Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • बोझेनीबासीको आवाज बुझ
बोझेनीबासीको आवाज बुझ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ११, २०८१

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन बनाइरहेको शंखरापुर नगरपालिका–३ लप्सिफेदीस्थित बोझेनीका स्थानीयवासी निरन्तर आन्दोलनमा छन् । दुई वर्षदेखि आन्दोलित उनीहरूको एक सूत्रीय माग छ – सबस्टेसन सार्नुपर्छ । 
सबस्टेसनका कारण गाउँ नै जोखिममा पर्ने भएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । कुनै पनि स्थानको जमिन लिनुपूर्व त्यहाँ हुने गतिविधिबारे पूर्व सूचना दिनुपर्छ । तर यस्तो कुनै सूचना नदिई यहाँको जमिन सरकारले अधिग्रहण गरेको देखिन्छ ।

त्यहाँ सबस्टेसनका लागि भन्दै पटक–पटकको अधिग्रहणपछि ७० जना स्थानीयको १७० रोपनी जग्गा प्राधिकरणले लिइसकेको छ । उनीहरूले मुआब्जा लिइसकेका छन् । सबस्टेसन निर्माणको सन्दर्भमा स्थानीयलाई पूर्व सूचना नदिएको देखिन्छ । अन्तरदेशीय विद्युत् प्रसारणलाइनको प्रारम्भिक बिन्दु लप्सिफेदीमा तोकिनेबारे पहिले जानकारी दिइएको थिएन । 

२०७८ को अन्तिममा संसद्बाट एमसिसी परियोजना पारित भएपछि त्यसको प्रारम्भिक बिन्दु लप्सिफेदीमा हुने स्थानीयले थाहा पाएका हुन् । त्यसअघि नै उनीहरूबाट प्राधिकरणले जग्गा दिइसकेका थिए । आफूहरुलाई झुक्याएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका हुन् । 

Hardik health

सरकार भने स्थानीयको पीडा नसुनेर दण्डित गर्नेतिर अग्रसर देखिन्छ । आन्दोलित स्थानीयवासीलाई धरपकड गर्दै जबर्जस्ती सबस्टेसन निर्माण कार्यमा सरकार कठोर भएर लागेको देखिन्छ । प्रहरीले घरघरमै प्रवेश गरेर अन्य स्थानीयलाई कुटपिट गर्नेजस्ता अमानवीय व्यवहार गरिरहेका छन् । उनीहरुलाई प्रहरीले निगरानी गर्ने र कारबाहीको सूचीमासमेत राखेका छन् ।

त्यहाँका नगरप्रमुख रमेश नापित बोझेनीमा सबस्टेसन राख्न नदिने मुद्दा उठाउँदै निर्वाचित भएका हुन् । उनै नगरप्रमुख नापित अचेल यसबारे मौन छन् । कारण पार्टीको माथिल्लो तहको निर्देशन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकै अग्रसरतामा पटक–पटक प्राधिकरण र स्थानीयवासीबीच वार्ता भएको छ । २०७९ सालदेखि नै स्थानीय आन्दोलित छन् । 

बोझेनीमा सिन्धुपाल्चोक, दोलखा र रामेछाप बेसिनमा तामाकोशी र सुनकोशी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौंलगायतमा वितरणका लागि ४००, २२० र १३२ केभी स्टेसन बन्ने योजनासहित त्यहाँ निर्माणको काम जारी छ । स्थानीयवासी सबस्टेसन निर्माणले आफ्नो बास उठ्नसक्ने भन्दै अन्यन्त्र सार्न माग गरेर आन्दोलिनमा उत्रिएका हुन् । 

लप्सिफेदीबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ को भोटेचौर हुँदै जाने एमसिसीका लागि नाङ्लेभारेतिरको प्रसारणलाइन छँदै छ । यसरी तीनतिर विद्युत् प्रसारणलाइन जडान गरिँदा लप्सिफेदी गाउँको आकाश प्रसारणलाइनको तारले माकुराको जालोजस्तो हुने देखिन्छ । यसैले स्थानीयको मर्का सरकारले चाँडै बुझोस् । 
 


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP