Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १६, २०८१

एजेन्सी-   हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् । ट्रम्पलाई लेखिएको संयुक्त पत्रमा मेयरहरूले उहाँलाई ‘हिबाकुसा (बम पीडित) हरूको प्रत्यक्ष गवाही सुन्न, उनीहरूको शान्तिको प्रबल चाहनालाई हृदयङ्गम गर्न र आणविक हतियारको अमानवीयताका बारेमा आफ्नो बुझाइलाई गहिरो बनाउन’ आग्रह गरेका छन् । बुधबार एएफपीसँग साझा गरिएको जनवरी २८ को पत्रमा भनिएको छ, “तपाईंले आणविक निर्भरताको धारणाबाट मुक्त भई आणविक हतियारको उन्मूलन र दीर्घकालीन विश्व शान्तिको प्राप्तिमा बलियो नेतृत्व लिनुहुनेछ भन्ने हाम्रो हार्दिक आशा छ ।” संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ मा जापानी सहर हिरोसिमा र नागासाकीमा एक–एक वटा आणविक बम खसालेको थियो । यो युद्धमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना हो । केही दिनपछि जापानले आत्मसमर्पण गरेको थियो । हिरोसिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । यसमा विस्फोटबाट बाँचेका तर पछि विकिरणको असरबाट मृत्यु भएका धेरै मानिसहरू समावेश छन् ।

वासिङ्टनले बम विस्फोटका लागि कहिल्यै माफी मागेको छैन । सन् २०१० मा अमेरिकी राजदूत जोन रुस वार्षिक हिरोसिमाको सम्झनामा सहभागी हुने पहिलो अमेरिकी प्रतिनिधि बन्नुभयो र दुई वर्षपछि नागासाकी कार्यक्रममा जानुभयो । बाराक ओबामा सन् २०१६ मा हिरोसिमा आउने पहिलो अमेरिकी राष्ट्रपति बने । त्यसपछि सन् २०२३ मा जो बाइडेन आए ।

जापानी मिडियाका अनुसार दुवै मेयरले आमन्त्रित गरे तापनि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भ्रमण गर्ेनन् । गत वर्ष नागासाकीका मेयर शिरो सुजुकीले इजरायली राजदूतलाई समारोहमा निमन्त्रणा नगरेर विवाद निम्त्याउनुभएको थियो । सुजुकीले यो निर्णय ‘राजनीतिक होइन’ तर गाजा द्वन्द्वसँग सम्बन्धित सम्भावित विरोध टार्न भएकामा जोड दिेए ।

Hardik health

अमेरिका, इजरायल, बेलायत लगायतका राजदूतहरू विरोधस्वरूप समारोह बहिष्कार गरी टोकियोमा आयोजित सानो स्मृति कार्यक्रममा सहभागी भएका थिए । गत वर्षको नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकीबाट बचेका मानिसहरूको आणविक हतियार प्रतिबन्धका लागि दबाब दिने आधारभूत आन्दोलन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो।


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP