Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रगतको रेमिट्यान्समा रमाउने रहर
रगतको रेमिट्यान्समा रमाउने रहर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २२, २०८१

युद्धग्रस्त क्षेत्र रुसमा जोखिम मोलेर नेपालीहरु रुसी सेनामा भर्ती भइरहेका छन् । युक्रेनसँगको द्वन्द्वका कारण प्रायः यहाँबाट अशुभ खबर आइरहेको जगजाहेर छ । देशमा रोजगारी नभएपछि ऋण तिर्नका लागि ज्यान जोखिममा राखेर दोस्रो मुलुक हुँदै नेपाली युवाहरु युद्धग्रस्त मुलुकमा जाने गर्छन् । ‘कि गर, कि मर’ भन्ने उक्ति यतिबेला नेपाली युवाहरुका लागि बनेको जस्तै भएको छ ।

यस्तो बेला नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जोखिमको भुंग्रोमा युवालाई नपठाउन विशेष प्याकेज ल्याउनुपर्ने थियो । तर, एनआरएनएले नै यहाँ युवाहरुलाई पठाउन अस्वाभाविक चासो दिन थालेको देखिन्छ । एनआरएनएका अध्यक्ष बद्री केसीले नै भेटेर ज्ञापनपत्र बुझाउँदै श्रम स्वीकृति खुलाउन गरिएको ‘लबिइङ’ राम्रो मान्न सकिन्न ।

अझ श्रममन्त्री शरतसिंह भण्डारीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर जग हँसाउने काम गरेका छन् । ४० भन्दा बढी नेपाली युवाले युद्धमा आफ्नो ज्यान गुमाइसकेको रुसमा श्रम स्वीकृति खुलाउन खासै धेरै समस्या नभएको मन्त्री भण्डारीले बताएका छन् । उनले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी छिट्टै श्रम स्वीकृति खुला गर्नेसमेत बताएका छन् ।

Hardik health

युद्धग्रस्त क्षेत्रमा श्रम स्वीकृति रोक्नुपर्ने भन्दै गत वर्षको पुस १९ गते सरकारले रुसमा श्रमिक पठाउन रोक्का गरेको थियो । सुरक्षा चुनौती रहेको क्षेत्रमा यसअघि भिजिट भिसामा र अवैध मार्ग हुँदै गएको भेटिएको थियो । रुसमा जाने युवाको लर्को बढेपछि म्यानपावर व्यवसायीको लबिइङमा एकपटक श्रम स्वीकृति खुलेको थियो । पछि असुरक्षित गन्तव्य भन्दै यहाँको श्रम स्वीकृति रोक्का गरिएको थियो ।

श्रम स्वीकृति रोक्का गरेको वर्ष दिन बित्नासाथ पुनः श्रम स्वीकृति खुला गराउन बिचौलियासमेत लागेको देखिन्छ । पैसा कमाइन्छ भनेर द्वन्द्वग्रस्त क्षेत्रमा पुग्नु नेपालीका लागि बाध्यता बनेको छ । यसैले पनि अवैध मार्गबाट जानेको संख्या पनि छ । तर यसो हुँदाहुँदै सरकारले जानीजानी यस्तो जोखिममा धकेल्नु कदापि सही निर्णय हुन्न । कुनै बिचौलियाको लहैलहैमा लागेर रगतको रेमिट्यान्समा सरकारले ¥याल चुहाउन हुन्न ।

यस्ता विषयमा सरकार चनाखो होस् । बरु जो रसिया जान चाहन्छन् ती युवालाई रोजगारीको व्यवस्थाका लागि कार्यक्रमहरु तय गरियोस् । युवा बेचेर सत्ताको सौदाबाजी नगरियोस् । यो वर्तमान, भविष्यदेखि कुनै पिढीलाई फलदायी हुन्न । 
 


प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP