Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #फोनिज संवाद
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

नवलपुर - गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्‍याफ्टिङ म्याराथन)को उपाधि बागमती प्रदेशले जितेको छ । गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट नवलपुर, तनहुँ र चितवनमा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटको बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो ।

उसले रु ६० हजार पुरस्कार प्राप्त गरेको छ । बुधबार गोरखाबाट हिँडेको प्रतियोगीहरु आज दिउँसो देवघाट आइपुगेका हुन् । प्रतियोगिताको उपविजेता बनेको गण्डकी प्रदेशको समूहले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने कोसी प्रदेशको समूहले रु २० हजार, चौथो हुने त्रिभुवन आर्मी ‘बी’ले रु १० हजार तथा सान्त्वना हुने त्रिभुवन आर्मी ‘ए’ले रु सात हजार पुरस्कार हात पारेको प्रतियोगिता संयोजक वसन्तराज दवाडीले जानकारी दिए । गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्यले साहसिक प्रतियोगिता गरिएको दवाडीको भनाइ छ ।

Hardik health

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामार्फत धार्मिक पर्यटनलाई वृद्धि गर्दै आयआर्जन र रोजगारी वृद्धि गर्न सकिने बताए । जलमार्गबाट पोखरा र चितवन तथा मनकामना र त्रिवेणीलाई जोड्न सकिने भन्दै उनले यसको तयारीमा आफूहरु जुटेको बताए । खेलकुद बहुआयामिक क्षेत्र भएको भन्दै शर्माले नारायणीमा दौड, पौडी र साइक्लिङ गर्न सकिने धारणा व्यक्त गरे । “खेलकुदले कला, संस्कृति र धर्मलाई जोड्न र राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छ”, उनले भने । देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रदेशकै धार्मिक पर्यटनको प्रबद्र्धन हुनेगरी प्रतियोगिता गर्नु सराहनीय काम भएको बताए ।

जलपर्यटन सुस्ताएका बेला यसरी प्रतियोगिता गरिँदा जलपर्यटनलाई चलायमान गराउन सकिने थापाको भनाइ थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यसप्रकारका प्रतियोगिताले खेल र धर्मलाई जोड्न समन्वयकारी भूमिका खेल्ने बताए । “धार्मिक क्षेत्रलाई जोडेर खेलकुदका प्रतियोगिता गरिँदा खेलकुदसँगै धार्मिक क्षेत्रको विकासमा मद्दत पुग्छ”, उनले भने, “यस खेलले साहसिक खेलको विकास र धार्मिक क्षेत्रको प्रचार गर्न सहयोग पुगेको छ ।” खेल, जीवन र संस्कृतिलाई जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बरालको भनाइ छ ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  ०६:२१
#राष्ट्रिय_र्‍याफ्टिङ_च्याम्पियनशीप
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP