Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सुशासनमा अस्तव्यस्त काठमाडौं महानगर
सुशासनमा अस्तव्यस्त काठमाडौं महानगर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २३, २०८१

काठमाडौं महानगरपालिका पछिल्लो समय सुशासन व्यवस्थापनमा निकै कमजोर देखिएको छ । महानगर प्रमुखमा बालेन्द्र साह (बालेन) निर्वाचित भएर आएदेखि नै महानगरपालिकाको सेवाप्रवाह चुस्त हुन्छ भन्ने आँकलन गर्नेहरुका लागि अहिले मुखमा बुजो लागेको छ । निर्वाचन भएको करिब ३० महिना पुग्दै गर्दा प्रशासन हाँक्ने प्रमुख दायित्व बोकेको प्रमुख प्रशासकीय अधिकृत नै टिक्न सकेका छैनन् । निमित्तसहित यो तीन वर्षमा पाँच जनाले अपमानजनक ढंगले बहिर्गमन हुनुपरेको देखिन्छ ।

महानगर प्रमुख साहले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई गलहत्याएसँगै निमित्त प्रशासकीय प्रमुखले अघिल्लो वर्षको नगरसभा चलाए । ती निमित्त बनेका सिताराम कोइरालालाई पनि आर्थिक अनियमितताको आरोप लगाउँदै कारबाही गरियो । महानगरमा युवा कार्यकारी आएको निकै चर्चा गराइयो । प्रदीप परियार महानगरमा ‘रबर स्ट्याप्प’ प्रमुख प्रशासकीय अधिकृतका रुपमा बसे । थोरै समय बसेका उनले पनि प्रमुख साह र उनको सहयोगीका कारण महानगर छाडे । परियारको बहिर्गमन सहज भए पनि उनीपछि आएका सरोज गुरागाईंलाई महानगरप्रमुख साहले उनको प्रतिष्ठामाथि नै आँच पुग्नेगरी पत्रकार सम्मेलन गरेर काठमाडौं टावरको नक्सापास विवाद देखाएर कार्यालय प्रवेशमा रोक लगाए ।

त्यत्तिमात्र होइन उनले पाउने सुविधाहरुसमेत कटौती गरिदिएर अन्योलमा पारिदिएका छन् । अहिले निमित्त सम्हालेका शिक्षा विभागका प्रमुख गोविन्द शर्माले अवकाश पाउन १५ महिना बाँकी हुँदै जागिरबाट नै हात धुने प्रयास गरेका छन् । शर्माले राजीनामा दिए पनि त्यसलाई महानगरको नगर कार्यपालिका बैठकले अनुमोदन गर्नुपर्ने छ । उक्त प्रस्ताव महानगरको कार्यपालिका बैठकले विनाकारण प्रश्न नै टेवल टोकेर अनुमोदन गर्ने छ । 

Hardik health

काठमाडौं महानगरको पछिल्लो समयमा प्रशासन संयन्त्रको नेतृत्व नहुँदा सुशासन कुरामा मात्र सीमित हुने देखिन्छ । अहिले महानगरमा प्रशासनको नेतृत्व गर्ने प्रमुख प्रशासकीय प्रमुखविहीन छ । निमित्तले पनि राजीनामा दिएर बसिसकेका छन् भने सरकारले पनि गुरागाईंको सम्बन्धमा अहिलेसम्म मुख खोलेको छैन । महानगरको अहिलेको नेतृत्व प्रशासन संयन्त्र पूर्णरुपमा नै असफलजस्तै देखाउनेगरी लागेको छ । नीतिमा भन्दा पनि निर्देशनमा महानगरपालिकालाई चलाउने प्रयास भएपछि अहिलेको अवस्था सिर्जना भएको संकेत निमित्त प्रमुख प्रशासकीय प्रमुखको राजीनामाले छर्लंग बनाइदिएको छ ।

एकातिर प्रशासन प्रमुख, निमित्त प्रशासन प्रमुख छैनन् । त्यस्तै प्रशासन विभागका प्रमुख पनि बिदा लिएर बसेका छन् । त्यस्तै प्रमुख साहले नै ल्याएका सहरी योजना आयोगका उपाध्यक्ष पनि बिदामा बसेको देखिन्छ । प्रमुख साहलेभन्दा पनि उनको सचिवालयले महानगर हाँक्न खोजेको भन्दै महानगरका विभागीय प्रमुखहरु मात्र होइन साह आफैंले राखेका सल्लाहकारहरु पनि क्रमशः बाहिरिने क्रम जारी छ ।

महानगरको प्रशासन नेतृत्वविहीन बनाएर प्रमुख साह भने उनका सचिवालयका सहकर्मी सुनिल लम्साललाई लिएर बैंककमा घुमिरहेका छन् । ‘रोम जलिरहँदा निरो सुख र चैनले आरामसँग बाँसुरी बजाइरहेका थिए’ भन्ने भनाइ जस्तै काठमाडौं महानगरपालिका अस्तव्यस्त हुँदा महानगरप्रमुख साह भने घुमफिरमै रमाइरहेका छन् !
 


प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP