Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘क्लस्टर’अनुसार अभिमुखीकरण सञ्चालनमा विभागको कमजोरी
‘क्लस्टर’अनुसार अभिमुखीकरण सञ्चालनमा विभागको कमजोरी
ममता थापा
ममता थापा बिहीबार, माघ ३, २०८१

काठमाडौं– सरकारले मंगलबार (माघ १) बाट वैदेशिक रोजगार अभिमुखीकरण तालिम देशगत समूह (क्लस्टर) अनुसार गर्ने नयाँ व्यवस्था लागू गरे पनि व्यवहारमा कार्यान्वयन गर्न असफल भएको छ । वैदेशिक रोजगार विभागले आवश्यक तयारीविनै उक्त नियम लागू गरेकोले कार्यान्वयनमा आउन नसकेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरीय निर्णयबाट वैदेशिक रोजगारमा जानुपूर्व प्रदान गरिने अभिमुखीकरण कक्षा माघ १ गतेबाट क्लस्टरअनुसार सञ्चालन गर्ने भनिएको थियो । यसका लागि गत पुस २२ गते विभागले सूचना जारी गरेको थियो । विभागका अधिकारीहरुले पुस २९ मा सम्पूर्ण तयारी पूरा भएको बताउँदै घोषित मितिबाटै कार्यान्वयन सुरु हुने जानकारी दिएका थिए । तर, कमजोर तयारीको परिणाम फेरि यसपटक देखिएको छ ।

विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले क्लस्टरिङको काम नसकेका कारण कार्यान्वयनमा लैजान नसकिएको बताए । ‘कुन–कुन संस्थाले कुन देशका लागि काम गर्ने भनेर फाइनल भएको छैन,’ उनले प्रभावसँग भने, ‘कतिपयले सबै देशका लागि निवेदन दिएकाले समस्या भएको हो ।’विभागले यसअघि नै आवश्यक तयारी गर्न तालिम प्रदायक संस्थाहरुलाई परिपत्र जारी गरेको थियो । विभागमा सूचीकृत हुन बाँकी संस्थाहरुलाई २८ पुससम्मको म्याद तोकिएको थियो । तर तालिम प्रदायक संस्थाहरुले माघ १ गते पनि निवेदन दिएको सुवेदीको भनाइ छ ।

Hardik health

यसअघि सूचीकृत भइसकेका संस्थाहरुले सरकारले तोकेको मितिमै काम थाल्न पर्ने हो । तर तोकिएको समयमै काम थाल्न न विभागले तदारुकताका साथ काम ग¥यो न त तालिम प्रदायक संस्थाहरु सरकारको निर्देशनप्रति गम्भीर देखिए । ‘पूर्वतयारीको काम सकिएको छैन । अब आइतबारबाट पूर्णरुपमा कार्यान्वयन हुन्छ,’ नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतम बताउँछन् । 

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ मा अभिमुखीकरण सञ्चाालन गर्दा देशगतरुपमा छुट्टाछुट्टै समूह बनाएर सञ्चालन गर्नुपर्ने व्यवस्था छ । तर, तालिम प्रदायक संस्थाहरुले भने मनमौजी हिसाबले कक्षा सञ्चालन गर्दै आएका थिए । अर्कोतिर कार्यविधि बनेको यत्तिका वर्षसम्म पनि सरकारले लागू गराउन सकेको थिएन । फलतः कतिपय संस्था वैदेशिक रोजगारीमा जानेहरुलाई गुणस्तरीय सेवा दिनेभन्दा पनि कमाउधन्दामा लागेका थिए ।

कक्षामा उपस्थित नै नहुँदा पनि अभिमुखीकरण लिएको प्रमाणपत्र बनाइदिने, सरकारले तोकेको भन्दा बढी शुल्क लिनेजस्ता बदमासी फेला पारेको थियो । कडा नियम अनि प्रभावकारी कक्षा नहुँदा विदेसिनेहरु आफैंले पनि तालिमविनाको प्रमाणपत्र लिँदै आएका थिए । जसले गर्दा गन्तव्य मुलुकमा पुग्दा कामदारले समस्या भोग्नुपर्ने अवस्था थियो । यो प्रवृत्तिलाई रोक्न पछिल्लो समय सरकारले बायोमेट्रिक तथा आइरिस प्रणाली लागू गरेको छ । क्लस्टरअनुसार कक्षा सञ्चालन भएपछि विगतमा देखिएका समस्या हल हुने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन शुक्रबार, माघ १६, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न बिहीबार, माघ १५, २०८२
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला बिहीबार, माघ १५, २०८२
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बुधबार, माघ १४, २०८२
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित
सरकारलाई दबाब दिन माइतीघर मण्डलमा उत्रिए इपिएसपीडित बुधबार, माघ १४, २०८२
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा
कोरियाले साढे ३८ प्रतिशतले घटायो इपिएसमार्फत लैजाने कामदारको कोटा मंगलबार, माघ १३, २०८२
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, माघ १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP