Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ऊर्जामन्त्री खड्काको तिकडम
ऊर्जामन्त्री खड्काको तिकडम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २४, २०८१

ऊर्जामन्त्री सम्हालेयता कांग्रेस नेता दीपक खड्काले ऊर्जा क्षेत्रको विकास हुने एउटा पनि काम गरेको देखिएका छैन । मन्त्री हुनुअघि नै विवादमा मुछिँदै आएका खड्का मन्त्री भएपछि झन् विवादित बनेका छन् । लैनचौर व्यांक्वेट चलाउन स्काउटको जग्गामा रजाइँ गरेर भाडा नतिर्ने उनी मन्त्रालयमा इन्ट्री मार्नेबित्तिकै विवादमा तानिए । यसबाट बच्न खड्काले यतिसम्म चलाखी गरे कि, आफ्नो नाममा भएको खड्का ल्याण्ड कार्यकर्ताको नाममा सारिदिए ।

खड्का ल्यान्ड त्यही कम्पनी हो जसले स्काउटसँग लैनचौर व्यांक्वेट भाडामा लिएको थियो । सत्ता र शक्तिको आडमा अहिले खड्का मन्त्री नै छन् । तर, छ महिनासम्म उनले मन्त्रालयमा कुर्सीमा बस्नेबाहेक अरु काम गर्न सकेका छैनन् । मन्त्री खड्काको एउटै ध्याय देखिन्छ, महत्वपूर्ण काम भनेको कुशलतापूर्वक विद्युत् प्राधिकरण सञ्चालन गरी लोडसेडिङ हटाएका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कसरी हटाउने भन्नेमा ।

आफूले भनेको ठाउँमा आफ्नो मान्छे नियुक्ति नदिएपछि कुलमानसँग रुष्ट भएका खड्कामा ‘इगोहर्ट’ लागेको प्रस्ट देखिन्छ । प्राधिकरणमा रहेर नियमितरुपमा विद्युत् व्यापारबाट नाफामा लगेको संस्थाको प्रमुखलाई गिद्धेनजर लगाउनु आफैंमा उदेगलाग्दो विषय हो । अर्को विषय भनेको प्राधिकरण मन्त्रालयको सानो युनिट हो । तर यही प्राधिकरणको कर्मचारीलाई भने मन्त्री खड्काले चाहेर पनि हटाउन सकेका छैनन् ।

Hardik health

यसरी नै छ महिना खड्काले बिताएका छन् । यो बीचमा कुलमानले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकेका छन् । लोडसेडिङको हल्ला भइरहेका बेला नियमित विद्युत् प्रवाह गरिरहेका छन् । आफूले चाहेको कुरा नहुनु तर कुलमानले धमाधम नियमित काम गरेपछि मन्त्री खड्काले प्राधिकरणमा अनेक तिकडम गर्न थालेका छन् ।

कहिले स्पष्टीकरण सोध्ने, कहिले प्राधिकरणमै आफू बस्ने कोठा बनाएर कुलमानलाई दबाबमा राख्ने । कहिले सम्पत्ति शुद्धीकरण लगाइदिने धम्की दिने, कहिले अख्तियारको । एक मामुली सरकारी सेवकलाई मन्त्रीले बिरालोले मुसा खेलाएझैं खेलिरहनु नै सन्देहपूर्ण छ । जसरी हुन्छ, आफूले चाहेको योजना पूरा गरिछाड्ने मनसायमा खड्का देखिन्छ भने आफ्नो कार्यकालभर देशलाई लोडसेडिङमा नपु¥याउने कुलमानको चाहना देखिन्छ ।

यो दुई विपरीत चाहना र प्रतिष्ठाको लडाइँमा मन्त्रीको कुत्सित् अभिलाषा छर्लंग देखिन्छ । तर वर्तमान सरकारको नेतृत्व नै कुलमानको विरुद्धमा देखिन्छ । जसकारण पनि मन्त्री खड्काले लाजै नमानी पटक–पटक कुलमानलाई प्रहार गरिरहेका छन् । मन्त्री खड्काको यस्तो कदम निकै प्रतिशोधपूर्ण देखिन्छ । मन्त्रीले राजनीतिक प्रतिशोध लिएर होइन, कार्यक्षमताका आधारमा काम गर्न दिनुपर्छ । ऊर्जामन्त्रीको यो प्रवृत्तिले राज्यका लागि कुनै लाभको नतिजा नदिने निश्चित छ ।
 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP