Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘हिँड्न बाँकी बाटाहरु’ मा जीवन दर्शन
‘हिँड्न बाँकी बाटाहरु’ मा जीवन दर्शन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ९, २०८१

‘प्रिय दुश्मन !
तिमीले मेरो बाटो नछेकेको भए
मैले बाटाहरु खोज्ने थिइनँ सायद
एउटा बाटो तिमीले छेक्दा
आज सयौँ बाटाहरु छन् मेरा अगाडि’

काठमाडौं -  कवि अर्जुनबाबु दाहालको कविताकृति ‘हिँड्न बाँकी बाटाहरु’को प्रिय दुश्मन शीर्षकबाट लिएको कविताको एक हरफ हो यो । पेसाले आयुर्वेदिक स्वास्थ्यकर्मी दाहाल गीत, कविता सिर्जना एवं कला विधामा रमाउँदै हुर्किएका हुन् । उनलाई कवितामा जीवनदर्शन हुनुपर्छ भन्ने लाग्छ । 

“गद्य शैलीमा लेखिएको रचनामा जीवनवादी दृष्टिकोण स्पष्ट रुपमा देखिएको छ”, साहित्यकार चन्द्र ढकालले भने, “आमाको काख र गाउँप्रति मोह प्रस्तुत गर्दै सबै मानिसहरु नैतिकवान हुनुपर्नेतर्फ इङ्कित गरेर मानिसमा निच प्रवृति हटाउनुपर्नेमा जोड दिइएको छ ।” कवि दाहालको उक्त कृतिमा ५६ वटा कविता छन् । कवितामा शील्प, दृष्टिकोण, वस्तुहरुको संयोजन, अतित मोह देखिन्छ ।

“कवितामा तुलसी, नीम, यार्सागुम्बा, जेठीमधुजस्ता जडीबुटीका विषयवस्तु समेटिएका छन्”, साहित्यकार भारती न्यौपानेले भने, “रचनामा वर्गीय चेत पनि देखिएको छ, निम्न र माथिल्लो वर्गले भोग्नुपरेका पीडालाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।” 

Hardik health

साहित्यकार हेम भण्डारीलाई कवितामा जीवन्त र मौलिक विचार हुनुपर्छ भन्ने लाग्छ । “कवितामा मौलिक विचार हुनुपर्छ, त्यो अनुरुप दाहालका कविता मौलिक र व्यावहारिक ज्ञानमा आधारित छन्”, उनले भने, “आयुर्वेदिक  चिकित्सकका रुपमा उनले रचना गरेका कविता जीवन उपयोगी छन् ।” 

कवितामा चिन्ता, चिन्तन र चैतन्य सबै भएको आफूलाई अनुभव भएको सुनाउँदै साहित्यकार डा नवराज लम्सालले भने, “उज्यालो खोज्दै गाउँबाट सहर पस्नेहरुको मनोद्वन्द्व र सङ्घर्ष हिजोदेखि आजसम्म उस्तैउस्तै पाउँछु, मनोद्वन्द्व कै दलदलमा सृजनाको लत बस्यो भने सृजनाकै सिर्कनाले हृदयमा हान्छ र दुख्छ पनि ।”

नाटकार पुरु लम्साल, साहित्यकार युवराज नयाँघरे, कवि निमग्ना घिमिरेले दाहालका कविता जीवन उपयोगी भएको अनुभव सुनाएका थिए ।  ‘कलमका साथी’ नामक संस्थाले उक्त कृतिमाथिको विमर्श गरेको थियो । लेखक कवि दाहालले आफ्नो कर्म र भोगाइका अनुभवलाई प्रकाशन गर्न पाउँदा खुसी व्यक्त गरे । “मैले धेरै कविता लेखे, यस्तो पनि कविता हुन्छ भनेर कति च्यातेर फाले”, उनले अनुभव सुनाए, “मैले लेखेका कविता आज प्रकाशन गरेर छलफल गर्न पाउँदा खुसी लाग्यो ।” 

सङ्खुवासभामा जन्मिनुभएका कवि दाहाल पेसा र लेखनमा फरकफरक बाटोमा आफूलाई हिँडाइरहेको छ । उनका फुटकर गीत, कविता, समसामयिक समीक्षा र समालोचनाहरु प्रकाशन भइसकेको छन् । उनले गीत सङ्ग्रह प्रकाशन गर्ने तयारी गरिरहेका छन्  । कवि दाहाललाई जीवन अमूल्य भएको हुँदा आत्महत्याको बाटो रोज्नुहुँदैन भन्ने लाग्छ । जसलाई उनले कवितामार्फत उनले यसरी व्यक्त गर्नुभएको छः

        ‘तिमी आत्महत्याको बाटो लाग्नुअघि सम्झ त
        तिमी नहुनु भनेको बालाई के नहुनु हो ?
        आमालाई के नहुनु हो ?
        तिमी पनि त ईश्वरको अंश को 
        अंश आफैँ असमयमा झरेर जाँदा 
        ईश्वरलाई के हुनु हो ?’


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि सोमबार, पुस १४, २०८२
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने
‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने आइतबार, पुस १३, २०८२
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम
बाह्रखरी कथा प्रतियोगितामा शिवराजको ‘एक मान्ठ एक देउता’ प्रथम शुक्रबार, पुस ११, २०८२
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड
डा. उपाध्यायलाई भारतमा प्रतिभाश्री अवार्ड आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP