Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • वामपन्थ त्याग्नेहरू: केशरजंगदेखि भीम रावलसम्म
वामपन्थ त्याग्नेहरू: केशरजंगदेखि भीम रावलसम्म
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस २१, २०८१

 

अब यो देशलाई निकास दिन सबै खालका विचारधाराबाट प्रभावित जनतालाई अटाउने दल चाहिएको छ । त्यो भनेको राष्ट्रवादी धारको हुन्छ । उदारवादी हुन्छ । कम्युनिस्ट पार्टीले समेट्न सक्दैन ।
भीम रावल
पूर्वउपप्रधानमन्त्री

काठमाडौं– राजनीतिक जीवनको उत्तराद्र्धमा एकपछि अर्को कम्युनिस्ट नेताले विचार परिवर्तन गरेका छन् । दशकौं कम्युनिस्ट राजनीति गरेर अनेक लाभको पदमा पुगेकासम्मले अनपेक्षितरूपमा विचार परिवर्तन गरेका छन् । त्यस्तो नेताको सूचीमा पछिल्लोपटक थपिएका छन्, भीम रावल । २०३० सालदेखि कम्युनिस्ट राजनीति गरेका उनी उदारवादी धाराको गैरवामपन्थी दल स्थापना गर्न अघि बढेका छन् । स्थापना गर्न लागिएको नयाँ दललाई उनले भन्नचाहिँ राष्ट्रवादी दल हुने भनेका छन् । नयाँ दल कम्युनिस्ट नहुने उनले स्पष्ट पारिसकेका छन् । 

‘अब यो देशलाई निकास दिन सबै खालका विचारधाराबाट प्रभावित जनतालाई अटाउने दल चाहिएको छ,’ उनले प्रभावसँग भने, ‘त्यो भनेको राष्ट्रवादी धारको हुन्छ । उदारवादी हुन्छ । कम्युनिस्ट पार्टीले समेट्न सक्दैन ।’रावलले कम्युनिस्ट नेता राधाकृष्ण मैनालीबाट २०३२ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका हुन् । त्यसयता लगातार कम्युनिस्ट राजनीतिमा उनी क्रियाशील थिए । तर, एमालेको चितवनमा भएको १०औं महाधिवेशनपछि राजनीतिको डिलमा पुर्याइएका रावललाई हालै एमाले अध्यक्ष केपी शर्मा ओलीले साधारण सदस्यतासमेत नरहनेगरी कारबाही गरेर हटाएको छ । त्यसपछि रावल कम्युनिस्ट धारबाट अलग हुने भएका छन् ।

Hardik health

२०४७ मा नेकपा एमाले बनेपछि उक्त दलको उपाध्यक्षसमेत भएका र पटक–पटक सोही दलबाट चुनाव जितेर उपप्रधान तथा गृह र रक्षासँगै पर्यटनमन्त्री भएको अनुभव उनीसँग छ । उनकै भनाइलाई आधार मान्ने हो भने सुदूरपश्चिममा नेकपा एमालेको संगठन विस्तार गर्ने नेताको श्रेय उनैलाई जान्छ । तर, पार्टीबाट हटाएपछि रावलले कम्युनिस्ट विचारधारा पनि मन र मस्तिष्कबाट हटाउने भएका छन् ।

यसअघि २०७२ को असोज ३ गते संविधान जारी भएपछि डा. बाबुराम भट्टराई माओवादी पार्टी छाडेर अलग भए । त्यसबेलै उनले माओवादमात्रै होइन, वामपन्थ नै त्यागे । तर, समाजवादलाई भने उनले अँगाले । डा. भट्टराईले चार दशक लामो समय कम्युनिस्ट राजनीति गरेका थिए । जीवनको जोखिम रहेको १० वर्षे सशस्त्र युद्धको नेतृत्वमा रहे । तत्कालीन युद्धको एउटा पक्ष माओवादीको तर्फबाट वार्ता समिति संयोजक पटक–पटक भएर नेपालको शान्ति प्रक्रियामा महŒवपूर्ण योगदान दिए । गणतन्त्र नेपालको चौथो (पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल)पछि प्रधानमन्त्री भए । सामाजिक न्यायको क्षेत्रमा काम गर्ने प्रयास गरे । उनै पूर्वप्रधानमन्त्री डा. भट्टराईले राजनीतिक जीवनको झण्डै आधा शताब्दीपछि भने विचार परिवर्तन गरे । 

हजारौं श्रमजीवी र मजदुर वर्गलाई माओवादी युद्धमा समाहित गराएका उनले अन्ततः वामपन्थ त्यागे । यद्यपि, समाजवाद स्थापनाको मार्ग भने उनी भरपर्दा यात्री देखिएका छन् । 
उनीभन्दा अघि वामपन्थ त्याग्ने नेता थिए, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव । यादवले २०६३ को अन्तरिम संविधानमा संघीयता शब्द उल्लेख नगरिएपछि तराई मधेसमा मधेसी जनअधिकार फोरम गठन गरेर आन्दोलन गरे । पहिले एमाले र पछि माओवादी राजनीति गरेर कम्युनिस्ट कित्तामा उभिएका यादव २०६३ पछि विचार परिवर्तन गरेर अघि बढे । उनले पनि समाजवादलाई अन्तिम लक्ष्य बनाएका छन् । 

पञ्चायती व्यवस्था हुँदासम्म दरबारसँग नजिक हुने र राजनीतिक शक्ति र अवसर दुवै प्राप्तिका लागि विचार परिवर्तन गर्ने प्रचलन थियो तर आजकालचाहिँ पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने चलन नै देखियो ।
प्रा.कृष्ण पोखरेल
राजनीतिशास्त्री

राजनीतिक विश्लेषक भीम भुर्तेलका अनुसार त्यसअघि ३० को दशकतिर डा. केशरजंग रायमाझीले पनि वामपन्थ त्यागे । पञ्चायतलाई समर्थन गर्दै उनी दरबार पसे । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसँगै तुलसीलाल अमात्य, मनमोहन अधिकारीलगायत नेताको हाराहारीमा रायमाझी थिए । तर, उनले विचार परिवर्तन गरेर राजानिकट भएको भुर्तेल बताउँछन् । 


पूर्वप्रधानमन्त्री डा. तुलसी गिरी पनि राजनीतिक जीवनको प्रारम्भमा कम्युनिस्ट राजनीतिमा क्रियाशील थिए । तर, १ पुस २०१७ सालमा राजनीतिक परिवर्तन (कू) हुँदा उनी राजा महेन्द्रको सल्लाहकार थिए । त्यस दिनको घटनासँगै उनी पनि वामपन्थ त्यागेर पञ्चायततिर लागेको इतिहास छ । उसो त पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला पनि राजनीतिक जीवनको सुरुमा कम्युनिस्ट थिए । अन्ततः उनले पनि राजनीतिक विचार परिवर्तन गरे । उनी नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील भए ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल कोहीले अवसर त कोहीले पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने गरेको पाइएको बताउँछन् । ‘पञ्चायती व्यवस्था हुँदासम्म दरबारसँग नजिक हुने र राजनीतिक शक्ति र अवसर दुवै प्राप्तिका लागि विचार परिवर्तन गर्ने प्रचलन थियो तर आजकालचाहिँ पार्टीबाट किनाराकृत हुँदा विचार परिवर्तन गर्ने चलन नै देखियो,’ उनले भने । उनका अनुसार यसरी लामो समय एउटा विचार बोकेर जनतालाई प्रभावित पार्ने तर अन्तिममा त्याग्नुले त्यस्ता राजनीतिक नेतृत्व कति वैचारिक इमान्दारी भन्ने प्रश्न उठेको छ । 


प्रकाशित मिति: आइतबार, पुस २१, २०८१  ११:००
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP