Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एक्सट्रयाक
  • #आइसिसी विश्वकप क्रिकेट लिग–२
  • #दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५
  • #राष्ट्रिय परिचयपत्र
  • #जयतु संस्कृतम् दिवस
  • #लोक सेवा आयोग
  • #मुन्दुम पदमार्ग
  • #सुनुवार
  • #मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन
Search Here
विचार
  • Home
  • विचार
  • संसद्लाई संसद्जस्तै रहन दिऔँ
संसद्लाई संसद्जस्तै रहन दिऔँ
डा शोभाकर पराजुली
डा शोभाकर पराजुली शुक्रबार, पुस २६, २०८१
डा शोभाकर पराजुली

 नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ दशकभन्दा धेरै समय भइसकेको छ । तथापि संसदीय सर्वोच्चतालाई साँचो हृदयले आत्मसात् गर्न नसक्दा आमनागरिकले त्यसको प्रभावकारिता महसुस गर्न सकेका छैनन् । संसद् भनेको खासगरी जनताको थलो हो । जननिर्वाचित प्रतिनिधिहरूले जनताका मुद्दाबारे सरकारलाई खबरदारी गर्ने र जनहितमा ऐन, कानुन निर्माण गर्ने थलोका रूपमा यसलाई बुझ्ने गरिन्छ ।

कामकाजी भाषामा भन्ने हो भने संसद् जनताको जीवनसँग गाँसिएको एउटा लोकतान्त्रिक अभ्यासको थलो हो । लोकतन्त्रको एउटा उत्कृष्ट अभ्यासका रूपमा रहेको चुनावमार्फत जनताले आफ्ना प्रतिनिधि रोजेर पठाउँछन् । देशभरिबाट चुनिएर आएका तिनै प्रतिनिधिहरूलाई सांसद र उनीहरूले मन्थन गर्ने थलो भनेको संसद् हो । यसलाई प्रतिनिधिसभा वा तल्लो सदन पनि भन्ने चलन छ । यसरी जनताले आफैँ प्रत्यक्ष नभए पनि आफ्ना प्रतिनिधिमार्फत नीतिगत तहमै आफ्नो प्रतिनिधित्व महसुस गरेका हुन्छन् तर यसरी चुनिएर आएका प्रतिनिधहरूले नै जनतालाई महसुस हुने गरी काम नगर्दा आमनागरिकमा संसद्प्रति नै भरोसा रहँदैन ।

यसथ संसद् भनेको लोकतन्त्र निखार्ने एउटा प्रतिनिधिमूलक थलो पनि हो, जहाँ बसेर जनप्रतिनिधिहरूले सरकारलाई खबरदारी गर्न सक्छन् । जनताको जीवनसँग गाँसिने र उनीहरूलाई महसुस हुनेगरी ऐन, कानुन बनाउन सक्छन् । हाम्रा सांसदहरूले भने विस्तारै लोकतन्त्रको यो उच्चतम परिभाषा बोकेको संसद्को मान्यतालाई नै बिथोल्न थालेका छन् । त्यसैले ‘भोट हाल्नका लागि हाल्दिएको’ भनेर नागरिकले पनि वास्ता गर्दैनन् । जनता र जनप्रतिनिधिबीच नजिकको सम्बन्ध हुनुपर्नेमा टाढा हुन जाँदा संसद्ले जनविश्वास गुमाउँदै गएको त छैन भन्ने प्रश्न उठ्न दिनु हुँदैन । नेपालमा पहिलोपटक २०१५ सालमा आमनिर्वाचन भयो । राणा शासनको अन्त्यपछि नेपाली कांग्रेसले नै एउटा सार्वभौम संसद्को माग अघि सारेको थियो ।

यद्यपि, त्यो बेला ‘क्रान्तिकारी’हरूले संविधानसभाकै गठन हुनुपर्ने भनेका थिए तर राणासँगको सम्झौतापछि राणा–कांग्रेसको संयुक्त सरकार बन्यो । त्यो अन्तरिम सरकार पनि संविधानसभा बनाउने कि संसदीय निर्वाचन गर्ने भन्ने अलमलमै बित्यो । यो अलमलका आठ वर्षपछि अन्ततः २०१५ फागुन ७ मा पहिलोपटक संसदीय निर्वाचनको घोषणा भयो । नेपालको शासकीय राजनीतिक इतिहासमा यो पहिलो चुनाव ४५ दिनसम्म चलेको थियो । त्यसपछि विसं २०१६ असार १६ गते मध्यरातमा मात्रै संसद्को पहिलो बैठक बोलाइएको थियो । नेपालमा संसदीय राजनीतिको इतिहासमा यो पहिलो कोसेढुङ्गा थियो । तथापि यो संसद्ले आफ्नै पूरै शैशवकाल पनि बाँच्न पाएन । संसदीय अभ्यास तङ्ग्रिन पनि नपाउँदै १८ महिनापछि राजा महेन्द्रले संसद् र संसद्बाट निर्वाचित सरकारमाथि प्रतिबन्ध लगाए । जनताको प्रजातान्त्रिक अभ्यास गर्ने थलो खोसियो । जननिर्वाचित प्रधानमन्त्री अनि देशका गन्यमान्य नेताहरूलाई पनि राजाले जेल हाले ।

त्यसपछिका करिब ३० वर्ष राजाले ल्याएको त्यही पञ्चायती व्यवस्थासँगै जनमतले नभएर राजाको हुकुमी शासन चल्यो । त्यतिबेला पनि पञ्चायती भारद्वारहरूको पञ्चायती सभाहरू त हुन्थे तर ती अधिकार खोसिएका जनताका लागि कुनै कामका थिएनन् । ती त बरु दरबार रिझाउने र जनतामाथि शासन लाद्नेहरूको मात्रै पञ्चायत थिए । विसं २०४६ को जनआन्दोलनपछि फेरि संसद् पुनःस्थापित भयो । र २०४८ सालमा संसदीय निर्वाचन भयो । त्यसपछिका संसद्हरू पनि धेरै खलबलिए ।

एउटै पार्टीको बहुमतको सरकारले पूरा समय चल्न नसकेको मात्र होइन दुईभन्दा बढी पार्टीका सरकारहरुले पनि स्थिरता दिन सकेनन् । बहुदलीय शासन व्यवस्था भएका कारण न संसद् स्थिर भयो न सरकार नै । पटक पटक फेरिने सरकारहरूले नै संसद्लाई पटक पटक बिथोल्ने अनि बराल्ने काम गरे । विसं २०५२ पछि २०६२÷६३ सम्म कुनै पनि संसद्ले आफ्नो पूरा कार्यकाल काम गर्न सकेनन् । यो वा त्यो बहानामा कहिले संसद् भङ्ग गरियो । कहिले बिथोलियो । माओवादी सशस्त्र युद्धका बेला २०५९ सालमा त फेरि राजा ज्ञानेन्द्रले संसद् विघटन गरी ‘कु’ गरे । फेरि महेन्द्रकै शैलीमा जनताका अधिकार खोसिए र राजनीतिक दलहरूमाथि एक प्रकारको प्रतिबन्ध लाग्यो । राजाको यो दुष्प्रयास लामो समय चलेन र सक्ने कुरा पनि थिएन ।

राजनीतिक ‘कू’ का विरोधमा फेरि अर्को जनआन्दोलन भयो । यो बेला पनि नेपाली कांग्रेसले संसद् पुनःस्थापनालाई आफ्नो ‘बटमलाइन’ बनाएको थियो । खासगरी तत्कालीन नेपाली कांग्रेसका सभापति तथा आन्दोलनका कमाण्डर स्व गिरिजाप्रसाद कोइरालाले संसद् पुनःस्थापनाको अडान लिनुभएको थियो । त्यहीअनुसार सबै संसदीय दलहरू मिलेर जनआन्दोलनको नेतृत्व लिए र जेठ ११ गते राजा ज्ञानेन्द्रले संसद्सहित जनताका सारा अधिकारहरू फिर्ता गरे । एउटा बहुदलीय लोकतान्त्रिक राष्ट्रमा संसद्को शक्ति कति हुन्छ भन्ने उदाहरण नेपालमा पटक पटक पेस भएका छन् । यो त्यही संसद् थियो जसले राजतन्त्र अन्त्य भएको घोषणा गरेको थियो । राजा र राजसंस्थाको सदियौँको विरासत यही संसद्ले अन्त्य गरिदिएको थियो । त्यतिमात्रै होइन, हतियार उठाएर सत्ता कब्जाको सपना बोकेर युद्धमा हिँडेको माओवादीलाई पनि यही संसदीय राजनीतिले नै यो बाटोमा ल्याइदियो । त्यसपछि विसं २०६४ र २०७० मा संविधानसभाको निर्वाचन भयो । यो संविधानसभाले २०७२ सालमा संविधान जारी ग¥यो र त्यसपछि २०७४ सालमा करिब २० वर्षपछि नेपालमा पुनः संसदीय चुनाव भयो । यो बेला देशमा गणतन्त्र आइसकेको थियो ।

देशको शासकीय पद्धति पनि परिवर्तन भइसकेको थियो र सङ्घीयतामा गइसकेको थियो । स्थानीय तह र प्रदेशदेखि सङ्घसम्मको निर्वाचन निकै उत्साहप्रद रह्यो । तथापि त्यसपछिका संसद्मा पनि सांसदहरूले आफ्नो संसदीय मर्यादालाई जोगाइराख्न सकेनन् । न संसदीय दलहरूले आफ्ना विधि र मान्यताहरूको ख्याल गरे । त्यसपछि पनि विभिन्न बहानामा संसद् भङ्ग गर्नेजस्ता असंवैधानिक कदमहरू जबर्जस्ती चालिए । धन्न न्यायालयले त्यसलाई रोक्दै संसद् विघटनको परिकल्पनामा समेत रोक लगाइदियो । सांसदहरू आफैँले बनाएको संविधानमा संसद् विघटनको परिकल्पना थिएन । वा जुनसुकै शब्दहरू वा धारा, उपधाराहरू राखिए पनि मर्म भने त्यस्तो थिएन । त्यसपछिका संसदीय गतिविधि हेर्ने हो भने ती पनि चित्त बुझ्दा छैनन् ।

संसदीय मर्यादा, मान्यता, मर्म र संसदीय अभ्यासको विश्वव्यापी नियम र प्रचलनहरूलाई हाम्रा संसादहरूले आत्मसात् गरेको देखिँदैन । एउटा दलले अर्को दलको विरोधमा वा सामान्य कुरामा पनि संसद्को बैठकहरू अवरुद्ध हुँदा त्यसले कति क्षति पुर्‍याउँछ भन्ने कुनै गणितीय हिसाब हुँदैन तर त्यसको असर भने जनताको दीर्घजीवनमा निकै नकारात्मक तरिकाले परिरहेको हुन्छ । एकातिर संसदीय दल र संसदीय अभ्यासप्रति आम जनताको भरोसा टुट्दै जान्छ । जनताको जीवनलाई सम्बोधन गर्ने नीति, ऐन, कानुन निर्माण अवरुद्ध भइरहेका हुन्छन् । संसद् अवरुद्ध हुँदा वा त्यसको नियमितता बिथोलिँदा सरकारलाई खबर गर्ने थलो हुँदैन र सरकार एकाङ्की हुनजान्छ ।

संसद् भनेको शक्ति पृथकीकरणको एउटा अभिन्न अङ्ग पनि हो । संसद् बिना सरकार निरङ्कुश हुँदै जान्छ र शासकीय महत्काङ्क्षाहरू नकारात्मकतातिर बढ्दै जान्छन् । प्रतिपक्षले आफ्ना कुराहरू राख्न पाउँदैनन् । जनताका समस्याहरू सुनाउने थलोको अभाव हुन जान्छ । एक प्रकारले संसद् बिथोलिँदा सारा जनताको आशा र भरोसा पनि बिथोलिइरहेको हुन्छ । तसर्थ संसद्लाई विशुद्ध जनताको मात्रै थलो बनाऔँ । यसलाई राजनीतिक स्वार्थ पूरा गर्ने हतियारका रुपमा धारिलो बनाउने प्रयास नगरौँ ।


प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप विचार
आरोग्य पर्यटनः गन्तव्य नेपाल
आरोग्य पर्यटनः गन्तव्य नेपाल आइतबार, असार १, २०८२
कडा डेंगुको क्रम बढ्दो
कडा डेंगुको क्रम बढ्दो शुक्रबार, जेठ ३०, २०८२
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू
लिंग प्रत्यारोपण शल्यक्रिया सम्बन्धी अनुत्तरित प्रश्नहरू बिहीबार, जेठ २९, २०८२
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र
विप्रेषणमा टिकेको नेपालको अर्थतन्त्र बुधबार, जेठ २८, २०८२
अख्तियारको पासो ?
अख्तियारको पासो ? मंगलबार, जेठ २७, २०८२
व्यवस्था परिवर्तनले के हुन्छ ?
व्यवस्था परिवर्तनले के हुन्छ ? मंगलबार, जेठ २०, २०८२
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा
गणतन्त्र स्थापनाका १७ वर्षः सुशासन, विकास र समृद्धिको अपेक्षा शुक्रबार, जेठ १६, २०८२
Ban division lalitpur Ban division lalitpur
लोकप्रिय
  • Week
  • Month
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
तामाङ भाषाको समाचार सेवा सुरु गर्ने मन्त्री गुरुङको प्रतिबद्धता
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
नेपाली श्रमिकले भोग्दै आएका समस्या समाधानका लागि आग्रह
किष्ट  बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
किष्ट बन्यो नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त शिक्षण अस्पताल
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
स्वास्थ्य परीक्षणसम्बन्धी कार्यविधि संशोधन
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
तामाङ डाजाङको आयोजनामा पाँच दिने डम्फू प्रशिक्षण शुरु
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
सगरमाथा आरोहीलाई तामाङ सगरमाथा आरोही संघको सम्मान
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
नौ महिनापुग्दा पनि ब्रुनाइको लण्ड्री कम्पनीमा पाएनन् नेपाली महिलाले तलब
THE CANVAS SHOW- EP-8
THE CANVAS SHOW- EP-8
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
एभरेष्टमा ड्रोन एरलिफ्टकाे नयाँ कीर्तिमान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP