Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • दबाउने रणनीति नबनाऊ
दबाउने रणनीति नबनाऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १५, २०८१

मुलुका दुई ठूला दल मिलेर बनेको सरकार अहिले विभिन्न कारण विवादमा तानिएको छ । अध्यादेश, तरल अर्थतन्त्र, जनतामाथिको दमन आदि कारण चौतर्फी विवादमा तानिएको हो सरकार । प्रधानमन्त्रीदेखि मन्त्रीले कुनै पनि प्रगति विवरण देखाउन सकेका छैनन् । प्रधामन्त्रीले मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेको खबर केही समयअघि दैनिक आउँथे । तर नेपाली कांग्रेस र नेकपा एमालेको गठजोडमा बनेको यो सरकार सुरुआतदेखि नै विवाद  र तनावपूर्ण तरिकाले अघि बढिरहेको छ ।

कूटनीतिमा असफल, उपत्यकामा बाढीपहिरोमा पर्दा उद्धारमा असफल, अर्थतन्त्र सुधारमा असफल । सरकार जताततै असफलताको ओरालोतिर ओर्लिरहेको छ । दैनानुदिन युवा शक्ति विदेसिरहेका छन् । रेमिट्यान्स वृद्धिदर नराम्रोसँग ओरालो लागेको छ । यस्तो अवस्थामा पनि कांग्रेस–एमाले मिलेर बनेको सरकार धमाका गर्छु भन्दै धमास देखाउन पछि पर्दैन ।

अर्थतन्त्र ओरालो लागेपछि केही गर्छु भनेर अध्यादेश ल्याएको हो सरकारले । तर सदनलाई निकै पर धकेलेर जबरजस्ती अध्यादेश ल्याउने काम सरकारले गर्यो । जुन सजिलै सदनबाटै ल्याउन सकिन्थ्यो । यी विषयहरुले सदनमा बुलन्द स्थान पाउने देखिन्छ । यसैगरी ताप्लेजुङको मुक्कुम्लुङ क्षेत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले आदिवासीलाई दबाउने काम गर्यो ।

Hardik health

अहिले प्रतिपक्ष कमजोर छ भनेर सरकार हात बाँधेर बसेको छ । अब माघ १८ बाट सदन खुल्दै छ । त्यहाँ जनताको पक्षबाट सत्तारुढ दलकै नेताहरुले सरकारको विरोध गर्ने छ । ओली नेतृत्वको एमालेका सांसदहरु मौन बस्लान्, तर लोकतान्त्रिक दल नेपाली कांग्रेसका सांसदहरु आवाज उठाउनमा माहिर छन् । त्यसैले सरकार अहिले नै आत्तिएको छ सदनदेखि ।

त्यसैले सत्तारुढ दलले सोमबार साँझ नै सरकारको कामको विषयमा एक ढिक्का भएर अघि बढ्ने निर्णय गरेको छ । उक्त निर्णय कांग्रेस सांसदहरुले आचारसंहिताको रुपमा मात्र लिने देखिएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कानुनविद् नै ल्याएर पढाउन भ्याइसकेका छन् । आइतबारबाट सुरु भएको संसदीय दलको बैठकमा देउवाले कानुनविद् ल्याएर अध्यादेश भनेको कानुनमै भएकोले विरोध गर्नु ठीक नहुने ज्ञान दिइसकेका छन् । यसका बाबजुद् कांग्रेस सांसदहरुले प्रश्न गर्न छाड्लान भन्न सकिन्न । तर आफ्नै कामबाट तर्सिएको सरकारले आफ्नो खोट देखाउँला भनेर अहिले नै मुखमा बुजो लगाउने प्रयास गरेको छ । यस्तो रणनीति नबनाएकै राम्रो । 


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP