Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एमाले सांसद भट्टराई व्यवसायीकै पक्षमा, स्थानीयको मागमा बेवास्ता
मुक्कुम्लुङमा केबलकार विवाद एमाले सांसद भट्टराई व्यवसायीकै पक्षमा, स्थानीयको मागमा बेवास्ता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, माघ १७, २०८१

काठमाडौं– मुन्धुमीस्थल मुक्कुम्लुङमा महिनौंदेखि केबलकार निर्माण विवादले ताप्लेजुङ अशान्त छ । मंगलबारदेखि अनिश्चित्कालीन मेची राजमार्गमा यातायात ठप्प हुँदा छिमेकी जिल्लाहरू पाँचथर र इलाम प्रभावित छन् । यातायात बन्दले तमोर पारिका दुई जिल्ला तेह्रथुम र धनकुटा पनि आंशिक प्रभावित छन् । 

आदिवासी लिम्बू समुदायले मुन्धुमीस्थल मुक्कुम्लुङमा ‘नो केबलकार’ (केबलकार चाहिँदैन) भन्दै आएका छन् । केबलकार निर्माण आयोजनालाई खारेज गर्न माग गरेका छन् । तर, ताप्लेजुङकै जनप्रतिनिधि योगेश भट्टराई भने ‘नो केबलकार’ पक्षको मागविरुद्ध उभिएका छन् । एमाले सांसद भट्टराई केबलकार निर्माण गर्नुपर्ने भन्दै लगानीकर्ता रहेका उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पक्षमा उभिएका छन् ।

उनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै भने, ‘केबलकारको निर्माण र पाथीभराको महिमाको प्रचारप्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटक पाथीभरामा पुग्ने अनुमान गरिएको छ, जसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रमा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।’

सद भट्टराई गृहजिल्ला ताप्लेजुङ महिनौंयता अशान्त हुँदा त्यहाँ गएका छैनन् । नो केबलकार पक्षसँग उनी संवाद गरेर समस्या समाधानमा तत्पर देखिएका छैनन् । बरु, आन्दोलनकारीलाई थप उत्तेजित बनाउनेगरी बुधबार पत्रकार सम्मेलन गरी अभिव्यक्ति दिएका छन् । आन्दोलनकारीलाई थुम्थुम्याउने प्रयासस्वरूप उनले मुक्कुम्लुङ पार्क र संग्रहालय बनाउनुपर्नेसँगै मुक्कुम्लुङ क्षेत्रका स्थानीयलाई रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् । घाइतेको उपचार र पक्राउ परेकाको रिहा गर्नुपर्ने पनि बताएका छन् । 

Hardik health

केबलकार निर्माण र पाथीभराको महिमाको प्रचारप्रसारबाट वर्षमा १० लाखसम्म तीर्थालु र पर्यटक पाथीभरामा पुग्ने अनुमान गरिएको छ, जसबाट ताप्लेजुङवासीको रोजगारी, आर्थिक उपार्जन, स्थानीय उत्पादनको बजारीकरण, व्यावसायिकता विकास हुने र समग्रमा ताप्लेजुङको समृद्धिमा सहयोग पुग्ने विश्वास गरिन्छ ।
योगेश भट्टराई
एमाले सांसद


व्यवसायी ढकालको पक्षमा बोलेका सांसद भट्टराईको अभिव्यक्तिसँग नो केबलकार पक्ष सहमत छैन । पूर्वी पहाडी जिल्लाका नेताहरु पनि असहमत छन् । पाँचथरका नेता इन्द्रबहादुर आङ्बोले केबलकार निर्माण जारी राखेर समस्या समाधान नहुने बताएका छन् । उनले केबलकार निर्माण खारेजी गर्न सुझाएका छन् । नभए द्वन्द्व जारी रहने चेतावनी दिए । 

उनले भने, ‘एउटा व्यवसायीलाई पोस्नेगरी जसरी सरकार नै पछि लागेको छ । यो गलत छ । आदिवासी लिम्बू समुदायको मुन्धुमीस्थलमा केबलकार बनाएर थप द्वन्द्व चर्काउनु दुर्भाग्य हो ।’राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पनि मुक्कुम्लुङ क्षेत्रमा केबलकार निर्माण र प्रहरी दमन रोक्न माग गरेका छन् । लिङ्देनले संवादबाट समस्याको समाधान खोज्न सुझाएका छन् । केबलकार निर्माणको काम ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा घेरामा भइरहेको र ‘नो केबलकार’ पक्षले अनिश्चित्कालीन यातायात बन्द गरेपछि लिङ्देनको धारणा सार्वजनिक भएको हो । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लिङ्देनले लेखेका छन्, ‘मुक्कुम्लुङ (पाथीभरा) क्षेत्रमा भइरहेको केबलकार निर्माण र सरकारी दमन रोकेर संवादबाट समस्याको समाधान खोज्न सरकारसँग माग गर्दछु ।’

एउटा व्यवसायीलाई पोस्नेगरी जसरी सरकार नै पछि लागेको छ । यो गलत छ । आदिवासी लिम्बू समुदायको मुन्धुमीस्थलमा केबलकार बनाएर थप द्वन्द्व चर्काउनु दुर्भाग्य हो ।
इन्द्रबहादुर आङ्बो
नेता, माओवादी संसदीय दल, कोशी प्रदेश

आन्दोलनरत पक्षलाई मंगलबार गृहमन्त्री रमेश लेखकले वार्ताको माध्यमबाट समस्या समाधान खोजिनुपर्ने बताएका थिए । कोशी प्रदेश सरकारले पनि वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ । कोशी सरकारले त वार्ताका लागि आन्दोलनरत पक्षलाई आह्वान गरेको छ ।  तर, आन्दोलनरत पक्षले यथावस्थामा वार्ता बस्न अस्वीकार गरेको छ । पहिले केबलकार निर्माण कार्य रोक्नुपर्ने, निर्माणस्थलबाट सुरक्षाकर्मी हटाउनुपर्ने, घाइतेको उपचार र पक्राउ परेकालाई रिहा गर्नुपर्ने मुक्कुम्लुङ संयुक्त संघर्ष समिति संयोजक श्रीप्रसाद लिम्बूले बताए । यसपछि मात्रै वार्तामा बस्न वातावरण बन्ने उनले बताए । 

‘वार्ता बसौं भन्दैमा हामी बस्दैनौं, यदि वार्तामा बस्ने वातावरण बनाउने हो भने त्यसका लागि केबलकार निर्माण कार्य रोक्नुपर्छ र निर्माणस्थलबाट सुरक्षाकर्मी हटाउनुपर्छ, जसले हामीलाई ताकीताकी गोली हानेको छ, हाम्रा घाइते योद्धाहरूको उपचार गर्नुपर्छ र पक्राउ परेका योद्धालाई विनासर्त रिहा गर्नुपर्छ ।’आन्दोलनरत पक्षले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमसँगै काठमाडौंमा दिनहुँ प्रदर्शन गर्दै आएको छ । आन्दोलनमा आदिवासी जनजातीय संघसंस्था, लिम्बुवान पक्षधर राजनीतिक दलहरूको संलग्नता छ । तर, केबलकार निर्माण कार्य जारी छ । निर्माणको ठेक्का पाएको हिमालयन कन्स्ट्रक्सन प्रालिका इन्द्र केदेमले निर्माण कार्य नरोकिएको जानकारी दिए । उनले विकासको काममा कसैले बाधा पु¥याउन नहुने बताएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP