Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
एआईको प्रयोग गरी हुने बाल दुव्र्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१

लण्डन - यौन दुव्र्यवहारको तस्बिर बनाउन प्रयोग गरिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरणविरुद्ध बेलायत सरकारले शनिबार कानूनको घोषणा गरेको छ । ‘एआईको दुरूपयोग गरी बाल यौन दुव्र्यवहारको तस्बिर बनाउने’ कार्यलाई अपराध घोषणा गर्ने बेलायत विश्वकै पहिलो मुलुक बनेको छ । 

बालबालिकाको यौनिक तस्वीर बनाउनका लागि बनाइएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) उपकरण राख्न, सिर्जना गर्न वा वितरण गर्ने कार्यलाई सरकारले गैरकानुनी घोषणा गरेको गृहमन्त्री यवेट कूपरले बताएका हुन् । 

उनका अनुसार मानिसहरूलाई बच्चाहरूलाई यौन दुव्र्यवहार गर्न एआई कसरी प्रयोग गर्ने भनेर सिकाउने एआई ‘पीडोफाइल म्यानुअलहरू’ राख्नु पनि अवैध हुनेछ र यसका लागि तीन वर्षसम्म जेल सजाय हुन सक्छ।गृहमन्त्री कूपरले आइतबार स्काई न्यूजसँग भने, “अनलाइन बाल यौन दुव्र्यवहार सामग्री बढ्दो छ । किशोर किशारीहरूलाई अनलाइनमार्फत् एआईको प्रयोग गरी यौनिक गतिविधि सिकाउने कार्यहरू पनि भइरहेको छ। यो वास्तवमा एक दुःखद कुरा हो । एआईले यसलाई ‘स्टेरोइड’मा राखिरहेको छ।” 

उनले भने, “एआई उपकरणहरूले अपराधीहरूलाई ‘किशोर किशोरीहरूको झूटो छवि तयार गर्न’ सजिलो बनाइरहेको छ । यसका साथै, उनीहरूले बच्चाहरूको छविहरू हेरफेर गरी किशोरकिशोरीहरूलाई आकर्षित गर्न र थप दुव्र्यवहारमा फसाउन प्रयोग गरिरहेका छन्।”“यो सबैभन्दा घृणित अपराध हो,” उनले भने।  “नयाँ कानूनले ‘बाल दुव्र्यवहारका लागि प्रयोग भइरहेका’ केही एआई मोडेलहरूमा प्रतिबन्ध लगाउनेछ,” कूपरले भने।  “अन्य देशहरूले अझै यो (कानुन बनाउने काम) गरिरहेका छैनन्, तर मेरो विचारमा अरू सबैले यसलाई पछ्याउनेछन्,” उनले भने । 

एआई उपकरणको प्रयोग बालबालिकाको वास्तविक जीवनका तस्बिरलाई ‘नग्न’ बनाएर वा ‘अन्य बालबालिकाको अनुहारलाई विद्यमान तस्बिरमा जोडेर’ बाल यौन दुव्र्यवहारका तस्बिरहरू सिर्जना गर्न प्रयोग भइरहेको बेलायत सरकारले जनाएको छ ।नयाँ कानूनले ‘अन्य पीडोफाइल’हरूको लागि डिजाइन गरिएको वेबसाइटहरू सञ्चालन गर्ने व्यक्तिलाई पनि अपराधी ठहर गर्नेछ । कुपरले आइतबार बीबीसीसँग भने, “हालैको एक अनुसन्धानले बेलायतमा हरेक वर्ष लगभग पाँच लाख बालबालिकाहरू कुनै न कुनै रूपमा दुव्र्यवहारको सिकार हुने गरेको पत्ता लगाएको छ।

यी उपायहरूलाई संसदमा ‘क्राइम एण्ड पोलिसिङ बिल’को एक भागको रूपमा प्रस्तुत गरिनेछ ।इन्टरनेट वाच फाउन्डेसन (आईडब्लुएफ) ले यौन दुव्र्यवहारका घटनामा बालबालिकाको एआई तस्बिर उत्पादन भइरहेको भन्दै चेतावनी दिएको छ ।सन् २०२४ मा ३० दिनको अवधिमा आईडब्ल्यूएफका विश्लेषकहरूले एउटै डार्क वेब साइटमा तीन हजार ५१२ एआई बाल दुव्र्यवहार छविहरू पहिचान गरेका थिए।सबैभन्दा गम्भीर श्रेणीका तस्बिरको सङ्ख्या पनि एक वर्षमा १० प्रतिशतले बढेको छ ।


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP