Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #नेत्रज्योति दिवस
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘चमत्कारी’ बालेन 
‘चमत्कारी’ बालेन 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस १५, २०८१

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह साँच्चै नै चमत्कारी नै छन् । बहुदलीय प्रजातन्त्रको अभ्यासमा पनि काठमाडौं जस्तो राजनीतिको चरम भड्खालोमा स्वतन्त्ररुपमा निर्वाचित भइदिए । आफूलाई ठूलो दल भन्नेहरुको हैसियत देखाइदिन जनताले पनि युवा पुस्तालाई रोजे । जसको परिणाम बालेनको रजगज काठमाडौंमा अहिले चलिरहेको छ ।

मुलुकको प्रधानमन्त्री र एउटा स्थानीय तहको मेयर बालेनबीच टकराव हुन्छ सामाजिक सञ्जालमा । तिनै प्रधानमन्त्रीको दलबाट उपप्रमुखसहित धेरै वडाध्यक्षहरु बालेनको नेतृत्वका काम गरिरहेका छन् । तर ती सबैलाई निरीह बनाउन सफल भएका छन् बालेन । त्यसकारण पनि उनी चमत्कारी देखिएका हुन् ।  काठमाडौ महानगरपालिकाको मेयर बालेन (निर्दल) एकातिर र कांग्रेस–एमालेबाट निर्वाचित भएका जनप्रतिनिधि (बहुदलीय) अर्को तिर हुन्छन् भन्ने धेरैको अनुमानलाई बालेनले विफल नै बनाइदिएका छन् । 

चाहे त्यो कार्यपालिका बैठकमा होस् वा नगरसभा बैठकदेखि १६औं अधिवेशनसम्ममा पनि बालेनले दलबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई निरीह जनप्रतिनिधिका रुपमा प्रमाणित नै गरिदिएका छन् । महानगरपालिकाको उपमेयरदेखि अन्य जनप्रतिनिधिहरुलाई बालेनले यसरी निरीह बनाइदिए कि बालेनले जे जस्तो प्रस्ताव राखे पनि मौनरुपमा सर्वसम्मत निर्णय हुने गरेको छ । त्यस्तो चमत्कारी काम गर्नका लागि मेयर बालेनको महत्वपूर्ण कडी भनेको उनले बैठकलाई सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्नु नै हो । 

Hardik health

हुन महानगरपालिकाले बैठकमा उठाएका विषयहरु आमनागरिकसमक्ष पारदर्शीरुपमा प्रस्तुत गर्नका लागि प्रत्यक्ष प्रसारण महŒवपूर्ण हुने भए पनि अन्य जनप्रतिनिधि भो, बाहिर चर्का कुरा गरे पनि नगरसभा वा कार्यपालिका बैठकमा भने टुलुटुलु हेरेर ताली ठोक्ने काममात्र गर्दै आइरहेको देखिन्छ ।

आइतबार काठमाडौं महानगरपालिकाले १६औं अधिवेशन करिब डेढ घण्टामा सकियो । विगतको अभ्यासलाई हेर्ने हो भने पनि अधिवेशनमा विभिन्न प्रस्तावहरु छलफलपश्चात् स्वीकृत हुने गर्दथ्यो  । तर १६औं अधिवेशन भने ऐतिहासिक भएको देखिन्छ । नगरसभा सदस्यहरुले अधिवेशनमा संशोधनका लागि प्रस्तावित विषयहरुमा आफ्नो भनाइ राख्ने काम गरेपछि विनासंशोधन नै पास भएको जस्तो देखियो ।

मेयर बालेनले प्रस्ताव पेश गरे । बजेटको संशोधिन विषय उपमेयरले बढेर सुनाइन् । अधिवेशनको अध्यक्षसमेत रहेका बालेनले प्रस्ताव स्वीकृतिका लागि नियमानुसार हुन्छ, हुन्न र तटस्थ भनेर सोधे । हुन्छ, हुन्न। तटस्था कुनैमा पनि आवाज आएन । तर मेयर बालेन सम्पूर्ण प्रस्तावहरु भारी मतले हुन्छ भन्ने आएकाले प्रस्ताव स्वीकृत भएको घोषणा गरे । अनि सभा विसर्जन गरेर फुत्तै निस्किए । 

न नगरसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ मेयरले दिए, न जनप्रतिनिधिहरुले आफ्ना मेयरसँग दोहोरो सम्वाद नै गर्न पाए । २६ अर्ब रुपैयाँको बजेट भएको काठमाडौं महानगरपालिकाको संशोधित बजेट विनाछलफल नै बालेनले नगरसभाबाट पास गराइदिए जादूको छडीजस्तै । त्यसैले त बालेन चमत्कारी बालेनका रुपमा स्थापित बने ।
 


प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर
गृहमन्त्रीलाई उपहार र स्वकीयलाई जागिर सोमबार, चैत २, २०८२
लोकप्रिय
  • Week
  • Month
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
विश्व क्षयरोग दिवस: नेपालको अवस्था 
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP