Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भूमि विधेयक
  • #चिकेन एनेमिया भाइरस
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १६, २०८१

एजेन्सी-   हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् । ट्रम्पलाई लेखिएको संयुक्त पत्रमा मेयरहरूले उहाँलाई ‘हिबाकुसा (बम पीडित) हरूको प्रत्यक्ष गवाही सुन्न, उनीहरूको शान्तिको प्रबल चाहनालाई हृदयङ्गम गर्न र आणविक हतियारको अमानवीयताका बारेमा आफ्नो बुझाइलाई गहिरो बनाउन’ आग्रह गरेका छन् । बुधबार एएफपीसँग साझा गरिएको जनवरी २८ को पत्रमा भनिएको छ, “तपाईंले आणविक निर्भरताको धारणाबाट मुक्त भई आणविक हतियारको उन्मूलन र दीर्घकालीन विश्व शान्तिको प्राप्तिमा बलियो नेतृत्व लिनुहुनेछ भन्ने हाम्रो हार्दिक आशा छ ।” संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ मा जापानी सहर हिरोसिमा र नागासाकीमा एक–एक वटा आणविक बम खसालेको थियो । यो युद्धमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना हो । केही दिनपछि जापानले आत्मसमर्पण गरेको थियो । हिरोसिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । यसमा विस्फोटबाट बाँचेका तर पछि विकिरणको असरबाट मृत्यु भएका धेरै मानिसहरू समावेश छन् ।

वासिङ्टनले बम विस्फोटका लागि कहिल्यै माफी मागेको छैन । सन् २०१० मा अमेरिकी राजदूत जोन रुस वार्षिक हिरोसिमाको सम्झनामा सहभागी हुने पहिलो अमेरिकी प्रतिनिधि बन्नुभयो र दुई वर्षपछि नागासाकी कार्यक्रममा जानुभयो । बाराक ओबामा सन् २०१६ मा हिरोसिमा आउने पहिलो अमेरिकी राष्ट्रपति बने । त्यसपछि सन् २०२३ मा जो बाइडेन आए ।

जापानी मिडियाका अनुसार दुवै मेयरले आमन्त्रित गरे तापनि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भ्रमण गर्ेनन् । गत वर्ष नागासाकीका मेयर शिरो सुजुकीले इजरायली राजदूतलाई समारोहमा निमन्त्रणा नगरेर विवाद निम्त्याउनुभएको थियो । सुजुकीले यो निर्णय ‘राजनीतिक होइन’ तर गाजा द्वन्द्वसँग सम्बन्धित सम्भावित विरोध टार्न भएकामा जोड दिेए ।

अमेरिका, इजरायल, बेलायत लगायतका राजदूतहरू विरोधस्वरूप समारोह बहिष्कार गरी टोकियोमा आयोजित सानो स्मृति कार्यक्रममा सहभागी भएका थिए । गत वर्षको नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकीबाट बचेका मानिसहरूको आणविक हतियार प्रतिबन्धका लागि दबाब दिने आधारभूत आन्दोलन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो।


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला
चिलीमा ७ करोड ४० लाख वर्ष पुरानो स्तनपायी जीवाश्म फेला मंगलबार, साउन २७, २०८२
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ
प्रहरीद्वारा ‘क्राइम ब्युरो’ चलाउने नक्कली प्रहरी पक्राउ सोमबार, साउन २६, २०८२
बङ्गलादेशले चुनावका लागि ४० हजार बडी क्याम किन्ने
बङ्गलादेशले चुनावका लागि ४० हजार बडी क्याम किन्ने आइतबार, साउन २५, २०८२
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
कम्बोडियाद्वारा सैनिकहरू फिर्ता गर्न आग्रह
कम्बोडियाद्वारा सैनिकहरू फिर्ता गर्न आग्रह बिहीबार, साउन १५, २०८२
अस्ट्रेलियामा निर्मित पहिलो रकेट  १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त
अस्ट्रेलियामा निर्मित पहिलो रकेट १४ सेकेन्डको उडानपछि दुर्घटनाग्रस्त बुधबार, साउन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP