Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • क्यानाडाले मंगलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने : ट्रुडो
क्यानाडाले मंगलबार अमेरिकामाथि जवाफी भन्सार महसुल लगाउने : ट्रुडो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २०, २०८१

ओटावा-  प्रधानमन्त्री जस्टिन ट्रुडोले शनिबार क्यानाडाले केही अमेरिकी वस्तुमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी भन्सार महसुलको जवाफ दिने बताएका छन् ।

दीर्घकालीन क्यानाडा–अमेरिका सम्बन्धमा विभाजनको चेतावनी दिँदै उनले नाटकीय स्वरमा भन्नुभयो, “क्यानाडाले एक खर्ब ५५ अर्ब क्यानेडियन डलर (एक खर्ब ६ अर्ब अमेरिकी डलर) मूल्य बराबरका अमेरिकी वस्तुहरूमा २५ प्रतिशत भन्सार महसुल लगाएर अमेरिकी व्यापार कारबाहीको जवाफ दिनेछ ।”

पहिलो चरणमा मङ्गलबार ३० अर्ब क्यानेडियन डलर मूल्य बराबरका अमेरिकी वस्तुहरूमा भन्सार महसुल लगाइने र तीन हप्तामा थप एक खर्ब २५ अर्ब क्यानेडियन डलर मूल्य बराबरका उत्पादनहरूमा थप भन्सार महसुल लगाइने छ ।

“हामी निश्चित रूपमा तनाव बढाउन खोजिरहेका छैनौँ तर हामी क्यानाडा, क्यानाडालीहरू र क्यानाडाली रोजगारीका लागि उभिनेछौँ”, ट्रुडोले भन्नुभयो, “अझै धेरै, धेरै कुरासहित अमेरिकी बियर, वाइन र बर्बनका साथै फलफूल, तरकारी, उपभोक्ता उपकरण, काठ र प्लास्टिक जस्ता ‘दैनिक वस्तुहरू’ मा भन्सार महसुल लागू हुनेछ ।

Hardik health

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासन र लागुऔषधबाट हुने खतरालाई उद्धृत गर्दै क्यानाडा, मेक्सिको र चीनमा व्यापक भन्सार महसुल लगाउने घोषणा गरेका थिए । संयुक्त राज्य अमेरिकामा क्यानाडाको निर्यातले मङ्गलबारदेखि २५ प्रतिशत करको सामना गर्नेछ । यद्यपि क्यानाडाबाट आउने ऊर्जा स्रोतहरूमा १० प्रतिशत कम कर लाग्नेछ ।

व्यापार द्वन्द्वले क्यानाडाली र अमेरिकीहरू दुवैका लागि ‘वास्तविक परिणामहरू’ ल्याउने ट्रुडोले बताए । यसमा रोजगारी गुम्ने, खाद्यान्न र पेट्रोलको मूल्य बढ्ने, सवारी साधन असेम्बली प्लान्टहरू सम्भावित बन्द हुने र क्यानाडाली निकेल, पोटास, युरेनियम, स्टिल र एलुमिनियमको पहुँचमा बाधा पुग्ने जस्ता समस्याहरू समावेश छन् ।

हामीलाई विभाजित गर्ने 

प्रधानमन्त्री ट्रुडोले क्यानाडाले इरान बन्धक सङ्कट र अफगानिस्तान युद्धदेखि हरिकेन क्याट्रिना र हालैका क्यालिफोर्निया डढेलो जस्ता घातक प्राकृतिक प्रकोपहरूसम्म अमेरिकाको ‘अँध्यारो समय’ मा साथ दिएको स्मरण गराए ।

“यदि राष्ट्रपति ट्रम्प संयुक्त राज्य अमेरिकाका लागि नयाँ स्वर्ण युगको सुरुआत गर्न चाहनुहुन्छ भने क्यानाडासँग साझेदारी गर्नु राम्रो बाटो हो, हामीलाई सजाय दिनु होइन । दुर्भाग्यवश आज ह्वाइट हाउसले लिएका कदमहरूले हामीलाई एकजुट गर्नुको साटो विभाजित गरेका छन् ।”

यसअघि ट्रुडोले प्रान्तीय प्रिमियरहरूसँग परामर्श गरेका थिए । उनीहरूले प्रत्येकले पछि स्थानीय पसलहरूबाट अमेरिकी मदिरा हटाउने र आफ्ना व्यापारिक सम्बन्धलाई तुरुन्तै विविधीकरण गर्न खोज्ने जस्ता अतिरिक्त कदमहरू चाल्ने बताएका छन् ।

अल्बर्टाकी प्रिमियर डेनिएल स्मिथले अमेरिकी भन्सार महसुललाई ‘पारस्परिक विनाशकारी नीति’ भन्दै यसले ‘हाम्रा दुई राष्ट्रबीचको महत्त्वपूर्ण सम्बन्ध र गठबन्धनमा तनाव’ ल्याउने बताए। ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबीले अझ अगाडि बढेर अमेरिकी भन्सार महसुललाई ‘हाम्रा देशहरूबीचको ऐतिहासिक बन्धनको पूर्ण विश्वासघात’ भने ।

“यो एक विश्वसनीय सहयोगी र मित्रविरुद्धको आर्थिक युद्धको घोषणा हो”, सम्बन्धमा पर्ने क्षति दीर्घकालीन हुने चेतावनी दिँदै उनले भने, “हामी फेरि कहिल्यै ह्वाइट हाउसमा बस्ने एक व्यक्तिको लहडको अधीनमा रहने छैनौँ ।”

यसैबीच ओटावामा ओटावा सिनेटर्स र मिनेसोटा वाइल्डबीचको एनएचएल हकी खेलमा क्षमताभन्दा बढी दर्शकहरूले खेल सुरु हुनुअघि अमेरिकी राष्ट्रिय गान गाउँदा विरोध जनाएका थिए ।


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP