Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #कमेडी शो
  • #The Fun२sss Show
  • #फ्रेन्च_फ्राइज
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #सुनचाँदी
  • #विश्व_सहरीकरण_दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिक व्यापार बन्द होस्
राजनीतिक व्यापार बन्द होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १७, २०८१

नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई हेर्ने हो भने राजनीतिले आफ्नो मार्ग छाडेको जस्तो देखिन्छ । विचार, सिद्धान्तलाई पाखा लगाउँदै सत्ता र पद लोलुपतामा दलका नेतृत्वहरु देखिएका छन् । १०४ वर्षीय राणा शासनको अन्त्य गर्दै २००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालमा खोसियो । २०१७ पुस १ गते प्रजातन्त्र खोसिएसँगै ३० वर्षसम्म निरंकुश पञ्चायती शासन चलिरह्यो । त्यस अवधिमा नेपाली राजनीतिले तत्कालीन व्यवस्थाको नीति परिवर्तन गरी जनताको शासनसत्ता प्राप्तिका लागि संघर्ष ग¥यो फलस्वरुप शासन व्यवस्था परिवर्तन भयो ।

त्यसका लागि राजनीतिक दलहरुले निकै नै कष्ट खेप्नुपरेको कुरालाई नकार्न सकिँदैन । बहुदलीय प्रजातन्त्रसँगै मौलाएको राजनीतिक दलहरु लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा आफ्नो सिद्धान्त, लक्ष्य र विचारहरुमाथि नै घात गरेर सत्ताको स्वाद चाख्न पुगे । देशका कुनै पनि पार्टीले जनताका लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेस केन्द्रित दलहरु हुँदै पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई स्थापित त गराए । तर जनतालाई स्थापित गराउन सकेनन् । बरु युवाहरुलाई विदेश विस्थापित गरिदिए । 

जब जनतालाई राजनीतिक दलले बेवास्ता गरिदिन्छ । त्यसको नतिजा राजनीतिक सदाका लागि समाप्त हुनसक्छ । जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्यमाथि प्रश्न उठिनै रहन्छ । त्यसैको फलस्वरुप स्थानीय तहको निर्वाचनमा बालेन्द्र साह, हर्क साङपाङ बहुदलीय व्यवस्थालाई चुनौती दिँदै निर्वाचित भएको मान्न सकिन्छ । पुरानो दल कांग्रेस एमालेमात्र होइन सशस्त्र द्वन्द्वबाट सत्तामा पुगेको माओवादीभित्र पनि राजनीति विचारभन्दा पद, पैसा र शक्तिमा नै अल्मलियो । राजनीति राष्ट्र र जनताको हितका लागि भन्दा लगानीविनाको व्यापार बन्न थाल्यो ।

Hardik health

राजनीति जनताका लागि नभई व्यक्तिका लागिमात्र भयो । जनता र राजनीतिक दलको सम्बन्धमा सधैं सुमधुर र प्रगाढ हँुदै जानुको साटो झन् बिग्रँदै गइरहेको छ । आस्था र विचार वोकेर वर्षौं संघर्ष गरेका राजनीतिज्ञहरुलाई पाखा लगाएर पैसाका भरमा सत्तामा व्यापारीहरुलाई हुलियो । राजनीतिक दलको नेतृत्व राजनीतिभन्दा बढी राजनीतिक व्यापारीका रुपमा परिणत भए भने व्यापारीहरु सत्ताको साँचो हातमा लिएर राजनीतिज्ञ बने । घराना व्यापारी विनोद चौधरीदेखि मोतीलाल दुगडसम्मले राजनीतिक हैसियत बनाए । अर्थात् व्यापारीहरुले राजनीतिज्ञ खरिद गर्न सफल भए । नेपालको राजनीति व्यापार बन्दै गइरहेको छ । मौलाउँदै गइरहेको राजनीतिक व्यापार चाँडै नै अन्त्य होस् ।
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
पुराना दलले देखाएनन् सुध्रिने छाँट 
पुराना दलले देखाएनन् सुध्रिने छाँट  बिहीबार, कात्तिक २०, २०८२
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती
प्रतिशोध साँधेर राजदूत फिर्तीमा बलजफ्ती बुधबार, कात्तिक १९, २०८२
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल
बक्यौता नतिरेका उद्योगीसँग सरकारको सकारात्मक पहल मंगलबार, कात्तिक १८, २०८२
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर
बञ्‍चरेडाँडावासीको पीडालाई तत्काल सम्बोधन गर आइतबार, कात्तिक १६, २०८२
सिण्डिकेट भित्रिन नदेऊ
सिण्डिकेट भित्रिन नदेऊ शुक्रबार, कात्तिक १४, २०८२
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम
निर्वाचनतर्फको वातावरण बनाउन स्वागतयोग्य कदम बिहीबार, कात्तिक १३, २०८२
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं
आकस्मिक वर्षा र हिमपातको जोखिमबाट बचौं बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP