Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • राजनीतिक व्यापार बन्द होस्
राजनीतिक व्यापार बन्द होस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, पुस १७, २०८१

नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई हेर्ने हो भने राजनीतिले आफ्नो मार्ग छाडेको जस्तो देखिन्छ । विचार, सिद्धान्तलाई पाखा लगाउँदै सत्ता र पद लोलुपतामा दलका नेतृत्वहरु देखिएका छन् । १०४ वर्षीय राणा शासनको अन्त्य गर्दै २००७ सालमा प्राप्त प्रजातन्त्र २०१७ सालमा खोसियो । २०१७ पुस १ गते प्रजातन्त्र खोसिएसँगै ३० वर्षसम्म निरंकुश पञ्चायती शासन चलिरह्यो । त्यस अवधिमा नेपाली राजनीतिले तत्कालीन व्यवस्थाको नीति परिवर्तन गरी जनताको शासनसत्ता प्राप्तिका लागि संघर्ष ग¥यो फलस्वरुप शासन व्यवस्था परिवर्तन भयो ।

त्यसका लागि राजनीतिक दलहरुले निकै नै कष्ट खेप्नुपरेको कुरालाई नकार्न सकिँदैन । बहुदलीय प्रजातन्त्रसँगै मौलाएको राजनीतिक दलहरु लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा आफ्नो सिद्धान्त, लक्ष्य र विचारहरुमाथि नै घात गरेर सत्ताको स्वाद चाख्न पुगे । देशका कुनै पनि पार्टीले जनताका लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम मानिन्छ । अहिले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, मधेस केन्द्रित दलहरु हुँदै पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले आफूलाई स्थापित त गराए । तर जनतालाई स्थापित गराउन सकेनन् । बरु युवाहरुलाई विदेश विस्थापित गरिदिए । 

जब जनतालाई राजनीतिक दलले बेवास्ता गरिदिन्छ । त्यसको नतिजा राजनीतिक सदाका लागि समाप्त हुनसक्छ । जनताको संघर्षको प्रतिफल दिन नसकेका राजनीतिक दलको औचित्यमाथि प्रश्न उठिनै रहन्छ । त्यसैको फलस्वरुप स्थानीय तहको निर्वाचनमा बालेन्द्र साह, हर्क साङपाङ बहुदलीय व्यवस्थालाई चुनौती दिँदै निर्वाचित भएको मान्न सकिन्छ । पुरानो दल कांग्रेस एमालेमात्र होइन सशस्त्र द्वन्द्वबाट सत्तामा पुगेको माओवादीभित्र पनि राजनीति विचारभन्दा पद, पैसा र शक्तिमा नै अल्मलियो । राजनीति राष्ट्र र जनताको हितका लागि भन्दा लगानीविनाको व्यापार बन्न थाल्यो ।

Hardik health

राजनीति जनताका लागि नभई व्यक्तिका लागिमात्र भयो । जनता र राजनीतिक दलको सम्बन्धमा सधैं सुमधुर र प्रगाढ हँुदै जानुको साटो झन् बिग्रँदै गइरहेको छ । आस्था र विचार वोकेर वर्षौं संघर्ष गरेका राजनीतिज्ञहरुलाई पाखा लगाएर पैसाका भरमा सत्तामा व्यापारीहरुलाई हुलियो । राजनीतिक दलको नेतृत्व राजनीतिभन्दा बढी राजनीतिक व्यापारीका रुपमा परिणत भए भने व्यापारीहरु सत्ताको साँचो हातमा लिएर राजनीतिज्ञ बने । घराना व्यापारी विनोद चौधरीदेखि मोतीलाल दुगडसम्मले राजनीतिक हैसियत बनाए । अर्थात् व्यापारीहरुले राजनीतिज्ञ खरिद गर्न सफल भए । नेपालको राजनीति व्यापार बन्दै गइरहेको छ । मौलाउँदै गइरहेको राजनीतिक व्यापार चाँडै नै अन्त्य होस् ।
 


प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP