Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती
माओवादीको राजनीतिक प्रतिवेदन कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २२, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विगतमा दुई ठूला दलसँग मिलेर चुनाव लड्नु गल्ती भएको जनाएको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो ।

संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य ठीक भए पनि पछि चुनाव लड्नु गल्ती भएको माओवादीको ठहर छ । ‘युद्ध र संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य अनिवार्य थियो । तर, कुनै न कुनै रूपमा विगतमा कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती थियो भन्ने कुरा हामीले आत्मसमीक्षा गर्नुपर्छ,’ अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ।

संविधान जारी भएपछि पहिलोपटक २०७४ मा भएको निर्वाचनमा माओवादी एमालेसँग मिलेर चुनावमा गएको थियो । त्यतिबेला एमालेसँग एकता गरेरै चुनावमा गएको माओवादी पछि अलग्गिएर २०७९ को निर्वाचनमा कांग्रेससँग मिलेर चुनाव लडेको थियो । माओवादीले कांग्रेस–एमालेलाई परम्परागत शक्तिको रुपमा लिएको छ । यस्तो अवस्थामा आफूहरु घुम्तीमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ शक्तिले पनि भरपर्दो विकल्प दिन नसकेको ठहर गरेको छ । ‘नयाँ भन्नेहरूले पनि विचार, राजनीति र कार्यशैलीको भरपर्दाे ढंगले विकल्प दिन नसकेको देखिन्छ । अब माओवादीले क्रान्तिकारी विकल्प बन्नका लागि सस्तो लोकप्रियताको आधारमा भन्दा पनि स्पष्ट विचार, राजनीति, कार्यक्रम र कार्ययोजनासहित अगाडि बढ्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

माओवादीले लोकतन्त्रको ‘सर्भिसिङ’ गर्ने समय आइसकेको आवाजसमेत बैठकमा उठाएको छ । ‘अब लोकतन्त्रलाई पुरानै ढर्रामा चलाउन सकिँदैन । सर्भिसिङ गर्ने बेला आयो,’ माओवादी अध्यक्षको प्रतिवेदनमा भनिएको छ ।माओवादीले कांग्रेस–एमालेप्रतिको घट्दो जनविश्वास र माओवादी आकर्षणले अब आफ्नो राजनीतिक धारमा चुनाव लड्नुपर्छ भन्ने शिक्षा पाएकोसमेत जनाएको छ । ‘हामी घट्नुपर्ने घटिसक्यौं, अब बढ्नेतिर लाग्यौं । तर, अरुभन्दा फरक हुन सकिएन भने हुँदैन । ०८४ को चुनावका लागि अहिलेदेखि लाग्नुपर्छ । अब वैकल्पिक शक्ति हामी नै हो । कांग्रेस–एमालेले लिन सक्दैनन्,’ दाहालले भने ।

Hardik health

पछिल्लो राजनीतिक सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार नांगिदै गएको माओवादीका ठहर छ । ‘हामीले सुरू गरेका कामहरू, सुशासनको थालनीलाई सरकारले पन्छाउँदै गइरहेको छ । सरकार र यसको काम जनताको पक्षमा छैन, जनताहरू खुसी छैनन् अहिलेको सरकारसँग । केपी ओली सरकार आफैं नांगिदै गइरहेको छ ।’

एमालेको राजनीतिक प्रतिवेदन
माओवादीबाट पटक–पटक धोका
नेकपा एमालेको केन्द्रीय समिति बैठक पनि आइतबारबाटै सुरु भएको छ । पार्टीको मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय समितिमा माओवादी छाडी कांग्रेससँग मिलिजुली सरकार निर्माण गरिएको विषयलाई प्राथमिकतामा राखिएको छ ।

दुई–दुई पटक प्रधानमन्त्री बनाउन एमालेले सघाउँदा पनि माओवादी अध्यक्ष पुष्कमल दाहालले पुरानै चरित्र दोहो¥याएपछि सरकारबाट बाहिरिएर कांग्रेससँग मिलेको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो । हामी सरकारबाट बाहिरियौं,’ पहिलोपटकको सत्ता समीकरण छाड्नुका कारण राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

पटक–पटकको राजनीतिक धोकापछि कांग्रेससँग मिल्नुको विकल्प नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै संकट पार्ने स्थितिलाई बोध गर्दै हामी यसरी बढ्दै जाने र मुख्य राजनीतिक निष्कर्षमा आइपुगेका हौं,’ एमालेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

कांग्रेससँग मिलेर सरकार बनाएपछि अर्थतन्त्रमा सुधार आएको एमाले प्रतिवेदनमा उल्लेख छ । ‘यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ । 

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा राजस्व वृद्धि भएको, पुँजीबजारमा सकारात्मक सुधार हुँदै गएको विषयलाई अर्थतन्त्र सुधारको सूचकका रुपमा उल्लेख गरिएको छ । ‘पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिको तुलनामा राजस्व वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ । पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको छ र नेपालले दक्षिण एसियामा भारतपछिको दोस्रो स्थान सुरक्षित गरेको छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

अध्यक्षको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । 

भीम रावललाई कारबाहीबारे– विष लागेको औंला झर्छ
बैठकमा हालै नेता भीम रावललाई गरिएको कारबाहीमाथि केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन् । एमालेको पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निकाला गर्दै विन्दा पाण्डे र उषाकिरण तिम्सेनलाई छ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो । शाह र रावलको विरोधको बावजुद् उक्त निर्णय आइतबार केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा रावललाई विष लागेको औंलाको रुपमा चित्रण गरिएको छ । ‘जुन औंलामा विष लागेको छ, त्यही औंला झर्ने हो । विषाक्त औंलालाई जोगाउन सिँगै हात र कहिलेकाहीँ त पूरै शरीरको बलिदान दिन सकिँदैन । हामीले यही गर्दै आएका छौं र भोलि पनि यही गर्नेछौं ।’
 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP