ने उद्देश्यले खोप अभियान सुरु गरिएको बताए ।

उनले भने, “हरेक वर्ष हामीले नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरुलाई दिनेछौँ, प्रत्येक बालबालिकाको सुरक्षित भविष्य बनाउने सुनिश्चितता गर्न चाहन्छौँ ।” कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा विकास देवकोटाले १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गर्न पाउँदा गर्व लागेको बताए ।

Hardik health

उनले भने, “देशमा नसर्ने रोगको भार बढिरहेको छ, जसमा क्यान्सरको भार झन् बढ्दो छ, हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको छ, त्यसैले किशोरावस्थामा नै एचपिभी खोप अभियान सुरु गरेका हौँ, यो विद्यालय केन्द्रित खोप अभियान हो, छुटेका र विद्यालय बाहिरका छात्रालाई खोप दिइनेछ ।

मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु मंगलबार, चैत १७, २०८२
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता सोमबार, चैत १६, २०८२
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी सोमबार, चैत १६, २०८२
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन शुक्रबार, चैत १३, २०८२
कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए
कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए बिहीबार, चैत १२, २०८२
भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन
भेटेरिनरी अस्पताल सत्र महिनादेखि चिकित्सकविहीन बिहीबार, चैत १२, २०८२
वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण
वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क कलेजो परीक्षण बिहीबार, चैत १२, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP