Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ऊर्जामन्त्री खड्काको तिकडम
ऊर्जामन्त्री खड्काको तिकडम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस २४, २०८१

ऊर्जामन्त्री सम्हालेयता कांग्रेस नेता दीपक खड्काले ऊर्जा क्षेत्रको विकास हुने एउटा पनि काम गरेको देखिएका छैन । मन्त्री हुनुअघि नै विवादमा मुछिँदै आएका खड्का मन्त्री भएपछि झन् विवादित बनेका छन् । लैनचौर व्यांक्वेट चलाउन स्काउटको जग्गामा रजाइँ गरेर भाडा नतिर्ने उनी मन्त्रालयमा इन्ट्री मार्नेबित्तिकै विवादमा तानिए । यसबाट बच्न खड्काले यतिसम्म चलाखी गरे कि, आफ्नो नाममा भएको खड्का ल्याण्ड कार्यकर्ताको नाममा सारिदिए ।

खड्का ल्यान्ड त्यही कम्पनी हो जसले स्काउटसँग लैनचौर व्यांक्वेट भाडामा लिएको थियो । सत्ता र शक्तिको आडमा अहिले खड्का मन्त्री नै छन् । तर, छ महिनासम्म उनले मन्त्रालयमा कुर्सीमा बस्नेबाहेक अरु काम गर्न सकेका छैनन् । मन्त्री खड्काको एउटै ध्याय देखिन्छ, महत्वपूर्ण काम भनेको कुशलतापूर्वक विद्युत् प्राधिकरण सञ्चालन गरी लोडसेडिङ हटाएका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई कसरी हटाउने भन्नेमा ।

आफूले भनेको ठाउँमा आफ्नो मान्छे नियुक्ति नदिएपछि कुलमानसँग रुष्ट भएका खड्कामा ‘इगोहर्ट’ लागेको प्रस्ट देखिन्छ । प्राधिकरणमा रहेर नियमितरुपमा विद्युत् व्यापारबाट नाफामा लगेको संस्थाको प्रमुखलाई गिद्धेनजर लगाउनु आफैंमा उदेगलाग्दो विषय हो । अर्को विषय भनेको प्राधिकरण मन्त्रालयको सानो युनिट हो । तर यही प्राधिकरणको कर्मचारीलाई भने मन्त्री खड्काले चाहेर पनि हटाउन सकेका छैनन् ।

Hardik health

यसरी नै छ महिना खड्काले बिताएका छन् । यो बीचमा कुलमानले बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकेका छन् । लोडसेडिङको हल्ला भइरहेका बेला नियमित विद्युत् प्रवाह गरिरहेका छन् । आफूले चाहेको कुरा नहुनु तर कुलमानले धमाधम नियमित काम गरेपछि मन्त्री खड्काले प्राधिकरणमा अनेक तिकडम गर्न थालेका छन् ।

कहिले स्पष्टीकरण सोध्ने, कहिले प्राधिकरणमै आफू बस्ने कोठा बनाएर कुलमानलाई दबाबमा राख्ने । कहिले सम्पत्ति शुद्धीकरण लगाइदिने धम्की दिने, कहिले अख्तियारको । एक मामुली सरकारी सेवकलाई मन्त्रीले बिरालोले मुसा खेलाएझैं खेलिरहनु नै सन्देहपूर्ण छ । जसरी हुन्छ, आफूले चाहेको योजना पूरा गरिछाड्ने मनसायमा खड्का देखिन्छ भने आफ्नो कार्यकालभर देशलाई लोडसेडिङमा नपु¥याउने कुलमानको चाहना देखिन्छ ।

यो दुई विपरीत चाहना र प्रतिष्ठाको लडाइँमा मन्त्रीको कुत्सित् अभिलाषा छर्लंग देखिन्छ । तर वर्तमान सरकारको नेतृत्व नै कुलमानको विरुद्धमा देखिन्छ । जसकारण पनि मन्त्री खड्काले लाजै नमानी पटक–पटक कुलमानलाई प्रहार गरिरहेका छन् । मन्त्री खड्काको यस्तो कदम निकै प्रतिशोधपूर्ण देखिन्छ । मन्त्रीले राजनीतिक प्रतिशोध लिएर होइन, कार्यक्षमताका आधारमा काम गर्न दिनुपर्छ । ऊर्जामन्त्रीको यो प्रवृत्तिले राज्यका लागि कुनै लाभको नतिजा नदिने निश्चित छ ।
 


प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP