Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको शपथग्रहणमा विभिन्न राष्ट्रहरूको प्रतिक्रिया यस्ताे ‘प्रिय मित्र’
ट्रम्पको शपथग्रहणमा विभिन्न राष्ट्रहरूको प्रतिक्रिया यस्ताे ‘प्रिय मित्र’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ ८, २०८१

पेरिस - विश्वभरका नेताहरूले सोमबार बधाई दिँदै र अस्थिर नेतासँग राम्रो सम्बन्धको आग्रह गर्दै डोनाल्ड ट्रम्पको ह्वाइट हाउस पुनरागमनमा प्रतिक्रिया दिएका छन् । यहाँ ट्रम्पले दोस्रो कार्यकालका लागि शपथ लिनुभएपछिका केही प्रतिक्रिया छन् :

न्यायपूर्ण शान्ति : युक्रेन 

 “राष्ट्रपति ट्रम्प सधैँ निर्णायक हुनुहुन्छ र उहाँले घोषणा गर्नुभएको शक्तिमार्फत शान्तिको नीतिले अमेरिकी नेतृत्व सुदृढ गर्ने र दीर्घकालीन तथा न्यायपूर्ण शान्ति हासिल गर्ने अवसर प्रदान गर्छ, जुन सर्वोच्च प्राथमिकता हो”, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने ।

दीर्घकालीन शान्ति : रुस

ट्रम्पलाई बधाई दिँदै र युक्रेन युद्धबारे नयाँ अमेरिकी प्रशासनसँग संवादका लागि आफू खुला रहेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने, “म यो कुरामा जोड दिन चाहन्छु कि यसको लक्ष्य छोटो युद्धविराम हुनुहुँदैन... तर सबै मानिसहरूको वैध हितको सम्मानमा आधारित स्थायी शान्ति हुनुपर्छ ।” 

रक्षा खर्च ‘टर्बोचार्ज’ : नाटो

नाटो प्रमुख मार्क रुटेले ट्रम्पको पुनरागमनले गठबन्धनमा ‘रक्षा खर्च र उत्पादनलाई टर्बोचार्ज गर्ने’ बताए ।

Hardik health

‘सर्वोत्तम दिनहरू’ आउन बाँकी : इजरायल

“म विश्वास गर्छु कि फेरि सँगै काम गर्दा हामी अमेरिकाइजरायल गठबन्धनलाई अझ उच्च शिखरमा पुर्याउनेछौँ”, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने, “हाम्रो गठबन्धनका सर्वोत्तम दिनहरू अझै आउन बाँकी छन् ।”

‘दुईराज्य समाधान’ : प्यालेस्टिनी

“तपाईंको कार्यकालमा दुईराज्य समाधानमा आधारित शान्ति हासिल गर्न तपाईंसँग काम गर्न हामी तयार छौँ”, प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले भने, “यसको अर्थ हाम्रो क्षेत्र र विश्वमा सुरक्षा र स्थिरता सुनिश्चित गर्दै प्यालेस्टिन राज्य र इजरायल राज्य सुरक्षा र शान्तिका साथमा बस्छन् ।”

मध्य पूर्वमा शान्ति : सिरिया

“उहाँ मध्यपूर्वमा शान्ति ल्याउने र क्षेत्रमा स्थिरता पुनस्र्थापना गर्ने नेता हुनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ”, सिरियाका नयाँ नेता अहमद अलसाराले भने ।

अमेरिका, इटाली ‘विश्वव्यापी चुनौतीहरू’ को सामना

“म निश्चित छु कि विश्वव्यापी चुनौतीहरूको सामना गर्दै र हाम्रा जनताका लागि समृद्धि र सुरक्षाको भविष्य निर्माण गर्दै हाम्रा राष्ट्रहरूबीचको मित्रता र हामीलाई एकजुट गर्ने मूल्यहरूले इटाली र अमेरिकाबीचको सहकार्यलाई निरन्तर बलियो बनाउनेछ”, इटालीका प्रधानमन्त्री जोर्जिया मेलोनीले भने । 

उनले ‘संयुक्त राज्य अमेरिका र युरोपबीचको संवाद सुदृढ गर्ने’ इटालीको भूमिकाको पनि उल्लेख गरे ।

सम्मान : मेक्सिको

“छिमेकी र व्यापारिक साझेदारका रूपमा संवाद, सम्मान र सहयोग सधैँ हाम्रो सम्बन्धको प्रतीक हुनेछ”, मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले भने ।

नहर पनामाकै रहने : राष्ट्रपति

अमेरिकाले पनामा नहरलाई ‘फिर्ता लिने’ ट्रम्पको प्रतिज्ञामाथि पनामाले कडा प्रतिक्रिया दिँदै प्रमुख अन्तरमहासागरीय जलमार्ग आफ्नो नियन्त्रणमा रहने बताएको छ । “यो नहर पनामाको हो र रहनेछ”, राष्ट्रपति जोस राउल मुलिनोले भने । 

नजिकबाट काम : इयु

“युरोपेली सङ्घ (इयु) विश्वव्यापी चुनौतिहरूको सामना गर्न तपाईँसँग नजिकबाट काम गर्न तत्पर छ”, युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनले भने, “सँगै, हाम्रा समाजहरूले अधिक समृद्धि हासिल गर्न सक्छन् र उनीहरूको साझा सुरक्षालाई बलियो बनाउन सक्छन् ।” 

हाम्रो पालो : हङ्गेरी

“संयुक्त राज्य अमेरिकाको ४७औँ राष्ट्रपतिको रूपमा शपथग्रहण गर्नुभएकोमा राष्ट्रपति ट्रम्पलाई बधाई !”, हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बनले एक्समा पोस्ट गर्नुभयो, “अब चम्किने हाम्रो पालो हो ! ब्रसेल्स कब्जा गर्ने हाम्रो पालो !”

प्रिय मित्र : भारत  

“हाम्रा दुवै देशको लाभका लागि र विश्वको राम्रो भविष्य बनाउन म फेरि एकपटक नजिकबाट काम गर्न तत्पर छु”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना ‘प्रिय मित्र’ ट्रम्पलाई बधाई दिँदै भने ।

सँगै काम गर्दा ‘सबैभन्दा बलियो’ : क्यानाडा

“हामी सँगै काम गर्दा सबैभन्दा बलियो हुन्छौँ र म राष्ट्रपति ट्रम्पसँग काम गर्न तत्पर छु”, ट्रम्पले क्यानाडाली आयातमा २५ प्रतिशत भन्सार लगाउने धम्की दिनुभएपछि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने, “क्यानाडा र संयुक्त राज्य अमेरिकासँग विश्वकै सबैभन्दा सफल आर्थिक साझेदारी छ ।”

नजिकको मित्र : जर्मनी

“अमेरिका हाम्रो सबैभन्दा नजिकको सहयोगी हो र हाम्रो नीतिको उद्देश्य सधैँ राम्रो ट्रान्सएटलान्टिक सम्बन्ध हो”, जर्मन चान्सलर ओलाफ स्कोल्जले भने । 

ढोका खुला छ : संयुक्त राष्ट्र जलवायु प्रमुख

“पेरिस सम्झौताका लागि ढोका खुला छ र हामी कुनै पनि र सबै देशबाट रचनात्मक संलग्नतालाई स्वागत गर्छौं”, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टिलले भने । ट्रम्पले पद सम्हालेपछि छोटो समयमै सम्झौताबाट अमेरिकालाई बाहिर निकाल्ने आदेशमा हस्ताक्षर गरेका थिए ।

साझा लक्ष्य : जापान

“म तपाईंसँग दीर्घकालीन जापानअमेरिका साझेदारी सुदृढ गर्न र स्वतन्त्र तथा खुला इन्डोप्यासिफिकको हाम्रो साझा लक्ष्यको संयुक्त रूपमा खोजी गर्न सहकार्य गर्न तत्पर छु”, जापानी प्रधानमन्त्री शिगेरु इशिबाले भने ।

ऐतिहासिक साझेदार : ब्राजिल

“म आशा गर्छु कि (ट्रम्प) को सफल प्रशासन होस् र अमेरिकीहरू ब्राजिलको ऐतिहासिक साझेदार बनिरहून्”, देशका वामपन्थी राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले भने ।


प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र सोमबार, मंसिर २२, २०८२
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य
भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्दै, २०२५ मा नयाँ लक्ष्य सोमबार, मंसिर २२, २०८२
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु सोमबार, मंसिर २२, २०८२
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली
गोवास्थित आगलागीमा मृत्यु हुने २५ मध्ये चार नेपाली सोमबार, मंसिर २२, २०८२
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने
गाजा संकट समाधानका लागि द्विपक्षीय संवाद सुरु हुने सोमबार, मंसिर २२, २०८२
ईयूको नयाँ आप्रवासन योजनाः ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय
ईयूको नयाँ आप्रवासन योजनाः ‘फिर्ता केन्द्र’ र सुरक्षा सुनिश्चित गर्ने उपाय सोमबार, मंसिर २२, २०८२
चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम
चीनको व्यापार वृद्धिदर स्थिर, आर्थिक सन्तुलन कायम सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP