Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • प्रादेशिक महोत्सवको भव्य उद्घाटन, सडक विभागको जग्गा पुनः प्राप्तीमा पहल गर्ने प्रचण्डको प्रतिबद्धता
प्रादेशिक महोत्सवको भव्य उद्घाटन, सडक विभागको जग्गा पुनः प्राप्तीमा पहल गर्ने प्रचण्डको प्रतिबद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ११, २०८१
नेपालगन्जमा प्रादेशिक महोत्सवको उद्घाटन / फोटो: तेजु केसी  

नेपालगन्ज -  नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा नेपालगन्जमा प्रादेशिक महोत्सव २०८१ सुरु भएको छ । उद्योेग, व्यापार, कृषि, पर्यटन, जडिबुटी, रोजगार, सूचना प्रविधि र पर्यटन, व्यवसायिक उद्यमशाला तथा कला संस्कृतिको प्रबद्र्धन भन्ने मूल नाराका साथ सुरु भएको प्रादेशिक महोत्सव–२०८१ को पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार नेपालगन्जमा डिजिटल प्रविधिको प्रयोगबाट उद्घाटन गरेका हुन् ।

नेपालमा बनेको हाइड्रोपावरको ट्रान्समिटर लाइन तान्न प्रयोग गर्ने ठूलो आकारको म्याष्ट्रिक ६०० मोडलको ड्रोनबाट नेपालको झण्डा फहराएर पुष्पवृष्टि गर्दै मोबाइल एपबाट पानसमा बत्ती बालेर प्रचण्डले उद्घाटन गरेका थिए ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले देशमा राजनीति र आर्थिक रुपमा गतिशील बनाउनु पर्नेमा जोड दिएका थिए ।

उनले आफू प्रधानमन्त्री हुँदा नेपालगन्जमा प्रदर्शनीस्थल बनाउन सडक विभाग परिसरको १० विघा जग्गा नेपालगन्ज उद्योग वाणिज्य संघलाई लिजमा दिएको स्मरण गर्दै आफू सत्ताबाट हटे लगत्तै सरकारले लिज फिर्ता लिएकामा चिन्ता गर्दै पुुनः जग्गा प्राप्तीका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।नेपालगन्ज क्षेत्रको विकासमा आफूले अभिभावकत्व लिदै आएको उल्लेख गर्दै यस क्षेत्रको आर्थिक विकासमा योगदान पुगोस भनेर नै नेपालगन्ज गुलरिया सडक लगायतका विभिन्न परियोजना अघि बढाउन आफूले पहल गरेको पनि स्मरण गरे ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले देशमा केही पनि पनि विकास नभएको र नेताहरुलाई गाली गर्ने गलत प्रवृत्ति रहेको बताए । उनले बहुदलीय व्यवस्था यता देशका कुनाकाप्चामा विकासको पुगेको दाबी गरे ।  अर्का प्रतिनिधिसभा सदस्य दीपा शर्माले भने संघीयतापछि नेपालगन्ज मारमा परेको बताइन् । उनले यस क्षेत्रको विकासका लागि आफूले हातेमालो गरेर अभिभावकत्व लिने प्रतिबद्धता जनाइन् ।

Hardik health

नेपाल उद्योग वाणिज्य महासंघ सदस्य अब्दुल वाहिद मन्सुरीले त प्रमुख अतिथि प्रचण्डको ध्यानाकर्षण गराउँदै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नका लागि पहल गर्न आग्रह गरे । उनले भन्सार दर परिवर्तन गर्न र आयात गरिने खाद्यान्न दैनिक उपभोग्य बस्तुमा कर नलगाउन पनि सरकारकोे ध्यानाकर्षण गरेका थिए ।नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले संघीयताले मारमा परेको नेपालगन्ज क्षेत्रको विकासमा संघीय सरकारले पनि बेवास्ता गरेको भन्दै दुःख व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका देवेन्द्र पाण्डेले आर्थिक मन्दीका बेला आयोजना गरिने मेला महोत्सवबाट उद्योगी व्यवसायीलाई राहात मिल्ने बताएका थिए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले महोत्सवको सफलताको कामना गर्दै मिडियाले कभरेज गर्न सबै सञ्चारमाध्यम र पत्रकारसँग आग्रह गरे ।संघका अध्यक्ष टंकबहादुर धामीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महिला उपाध्यक्ष मन्दिरा पाण्डेको स्वागत मन्तव्य, महासचिव भीमबहादुर रानाभाट र परामर्शदाता ओविराज आचार्यले सञ्चालन गरेका थिए ।

महोत्सवको उद्घाटन हुनु अघि संघको त्रिभुवन चोकस्थित कार्यालय नजिकबाट सुरु भएर एक जोर हात्तीसहित, सांस्कृतिक, धार्मिक पहिचान, परम्परागत भेषभुषासहितको झाँकीबाट गरेर महोत्सव प्रदर्र्शनीस्थल सडक विभाग परिसरसम्म शोभा यात्रा गरिएको थियो ।  महोत्सवको पहिलो दिन जनवादी गायक जीवन शर्माले सिमली छाँयामा बसी..., झरनाको चिसो पानी..., मधेशी पहाडीजस्ता आधा दर्जन गीत गाएका थिए । अर्का गायक भगिरथ चलाउनेले पनि फलाम पिटे तरवार जस्ता गीतबाट मनोरञ्जन प्रदान गरेका थिए ।

महोत्सव प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दका अनुसार महोत्सवमा हरेक दिन ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको गीत, नृत्य, लाइभ दोहोरी र हास्यव्यङ्गसहितको बेजोड सांस्कृतिक प्रस्तुती हुनेछ । एकल नृत्य प्रतियोगिता सम्बन्धी अन्तरविद्यालय नृत्य तारा–२०८१ पनि हुँदैछ । आगामी २२ माघसम्म सञ्चालन हुने महोत्सवमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा उत्पादित खाद्य वस्तु र जडीबुटी, कृषि, पर्यटन, अटो मोबाइल्सल,सूचना तथा विज्ञान प्रविधि सम्बन्धी ३० वटासमेत गरी ३५० वटा स्टल रहेका छन् ।

महोत्सवको मुख्य आयोजक नेपालगन्ज उद्योग वाणिज्य संघ, आयोजक नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौं, सह–आयोजक नेपाल उद्योग महासंघ लुम्बिनी प्रदेश रहेको छ । क्यान महासंघ बाँकेले सहकार्य गरेको छ ।मुख्य प्रायोजक के.एल.दुगड ग्रुप रहेको छ ।

त्यसैगरी महोत्सवको प्रबद्र्धकमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्र काठमाडौं, जिल्ला समन्वय समिति बाँके, नेपाल पर्यटन बोर्ड, बाँकेका ८ वटै स्थानीय तह (नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका, खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, डुडुवा गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका) रहेका छन् ।


 


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र बन्दै शुक्रबार, माघ २, २०८२
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु
सन् २०२६ पर्यटन प्रर्वद्धन गर्न अभियान सुरु शुक्रबार, माघ २, २०८२
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम
सिरहाको गोसाइ डाँडा ताल : पर्यापर्यटनको संगम शुक्रबार, माघ २, २०८२
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल
चिसो याममा पनि ढोरपाटनमा पर्यटकको चहलपहल शुक्रबार, माघ २, २०८२
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP