Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुशासनमा अस्तव्यस्त काठमाडौं महानगर
सुशासनमा अस्तव्यस्त काठमाडौं महानगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २३, २०८१

काठमाडौं महानगरपालिका पछिल्लो समय सुशासन व्यवस्थापनमा निकै कमजोर देखिएको छ । महानगर प्रमुखमा बालेन्द्र साह (बालेन) निर्वाचित भएर आएदेखि नै महानगरपालिकाको सेवाप्रवाह चुस्त हुन्छ भन्ने आँकलन गर्नेहरुका लागि अहिले मुखमा बुजो लागेको छ । निर्वाचन भएको करिब ३० महिना पुग्दै गर्दा प्रशासन हाँक्ने प्रमुख दायित्व बोकेको प्रमुख प्रशासकीय अधिकृत नै टिक्न सकेका छैनन् । निमित्तसहित यो तीन वर्षमा पाँच जनाले अपमानजनक ढंगले बहिर्गमन हुनुपरेको देखिन्छ ।

महानगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई गलहत्याएसँगै निमित्त प्रशासकीय प्रमुखले अघिल्लो वर्षको नगरसभा चलाए । ती निमित्त बनेका सिताराम कोइरालालाई पनि आर्थिक अनियमितताको आरोप लगाउँदै कारबाही गरियो । महानगरमा युवा कार्यकारी आएको निकै चर्चा गराइयो । प्रदीप परियार महानगरमा ‘रबर स्ट्याप्प’ प्रमुख प्रशासकीय अधिकृतका रुपमा बसे । थोरै समय बसेका उनले पनि प्रमुख साह र उनको सहयोगीका कारण महानगर छाडे । परियारको बहिर्गमन सहज भए पनि उनीपछि आएका सरोज गुरागाईंलाई महानगरप्रमुख साहले उनको प्रतिष्ठामाथि नै आँच पुग्नेगरी पत्रकार सम्मेलन गरेर काठमाडौं टावरको नक्सापास विवाद देखाएर कार्यालय प्रवेशमा रोक लगाए ।

त्यत्तिमात्र होइन उनले पाउने सुविधाहरुसमेत कटौती गरिदिएर अन्योलमा पारिदिएका छन् । अहिले निमित्त सम्हालेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले अवकाश पाउन १५ महिना बाँकी हुँदै जागिरबाट नै हात धुने प्रयास गरेका छन् । शर्माले राजीनामा दिए पनि त्यसलाई महानगरको नगर कार्यपालिका बैठकले अनुमोदन गर्नुपर्ने छ । उक्त प्रस्ताव महानगरको कार्यपालिका बैठकले विनाकारण प्रश्न नै टेवल टोकेर अनुमोदन गर्ने छ । 

Hardik health

काठमाडौं महानगरको पछिल्लो समयमा प्रशासन संयन्त्रको नेतृत्व नहुँदा सुशासन कुरामा मात्र सीमित हुने देखिन्छ । अहिले महानगरमा प्रशासनको नेतृत्व गर्ने प्रमुख प्रशासकीय प्रमुखविहीन छ । निमित्तले पनि राजीनामा दिएर बसिसकेका छन् भने सरकारले पनि गुरागाईंको सम्बन्धमा अहिलेसम्म मुख खोलेको छैन । महानगरको अहिलेको नेतृत्व प्रशासन संयन्त्र पूर्णरुपमा नै असफलजस्तै देखाउनेगरी लागेको छ । नीतिमा भन्दा पनि निर्देशनमा महानगरपालिकालाई चलाउने प्रयास भएपछि अहिलेको अवस्था सिर्जना भएको संकेत निमित्त प्रमुख प्रशासकीय प्रमुखको राजीनामाले छर्लंग बनाइदिएको छ ।

एकातिर प्रशासन प्रमुख, निमित्त प्रशासन प्रमुख छैनन् । त्यस्तै प्रशासन विभागका प्रमुख पनि बिदा लिएर बसेका छन् । त्यस्तै प्रमुख साहले नै ल्याएका सहरी योजना आयोगका उपाध्यक्ष पनि बिदामा बसेको देखिन्छ । प्रमुख साहलेभन्दा पनि उनको सचिवालयले महानगर हाँक्न खोजेको भन्दै महानगरका विभागीय प्रमुखहरु मात्र होइन साह आफैंले राखेका सल्लाहकारहरु पनि क्रमशः बाहिरिने क्रम जारी छ ।

महानगरको प्रशासन नेतृत्वविहीन बनाएर प्रमुख साह भने उनका सचिवालयका सहकर्मी सुनिल लम्साललाई लिएर बैंककमा घुमिरहेका छन् । ‘रोम जलिरहँदा निरो सुख र चैनले आरामसँग बाँसुरी बजाइरहेका थिए’ भन्ने भनाइ जस्तै काठमाडौं महानगरपालिका अस्तव्यस्त हुँदा महानगरप्रमुख साह भने घुमफिरमै रमाइरहेका छन् !
 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP