Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
  • #फोक्सिङटार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती
माओवादीको राजनीतिक प्रतिवेदन कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २२, २०८१

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विगतमा दुई ठूला दलसँग मिलेर चुनाव लड्नु गल्ती भएको जनाएको छ । आइतबारबाट सुरु भएको केन्द्रीय समितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा उक्त विषय उल्लेख गरिएको हो ।

संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य ठीक भए पनि पछि चुनाव लड्नु गल्ती भएको माओवादीको ठहर छ । ‘युद्ध र संविधान कार्यान्वयनसम्म आइपुग्दा सहकार्य अनिवार्य थियो । तर, कुनै न कुनै रूपमा विगतमा कांग्रेस–एमालेसँग मिलेर चुनाव लड्नु गल्ती थियो भन्ने कुरा हामीले आत्मसमीक्षा गर्नुपर्छ,’ अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ।

संविधान जारी भएपछि पहिलोपटक २०७४ मा भएको निर्वाचनमा माओवादी एमालेसँग मिलेर चुनावमा गएको थियो । त्यतिबेला एमालेसँग एकता गरेरै चुनावमा गएको माओवादी पछि अलग्गिएर २०७९ को निर्वाचनमा कांग्रेससँग मिलेर चुनाव लडेको थियो । माओवादीले कांग्रेस–एमालेलाई परम्परागत शक्तिको रुपमा लिएको छ । यस्तो अवस्थामा आफूहरु घुम्तीमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता नयाँ शक्तिले पनि भरपर्दो विकल्प दिन नसकेको ठहर गरेको छ । ‘नयाँ भन्नेहरूले पनि विचार, राजनीति र कार्यशैलीको भरपर्दाे ढंगले विकल्प दिन नसकेको देखिन्छ । अब माओवादीले क्रान्तिकारी विकल्प बन्नका लागि सस्तो लोकप्रियताको आधारमा भन्दा पनि स्पष्ट विचार, राजनीति, कार्यक्रम र कार्ययोजनासहित अगाडि बढ्नुपर्छ,’ प्रतिवेदनमा भनिएको छ ।

माओवादीले लोकतन्त्रको ‘सर्भिसिङ’ गर्ने समय आइसकेको आवाजसमेत बैठकमा उठाएको छ । ‘अब लोकतन्त्रलाई पुरानै ढर्रामा चलाउन सकिँदैन । सर्भिसिङ गर्ने बेला आयो,’ माओवादी अध्यक्षको प्रतिवेदनमा भनिएको छ ।माओवादीले कांग्रेस–एमालेप्रतिको घट्दो जनविश्वास र माओवादी आकर्षणले अब आफ्नो राजनीतिक धारमा चुनाव लड्नुपर्छ भन्ने शिक्षा पाएकोसमेत जनाएको छ । ‘हामी घट्नुपर्ने घटिसक्यौं, अब बढ्नेतिर लाग्यौं । तर, अरुभन्दा फरक हुन सकिएन भने हुँदैन । ०८४ को चुनावका लागि अहिलेदेखि लाग्नुपर्छ । अब वैकल्पिक शक्ति हामी नै हो । कांग्रेस–एमालेले लिन सक्दैनन्,’ दाहालले भने ।

Hardik health

पछिल्लो राजनीतिक सवालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार नांगिदै गएको माओवादीका ठहर छ । ‘हामीले सुरू गरेका कामहरू, सुशासनको थालनीलाई सरकारले पन्छाउँदै गइरहेको छ । सरकार र यसको काम जनताको पक्षमा छैन, जनताहरू खुसी छैनन् अहिलेको सरकारसँग । केपी ओली सरकार आफैं नांगिदै गइरहेको छ ।’

एमालेको राजनीतिक प्रतिवेदन
माओवादीबाट पटक–पटक धोका
नेकपा एमालेको केन्द्रीय समिति बैठक पनि आइतबारबाटै सुरु भएको छ । पार्टीको मुख्यालय च्यासलमा सुरु भएको केन्द्रीय समितिमा माओवादी छाडी कांग्रेससँग मिलिजुली सरकार निर्माण गरिएको विषयलाई प्राथमिकतामा राखिएको छ ।

दुई–दुई पटक प्रधानमन्त्री बनाउन एमालेले सघाउँदा पनि माओवादी अध्यक्ष पुष्कमल दाहालले पुरानै चरित्र दोहो¥याएपछि सरकारबाट बाहिरिएर कांग्रेससँग मिलेको अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ । ‘राष्ट्रपतिको निर्वाचनको बिन्दुसम्म आइपुग्दा त माओवादी केन्द्र दाउपेच, विश्वासघात र शक्ति केन्द्रहरूको दबाबसामु आत्मसमर्पणको तल्लो बिन्दुसम्म ओर्लियो । त्यस स्थितिमा हामी सरकारमा बसिरहन सक्ने अवस्था हुँदैनथ्यो । हामी सरकारबाट बाहिरियौं,’ पहिलोपटकको सत्ता समीकरण छाड्नुका कारण राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

पटक–पटकको राजनीतिक धोकापछि कांग्रेससँग मिल्नुको विकल्प नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ‘नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै संकट पार्ने स्थितिलाई बोध गर्दै हामी यसरी बढ्दै जाने र मुख्य राजनीतिक निष्कर्षमा आइपुगेका हौं,’ एमालेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ।

कांग्रेससँग मिलेर सरकार बनाएपछि अर्थतन्त्रमा सुधार आएको एमाले प्रतिवेदनमा उल्लेख छ । ‘यस अवधिमा मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै आएको छ । राजनीतिक स्थायित्वको सन्देश र बलियो सरकारको गठनसँगै निजी क्षेत्रमा विश्वास अभिवृद्धि भएको छ । वर्तमान सरकारले अर्थतन्त्रलाई ओरालो लाग्नबाट रोकेर क्रमशः सकारात्मक दिशामा अगाडि बढाएको छ,’ प्रतिवेदनमा भनिएको छ । 

ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा राजस्व वृद्धि भएको, पुँजीबजारमा सकारात्मक सुधार हुँदै गएको विषयलाई अर्थतन्त्र सुधारको सूचकका रुपमा उल्लेख गरिएको छ । ‘पुँजीबजारमा सकारात्मक सुधार हुँदै आएको छ । गत वर्षको यसै अवधिको तुलनामा राजस्व वृद्धि भएको छ, निर्यात तथा आयातमा सुधार भएको छ र पुँजीगत खर्चमा वृद्धि भएको छ । पहिलोपल्ट नेपालको सार्वभौम क्रेडिट रेटिङ सम्पन्न भएको छ र नेपालले दक्षिण एसियामा भारतपछिको दोस्रो स्थान सुरक्षित गरेको छ,’ राजनीतिक प्रतिवेदनमा भनिएको छ । 

अध्यक्षको प्रतिवेदनमाथि २७ केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय दिइएको छ । 

भीम रावललाई कारबाहीबारे– विष लागेको औंला झर्छ
बैठकमा हालै नेता भीम रावललाई गरिएको कारबाहीमाथि केन्द्रीय सदस्यद्वय प्रकाश शाह र झपटबहादुर रावलले विरोध जनाएका छन् । एमालेको पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाटै निकाला गर्दै विन्दा पाण्डे र उषाकिरण तिम्सेनलाई छ महिनाका लागि निलम्बनको निर्णय गरेको थियो । शाह र रावलको विरोधको बावजुद् उक्त निर्णय आइतबार केन्द्रीय समिति बैठकबाट अनुमोदन भएको छ ।

ओलीको राजनीतिक प्रतिवेदनमा रावललाई विष लागेको औंलाको रुपमा चित्रण गरिएको छ । ‘जुन औंलामा विष लागेको छ, त्यही औंला झर्ने हो । विषाक्त औंलालाई जोगाउन सिँगै हात र कहिलेकाहीँ त पूरै शरीरको बलिदान दिन सकिँदैन । हामीले यही गर्दै आएका छौं र भोलि पनि यही गर्नेछौं ।’
 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की
राप्रपाकाे चियापानमा पुगिन् प्रधानमन्त्री कार्की आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता
विशेष महाधिवेशनमा दिउँसोसम्म एक हजार तीन सय २७ सहभागीद्वारा नाम दर्ता आइतबार, पुस २७, २०८२
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन
 नेपाली कांग्रेस महाधिवेशन : गगन र विश्वले गरे उद्घाटन आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु
विशेष महाधिवेशनः सहभागी नाम दर्ता सुरु आइतबार, पुस २७, २०८२
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग
बन्दसूची अद्यावधिक गर्न रास्वपा टोली पुगे निर्वाचन आयोग आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु
नेपाली कांग्रेसकाे विशेष महाधिवेशन :बाजाबागासहित र्‍याली सुरु आइतबार, पुस २७, २०८२
विभाजनको डिलमा कांग्रेस
विभाजनको डिलमा कांग्रेस आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP