Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘क्लस्टर’अनुसार अभिमुखीकरण सञ्चालनमा विभागको कमजोरी
‘क्लस्टर’अनुसार अभिमुखीकरण सञ्चालनमा विभागको कमजोरी
ममता थापा
ममता थापा बिहीबार, माघ ३, २०८१

काठमाडौं– सरकारले मंगलबार (माघ १) बाट वैदेशिक रोजगार अभिमुखीकरण तालिम देशगत समूह (क्लस्टर) अनुसार गर्ने नयाँ व्यवस्था लागू गरे पनि व्यवहारमा कार्यान्वयन गर्न असफल भएको छ । वैदेशिक रोजगार विभागले आवश्यक तयारीविनै उक्त नियम लागू गरेकोले कार्यान्वयनमा आउन नसकेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जानुपूर्व प्रदान गरिने अभिमुखीकरण कक्षा माघ १ गतेबाट क्लस्टरअनुसार सञ्चालन गर्ने भनिएको थियो । यसका लागि गत पुस २२ गते विभागले सूचना जारी गरेको थियो । विभागका अधिकारीहरुले पुस २९ मा सम्पूर्ण तयारी पूरा भएको बताउँदै घोषित मितिबाटै कार्यान्वयन सुरु हुने जानकारी दिएका थिए । तर, कमजोर तयारीको परिणाम फेरि यसपटक देखिएको छ ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले क्लस्टरिङको काम नसकेका कारण कार्यान्वयनमा लैजान नसकिएको बताए । ‘कुन–कुन संस्थाले कुन देशका लागि काम गर्ने भनेर फाइनल भएको छैन,’ उनले प्रभावसँग भने, ‘कतिपयले सबै देशका लागि निवेदन दिएकाले समस्या भएको हो ।’विभागले यसअघि नै आवश्यक तयारी गर्न तालिम प्रदायक संस्थाहरुलाई परिपत्र जारी गरेको थियो । विभागमा सूचीकृत हुन बाँकी संस्थाहरुलाई २८ पुससम्मको म्याद तोकिएको थियो । तर तालिम प्रदायक संस्थाहरुले माघ १ गते पनि निवेदन दिएको सुवेदीको भनाइ छ ।

Hardik health

यसअघि सूचीकृत भइसकेका संस्थाहरुले सरकारले तोकेको मितिमै काम थाल्न पर्ने हो । तर तोकिएको समयमै काम थाल्न न विभागले तदारुकताका साथ काम ग¥यो न त तालिम प्रदायक संस्थाहरु सरकारको निर्देशनप्रति गम्भीर देखिए । ‘पूर्वतयारीको काम सकिएको छैन । अब आइतबारबाट पूर्णरुपमा कार्यान्वयन हुन्छ,’ नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम बताउँछन् । 

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा अभिमुखीकरण सञ्चाालन गर्दा देशगतरुपमा छुट्टाछुट्टै समूह बनाएर सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, तालिम प्रदायक संस्थाहरुले भने मनमौजी हिसाबले कक्षा सञ्चालन गर्दै आएका थिए । अर्कोतिर कार्यविधि बनेको यत्तिका वर्षसम्म पनि सरकारले लागू गराउन सकेको थिएन । फलतः कतिपय संस्था वैदेशिक रोजगारीमा जानेहरुलाई गुणस्तरीय सेवा दिनेभन्दा पनि कमाउधन्दामा लागेका थिए ।

कक्षामा उपस्थित नै नहुँदा पनि अभिमुखीकरण लिएको प्रमाणपत्र बनाइदिने, सरकारले तोकेको भन्दा बढी शुल्क लिनेजस्ता बदमासी फेला पारेको थियो । कडा नियम अनि प्रभावकारी कक्षा नहुँदा विदेसिनेहरु आफैंले पनि तालिमविनाको प्रमाणपत्र लिँदै आएका थिए । जसले गर्दा गन्तव्य मुलुकमा पुग्दा कामदारले समस्या भोग्नुपर्ने अवस्था थियो । यो प्रवृत्तिलाई रोक्न पछिल्लो समय सरकारले बायोमेट्रिक तथा आइरिस प्रणाली लागू गरेको छ । क्लस्टरअनुसार कक्षा सञ्चालन भएपछि विगतमा देखिएका समस्या हल हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने
नेपाली कामदारले अनिवार्य विस्तृत कार्य विवरण पेस गर्नुपर्ने बिहीबार, साउन १४, २०८३
साउदी आइडी नवीकरणमा संघको सहजीकरण
साउदी आइडी नवीकरणमा संघको सहजीकरण बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP