Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #सिन्दुर जात्रा
  • #घुँगीफोर गरुड
  • #लिपुलेक
  • #रवि लामिछाने
  • #दक्षिण कोरिया
  • #विदेसिनेको संख्या
  • #मट्यांग्राे
  • #विपद्का घटना
Search Here
विश्व
  • Home
  • विश्व
  • जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी
जेजु विमानको जेट इन्जिनमा चराको प्वाँखसँगै रगतको दाग भेटिएको दावी
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १४, २०८१

सियोल/एएफपी - गत डिसेम्बरमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको दुवै इन्जिनमा चराको प्वाँख र रगतको धब्बा फेला परेको सोमबार सार्वजनिक भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।गत डिसेम्बर २९ मा थाइल्याण्डबाट दक्षिण कोरियाको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमानमा चालक दलका सदस्यसहित १८१ जना यात्रु सवार थिए । 

दुर्घटनाग्रस्त उक्त विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो भने दुई जनालाइै सख्त घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा खराब हवाई दुर्घटना थियो।दक्षिण कोरियाली र अमेरिकी अन्वेषकहरूले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्, चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याको रूपमा परीक्षण गरिएको छ।

दुर्घटनास्थलबाट बरामद गरिएका दुवै इन्जिनको निरीक्षण गरिएको र दुवै इन्जिनमा चराको रगतको धब्बा र प्वाँख फेला परेको प्रतिवेदनमा उल्लेख छ ।“चालकले धावनमार्ग ०१ नजिक आइपुग्दा चराहरूको एक समूह पहिचान भएको जनाएका र सुरक्षा क्यामेराले एचएल ८०८८ लाई चराहरूको समूहको नजिक आउँदै गरेको भिडियो खिचेको भेटिएको छ,” जेटको दर्ता नम्बर उल्लेख गर्दै रिपोर्टमा भनिएको छ।

विमान दुर्घटना हुनुअघिका क्षणहरुमा इन्जिनले काम गर्न छोडेको थियो वा थिएन भन्नेबारे भने केही बताइएको छैन ।डिएनए विश्लेषणले प्वाँख र रगत साइबेरियाबाट जाडो याममा कोरिया आउने बैकाल गैरी (बैकल टिल्स) नामक प्रवासी चराहरूको रहेको हुनसक्ने बताएको छ । 

रिपोर्टमा ककपिट भ्वाइस रेकर्डर र फ्लाइट डाटा रेकर्डर दुबैले विपत्तिको चार मिनेट अघि नै काम गर्न छोडेको भेटिएको उल्लेख गरिएको छ । विमानमा मुख्य चालकले (क्याप्टेन) कोे छ हजार ८०० घण्टाभन्दा बढी उडान गरेको र सहायक चालकले एक हजार ६५० घण्टाभन्दा बढी उडान गरेको अनुभव थियो। दुर्घटनामा दुवैको मृत्यु भएको थियो भने दुई जना परिचारिका मात्र बाँचेका थिए ।

जेजु विमान अवतरणका क्रममा कङ्क्रिटको तटबन्धमा ठोक्किँदा आगोको ज्वालासहित विस्फोट भएको थियो, जसले धावनमार्गको अन्त्यमा किन यस्तो प्रकारको अवरोध राखिएको थियो भन्ने प्रश्न खडा गरेको छ ।गत हप्ता अधिकारीहरूले राष्ट्रव्यापी विमानस्थलहरूमा यस्ता कङ्क्रिटका अवरोधहरूलाई अन्य सजिले ‘तोड्न सकिने संरचनाहरू’ द्वारा प्रतिस्थापन गर्ने बताएका थिए।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अन्टार्कटिकामा  भूकम्प
अन्टार्कटिकामा  भूकम्प शुक्रबार, भदौ ६, २०८२
गाजामा इजरायली आक्रमण तीव्र
गाजामा इजरायली आक्रमण तीव्र शुक्रबार, भदौ ६, २०८२
चुनावी विवरण सार्वजनिक
चुनावी विवरण सार्वजनिक बिहीबार, भदौ ५, २०८२
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन
इजरायली रक्षामन्त्रीद्वारा गाजा सहर कब्जा गर्ने योजना अनुमोदन बुधबार, भदौ ४, २०८२
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु
ह्वाइट हाउसद्वारा आधिकारिक टिकटक खाता सुरु बुधबार, भदौ ४, २०८२
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै
भारतीय प्रधानमन्त्री मोदीले चीनको भ्रमण गर्दै मंगलबार, भदौ ३, २०८२
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी 
चीन–भारत सम्बन्ध ‘सकारात्मक प्रवृत्ति’ : वाङ यी  मंगलबार, भदौ ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
म्यानपावरको कार्यसम्पादन अध्ययन गर्दै विभाग
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
इ–सेभेन भिसामा श्रमिक पठाउन अलमल
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP