Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वसम्पादक राईको स्मृतिमा पुरस्कार स्थापना
पूर्वसम्पादक राईको स्मृतिमा पुरस्कार स्थापना
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २०, २०८१
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याललाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै अक्षयकोष निर्माण समितिकी संयोजक लालसरा राई । तस्बिरः प्रभाव
  • नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना
  • पुरस्कारका लागि अक्षयकोष निर्माण समितिद्वारा एक लाख रुपैयाँ शाखालाई हस्तान्तरण
  • प्रत्येक तीन वर्षमा एक जना क्रियाशील पत्रकारलाई प्रदान गरिने 

काठमाडौं– प्रभाव दैनिकका पूर्वसम्पादक स्व. कमलराज राईको स्मृतिमा पुरस्कार स्थापना भएको छ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखामार्फत प्रदान गर्ने गरी ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो । 

उक्त पुरस्कारका लागि कोष निर्माणार्थ एक लाख रुपैयाँ महासंघलाई हस्तान्तरण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा अक्षयकोष निर्माण समितिकी संयोजक लालसरा राईले उक्त रकम नेपाल पत्रकार महासंघ काठमाडौं शाखाकी अध्यक्ष शोभा अर्याललाई हस्तान्तरण गरिन् ।    

पुरस्कार स्थापनाका लागि भएको सम्झौतानुसार ‘कमलराज राई स्मृति पत्रकारिता पुरस्कार’ कोषको व्यवस्थापन/सञ्चालनको सम्पूर्ण कार्य नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गर्ने छ । उक्त कोषको मूल पुँजी रकम खर्च नगर्ने र ब्याजबापत आउने रकमको ७५ प्रतिशतबाट प्रत्येक तीन वर्षमा एक जना क्रियाशील पत्रकारलाई पुरस्कार प्रदान गर्ने उल्लेख गरिएको छ । ब्याजबापतको २५ प्रतिशत रकम भने कोषमा बचत गर्दै जाने जानकारी दिइएको छ । 

‘नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको प्रत्येक तीन वर्षमा हुने अधिवेशनका अवसरमा एक जना क्रियाशील पत्रकारलाई यो पुरस्कार प्रदान गरिने छ,’ अक्षयकोष निर्माण समितिकी संयोजक राईले भनिन् । पुरस्कारका लागि पत्रकार छनोट गर्ने कार्य महासंघ काठमाडौं शाखाले आफ्नो कार्यविधिबमोजिम स्वतन्त्ररुपमा गर्ने उनले जानकारी दिइन् । ‘महासंघले योग्य पत्रकार छनोट गरी प्रत्येक तीन वर्षमा पुरस्कार वितरण गर्ने गरी जिम्मेवारी लिएकोमा आभार व्यक्त गर्न चाहन्छु,’ शनिबार आयोजित कार्यक्रममा संयोजक राईले भनिन् ।

Hardik health

महासंघकी अध्यक्ष अर्यालले पुरस्कार व्यवस्थापनको जिम्मेवारी काठमाडौं शाखाले प्रभावकारीरुपमा गर्ने बताइन् । उनले स्व. पत्रकार राई शाखाको कार्यसमिति सदस्य रहेकै समयमा हृदयघातका कारण असामयिक निधन भएको स्मरण गर्दै उनको योगदानबारे चर्चा गरेकी थिइन् । प्राप्त कोषबाट निष्पक्षरुपमा पत्रकार छनोट गरी पुरस्कार वितरण गर्ने प्रतिबद्धता उनले जनाइन् । 

रकम हस्तान्तरण गर्न आयोजित समारोहका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संघीय अध्यक्ष  गजुरधन राईले पुरस्कार स्थापनाका लागि गरिएको प्रयास प्रशंसानीय भएको बताए । स्व.पत्रकार कमलराजसँगको सहकार्य र उनको योगदानबारे चर्चा गर्दै अध्यक्ष राईले भने, ‘कमलराज राईजस्तो सत्यनिष्ठ पत्रकारको स्मृतिमा स्थापना गरिएको यो पुरस्कारले नेपाली पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न योगदान पुर्याउने छ ।’

प्रभाव पब्लिकेसन प्रालिका प्रबन्ध निर्देशक कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघसंस्था तथा दलका प्रतिनिधिहरुले स्व. पत्रकार राईको योगदानबारे चर्चा गरेका थिए ।


सम्झौता पत्रः


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १०:५४
#कमलराज खम्बु राई
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP