Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २४, २०८१

काठमाडौं -  नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट एक युवाको बिग्रिएको मिर्गौला निकालिएको छ । मिर्गौला फेल भई उपचारार्थ नेपाल मेडिकल कलेज आएका मकवानपुर हेटौंडाका ३७ वर्षीय नवराज दाहालको देब्रे साइटको मिर्गौला ल्याप्रोस्कोपी प्रविधिबाट निकालिएको हो ।

एक महिना अगाडि कम्मरको देब्रे भाग अत्याधिक दुखेपछि उपचारका लागि अस्पताल जाँदा उनलाई मिर्गौलाको पत्थरी भएको देखिएको थियो । दुई साता अघि अत्याधिक दुखाई भएपछि नेपाल मेडिकल कलेज आएका नवराजको भिडियो एक्सरे गरेर हेर्दा देब्रे साइटको मिर्गौलामा पत्थरी देखिएको थियो ।

त्यसपछि सिटी स्क्यान गरेर हेर्दा नवराजको देब्रे भागको मिर्गौला पूर्णरुपमा बिग्रिसकेको पाइएको युरोलोजी विभागका कन्सल्टेन्ट यूरोसर्जन डा. वेश अन्सारीले बताए । ‘सुरुमा एक्सरे गरेर हेर्दा किड्नीमा पत्थरी देखिएको थियो । पछि सिटी स्क्यान गरेपछि मात्र देब्रे भागको किड्नी पूर्णरुपमा बिग्रिसकेको थाहा पायौँ ।’ कन्सल्टेन्ट यूरोसर्जन डा. अन्सारीले भने  ।

Hardik health

मिर्गौला पूर्णरुपमा कामै नलाग्ने भइसकेको पाइएपछि डा. अन्सारीकै नेतृत्वमा ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गरी मिर्गौला निकालिएको थियो । बिरामी दाहाल अप्रेसन भएको तेश्रो दिन नै आफैं हिँडडुल गर्न सक्षम भई अस्पतालबाट डिस्चार्ज भएर जानु भएको थियो । अस्पतालले तत्कालै रोगको पहिचान गरी अप्रेसन समेत गरिदिएपछि बिरामी नवराजले राहतको सास फेरेका छन् । ‘पत्थरीकै कारण मिर्गौला नै बिग्रिएछ । डाक्टर सावले तत्कालै अप्रेसन गर्न सल्लाह दिए  । दुरबिनबाट अप्रेसन गर्ने भनेर सबै बुझाउनु भयो । उपचारमा संलग्न सम्पूर्ण डाक्टर, नर्सहरूलाई विशेष धन्यवाद दिन चाहन्छु ।’ बिरामी नवराजकी श्रीमती गीता त्रिपाठी दाहालले बताउनु भयो ।

ल्याप्रोस्कोपी विधिबाट विभिन्न प्रकारका अप्रेसनहरू भइरहेपनि मिर्गौला नै निकालिएको कलेजको इतिहासमा सम्भवतः पहिलोपटक हो । कलेजले पछिल्लो समय विभिन्न प्रकारका अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधिलाई प्राथमिकताका साथ अवलम्बन गर्दा धेरै बिरामीहरूले राहत पाएका छन् । सर्जरीका हरेक विभागहरुले ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसनहरू गरिरहेका छन् ।

ल्याप्रोस्कोपी प्रविधिकाे अप्रेसन परम्परागत चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी हुने गर्दछ । यस विधिबाट अप्रेसन गर्दा शरीरमा ठूलो घाउ बनाउन नपर्ने भएकाले अप्रेसन पछि बिरामी छिट्टै रिकभर हुन्छन् । ‘ल्याप्रोस्कोपी अप्रेसन चिरेर गरिने अप्रेसन भन्दा प्रभावकारी छ । शरीरमा स–साना प्वालहरू पारेर अप्रेसन गरिन्छ । ठुल्ठूलो घाउ पार्नु पर्दैन, रक्तश्राव कम हुन्छ, लामो समय अस्पतालमा बस्नु पर्दैन, इन्फेक्सन हुने चान्स रहँदैन । लामो समय पेनकिलर सेवन गर्नु पर्दैन ।’ डा. अन्सारीको दावी छ ।

डा. अन्सारीका अनुसार जन्मजातै भएका किड्नीका रोगहरु, पत्थरी, ट्युमर, घातक क्यान्सरहरु, पाइलोप्लास्टी, चोटपटक लागेर किड्नीमा समस्या भएकाहरुलाई ल्याप्रोस्कोपी प्रविधिबाट अप्रेसन गर्न सकिन्छ । त्यस्तै, पेट तथा आन्द्राको समस्या, मुत्रासयको समस्या, पाठेघरको अप्रेसन लगायत धेरै अप्रेसनमा ल्याप्रोस्कोपी प्रविधि प्रयोग हुन्छ ।
 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP