Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #टाइगर कप
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • बोझेनीका स्थानीय पक्राउ गरिएकोप्रति घेदुङको आपत्ति
बोझेनीका स्थानीय पक्राउ गरिएकोप्रति घेदुङको आपत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ ३, २०८१

काठमाडौं- नेपाल तामाङ घेदुङले शंखरापुर नगरपालिकाको बोझेनीस्थित स्थानीयलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयको सहमतिविपरीत सबस्टेसन निर्माण गरिरहेको विरोधमा बिहीबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका करिब डेढ दर्जन स्थानीयलाई प्रहरीले पक्राउ गरेपछि घेदुङले विरोध जनाएको हो ।

पक्राउ पर्नेमा शंखरापुर नगरपालिका–३ बोझेनीका स्थानीय आइते तामाङ, माइते वाइबा, चित्रबहादुर पाख्रिन, काइला तामाङ, आइते पाख्रिन, नीरमाया तामाङ, लक्ष्मी तामाङ, सन्त पाख्रिन, जुनुमाया तामाङ, मंगली तामाङ, मियमाया तामाङ, फूलमाया तामाङ, तिउकी तामाङ, ठूलीमाया घिसिङ, कान्छी तामाङलगायत रहेका घेदुङद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

‘स्थानीय समुदायको सहमति नलिई मानवबस्ती क्षेत्रमा निर्माण भइरहेको लप्सीफेदी-चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले पार्ने असरको विरुद्धमा वर्षौंदेखि निरन्तर खबरदारी आन्दोलन गर्दै आएको र यसक्रममा आज प्रहरीले शान्तिपूर्ण विरोधमा रहेका करिब डेढ दर्जन स्थानीय तामाङ समुदायका व्यक्तिहरूलाई गिरफ्तारी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ घेदुङका महासचिव जगतमान लामा दोङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वृद्धवृद्धा, महिला, अशक्त बिरामीसमेतको मानवीय सम्वेदनशीलताको कुनै पर्वाह नगरी निर्मम दमन र गिरफ्तारी गरिनु आफैंमा निन्दनीय तथा मानवअधिकार विरोधी क्रियाकलाप हो भन्ने हाम्रो ठहर रहेको छ ।’

Hardik health

घेदुङले स्थानीय समुदायको शान्तिपूर्ण आन्दोलनमाथि भइरहेको अनावश्यक बल प्रयोग बन्द गर्न माग गरेको छ । पक्राउ परेकाहरूलाई विनासर्त तत्काल रिहाइ गर्न र वार्तामार्फत समस्याको दीर्घकालीन समाधान खोज्नसमेत घेदुङले माग गरेको छ ।

बोझेनीका यहाँका स्थानीय लामो समयदेखि आन्दोलनरत रहे पनि प्राधिकरणले माग सुनुवाइ गरेको छैन । सुरक्षाकर्मी परिचालन गरी जबरजस्ती काम अगाडि बढाएपछि स्थानीय थप आक्रोशित बनेका हुन् ।

May be an image of text


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  २२:०३
#तामाङ_घेदुङ #बोझेनी
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वसन्तपञ्चमी मनाइँदै
वसन्तपञ्चमी मनाइँदै शुक्रबार, माघ ९, २०८२
उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने शुक्रबार, माघ ९, २०८२
उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन
उम्मेदवार खेरललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन शुक्रबार, माघ ९, २०८२
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो
एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो शुक्रबार, माघ ९, २०८२
उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को शुभकामना
उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को शुभकामना शुक्रबार, माघ ९, २०८२
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु बिहीबार, माघ ८, २०८२
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP