Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
गरिब, दलित र असहाय बालबालिकाका लागि निःशुल्क आवासीय विद्यालय
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १५, २०८१

खोटाङ- जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेमा गरिब, दलित र असहाय बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय शिक्षाका लागि विद्यालय सञ्चालनमा ल्याइएको छ । पहिलो चरणमा गाउँपालिकाभरिका १९ जना बालबालिका भर्ना गरेर आवाससहितको निःशुल्क शिक्षा उपलब्ध गराउन काहुलेस्थित लक्ष्मी माध्यमिक विद्यालयलाई आवासीय विद्यालय बनाइएको हो । 

गाउँपालिकाभित्रका गरिब, दलित र असह्य बालबालिकालाई शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नदिन आवासीय विद्यालय सञ्चालन गरिएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’ले जानकारी दिए । “गरिब, दलित र असह्य बालबालिकाका लागि गाउँपालिकाका तर्फबाट खाना, खाजा, लत्ताकपडा र शैक्षिक सामग्रीसहित आवासको व्यवस्था मिलाएका छौँ । अब गाउँपालिकाभित्रका कुनै पनि बालबालिका शिक्षाको उज्यालो घामबाट वञ्चित हुनु पर्दैन”, उनले भने, “यसै शैक्षिकसत्रबाट सुरुआत गरिएको आवासीय शिक्षाका लागि यस वर्ष १९ जना बालबालिका भर्ना भएका छन् । आगामी दिनमा यसलाई बढाउँदै प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाइएको छ ।”

कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयमा सञ्चालन गरिएको आवाससहितको निःशुल्क शिक्षा कार्यक्रमका लागि दुईजना शिक्षक तथा एकजना कर्मचारी व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यालयमा खटिएका शिक्षक तथा कर्मचारीले चौबिसै घण्टा बालबालिकाको रेखदेख तथा अध्यापनको काम गर्ने गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए ।

Hardik health

तत्कालका लागि विद्यालयकै एउटा भवनमा सञ्चालित निःशुल्क आवासीय विद्यालय कार्यक्रमको औपचारिक उद्घाटन प्रतिनिधिसभा सदस्य एवम् कोशी प्रदेश सरकारका पूर्वऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री रामकुमार राई ‘पासाङ’ले गर्नुभयो । गाउँपालिकाको लगानीमा गरिब, दलित र असह्य बालबालिकालाई लक्षित गरेर निःशुल्क आवासीय विद्यालय सञ्चालन भएपछि खर्च अभावका कारण पढाइ छाड्नुपर्ने अवस्थाका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ । 

पहिलो चरणमा कक्षा १ देखि १० सम्म सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रमलाई प्रभावकारिताका आधारमा थप गर्ने योजना बनाइएको गाउँपालिकाले जनाएको छ । शैक्षिकसत्रको सुरुबाटै सञ्चालन गरिएको निःशुल्क आवासीय शिक्षा कार्यक्रममा १५ जना छात्र र चारजना छात्रा सहभागी भएका छन् । आवासीय विद्यालयमा अध्ययन गर्न चाहने अन्य विद्यार्थीले वार्षिक रु ४० हजार उपलब्ध गराएको खण्डमा उनीहरूलाई समेत भर्ना गरेर सहभागी गराउन सकिने गाउँपालिकाले जनाएको छ । विसं २०१४ मा स्थापना भएको उक्त विद्यालयमा दुई सय ६५ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक कृष्णबहादुर राईले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका नेता राईले मुलुकको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयहरूलाई आवासीय विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । “नेपाल सरकारको ठूलो लगानी रहेको सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर खस्कँदो अवस्थामा छ । ग्रामीण भेगका धेरै विद्यालय विद्यार्थीको पहुँचभन्दा टाढा छन्”, उनले भने, “विद्यालय टाढा भएकै कारण कतिपय विद्यार्थीले आफ्नो पढाइलाई निरन्तरता दिन पाएका छैनन् । अब बन्ने शिक्षा विधेयकमा सामुदायिक विद्यालयहरू आवासीय बनाउने नीति ल्याउन जरुरी छ ।” 

प्रतिनिधिसभामा विचाराधीन अवस्थामा रहेको शिक्षा विधेयकमा आफूले सामुदायिक विद्यालयलाई पूर्ण आवासीय बनाउनुपर्ने प्रस्तावसमेत पेस गरेको सदस्य राईले जानकारी दिए। सामुदायिक विद्यालयमा राज्यको यति ठूलो लगानी भएर पनि खस्कँदै गएको शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि वर्तमान सरकारले बेलैमा ध्यान दिनुपर्नेमा सदस्य राईले जोड दिए । 

उद्घाटन कार्यक्रमलाई पूर्ववन तथा वातावरण राज्यमन्त्री शिवकुमार बस्नेत, प्रदेशसभा सदस्य एवम् सार्वजनिक लेखा समितिका सभापति राजन किराती ‘बासु’ लगायतले सम्बोधन गरेका थिए । जिल्लाको दक्षिण क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले काहुलेमा सञ्चालन गरेको निःशुल्क आवासीय शिक्षा कार्यक्रम जिल्लामै पहिलो हो ।   शिक्षा क्षेत्रको सुधारमा लागिपरेको उक्त गाउँपालिकाले दुई वर्षदेखि छजना छात्रछात्रालाई बाली विज्ञान विषयमा अध्यापन गराइरहेको छ । आफ्नो अध्ययन पूरा गरेपछि गाउँपालिकामै फर्किएर काम गर्ने सर्तमा छजना छात्रछात्रालाई छात्रवृत्ति उपलब्ध गराइएको गाउँपालिका प्रमुख राईले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण
मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण बिहीबार, माघ ८, २०८२
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP