Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #एफडब्लुएलडी
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
  • #एमालेको महाधिवेशन
Search Here
विचार
  • Home
  • विचार
  •  इतिहास अध्ययनको शैली र प्रवृत्ति
 इतिहास अध्ययनको शैली र प्रवृत्ति
यामबहादुर थापामगर
यामबहादुर थापामगर आइतबार, पुस १४, २०८१

मानव प्राणी जगत्मा पशुभन्दा अलग हो र पृथक हुन्छ । तर मानव विकासमा आधारभूत गास, बास र कपासका साथै आय, आर्थिक वृद्धि, आर्थिक विकासको साथै औसत आयुलाई जीवनशैली मापनअनुसार दीर्घजीवन हुनेगरी सापेक्ष रुपमा बढाउन चाहेको हुन्छ । विकासको परिभाषा अहिले बहुआयामिक अर्थमा परिभाषित हुन थालेको छ ।

मानिस निरन्तर खोज अनुसन्धानमा लागिरहने प्राणी भएकाले खोजको क्षेत्र अनुकरणीय रहेको छ । सुख र आनन्द प्राप्तिको खोजीमा लागिरहने मानव कुनै खोज र विकास विनाश तथा सर्वनाशको प्रबल जोखिममा विश्वलाई मानवले नै विकासका नाममा निर्माण गरेको अणुबम, एटमबमको तीव्र विकासले पृथ्वीलाई दर्जनौँपटक क्षति गर्नसक्ने प्रविधिको सञ्चित गरेर राखेको छ । सकारात्मक सोच र शैलीको विकासका लागि अभियान चलाउँदै गर्दा समेत स्वचालित रुपमा नकारात्मक सोच र शैलीको दबदबा मानव जीवनमा निरन्तर आइरहेको छ । 

मानव जातिमा घटेका घटनाहरुको वैज्ञानिक कथन नै इतिहास हो । मानव वर्तमानमा रहन्छ र उसले भविष्यका लागि योजना तर्जुमा गरी अध्याँरोबाट उज्यालोतिर लम्कन्नका लागि प्रत्यन रहने गरी क्रियाशील रहन खोजेको मानवले जानेर वा नजानेर इतिहास निर्माण गरिरहेको हुन्छ । बोधगम्य र अबोध घटनाहरु श्रृङखलामा नरहेको भए पनि मानिसका लागि इतिहास रहेको हुन्छ । इतिहासले संसारमा भएका घटनाहरु जान्न सहयोग गर्दछ । इतिहास सामूहिक अनुभवहरुको स्रोत हो । कतिपयले इतिहास एक प्रकारको जितको परिणाम आउने प्रयोगशाला पनि भन्ने गर्दछन् ।  हारको परिघटनाहरुको समेत थोरै मात्रामा लेखन र अभिलेखीकरण तरिकाले व्यवस्थापन गरिएको हुन्छ । इतिहासले मानिसलाई समाजहरु बुझ्न गर्दछ । 

इतिहास हरेक मानवका लागि प्ररेणाको स्रोत हुन सक्दछ । संसारमा भएका विभिन्न प्रकारका वैज्ञानिक तवरले प्रमाणित संस्कृतिहरु चिन्ने र बुझ्ने हुँदा यसबाट दैनिक जीवनमा अवलम्बन गर्ने आधारहरु प्राप्त हुन्छ । इतिहास दोहोरिन्छ भन्ने मान्यता बमोजिम बुद्धिमानीपूर्वक अवसर र मौकालाई छनोट गर्न अनुमति दिई प्रगतिशील अग्रगामी निर्णय गर्न सहयोग गर्दछ । यसले विभिन्न कालखण्डमा भएका परिर्वतन बुझ्न सघाउँदै नवीन परिवेशको वातावरण अनुकूल हुने गरी समायानुकल गराउँछ । विगतमा समाजभित्र भएका हत्या, आतङ्क, चोरी, डकैती, पाशविक घटनाहरुलाई तिलाञ्जलि दिदै नैतिक जिम्मेवारी अभिवृद्धि गरी सभ्य समाज निर्माण गर्नमा सहयोग गर्दछ । 

Hardik health

शिक्षित समाजमा कि अशिक्षित समाजमा जीवनयापन गरेको छ भन्ने बारेमा निर्धारण र छनक प्रदान गरि असल र खराबको पहिचान बनाउन पनि इतिहासको अध्ययनबाट थाहा हुन्छ । मानिसको व्यक्तित्व विकासका लागि बहुआयामिक क्षेत्रमा पहुँच बढाउन लागि क्षमता विकास गर्ने आधारहरु प्रशस्त मात्रामा इतिहासले जगको रुपमा आधार प्रदान गर्दछ । इतिहास ज्ञान, विज्ञान, साहित्य, शिल्प र शास्त्रहरुको समग्र जग हो । इतिहासले कहिल्यै नदेखेको, नसुनेको, नछामेको र नछोएको कुराको बारेमा सोच्न सहज र सजिलो बनाई आत्मविश्वासका साथ विश्व बजारमा प्रतिस्पर्धा गर्न लायक क्षमता प्रदान गर्दछ । मानवमा कल्पनाशीलताको विकास र त्यसलाई सञ्चार गर्नसक्ने सीप तथा प्रविधिको विकासमा टेवा दिएको हुन्छ । 

शिक्षाबिनाको मानव अहिले कल्पनासमेत गर्न सकिदैन । ज्ञानबिनाको मानिस पशुसरह हुन्छ । विश्वव्यापीकरणको बढ्दो प्रभाव र प्रयोगले थोरै प्रयोगमा आउने भाषा, जातजातिलगायतका पहिचानको अस्तित्वमा दिन प्रतिदिन हस आएको छ । स्वचालित प्रणालीको विकासले मानवलाई इ–बुक, इ–लाइब्रेरी, डिजिटल विकासले मानवमा विगतका अभ्यासलाई परिष्कार गर्नमा दबाब दिएको छ । कृत्रिम बौद्धिकताको विकास, च्याट जिपिटी, मेटाफर्सलगायतको तीव्र विकासले मानवमा असामाजिकतातर्फ उन्मुख भएको त होइन भन्ने आभास पनि हुने गरेको छ ।

ज्ञान लिनका लागि निरन्तर रुपमा अरुभन्दा प्रतिस्पर्धामा अगाडि उभिनका लागि स्वचालित रुपमा लागेको पाउन सकिन्छ । मानव जाति आफूसँग भएको वस्तुमा सन्तोष मानेर वा थकाई मारेर विल्कुल बस्न जानेको छैन । त्यसैले वैज्ञानिक अनुसन्धानको लागि मानिस अतृप्त ज्ञानको लागि अध्ययन गर्ने शैलीमा गुगल सर्चको हाबी हुँदै गएको पाउन सकिन्छ । शिक्षाको सिकाइ जीवनपर्यन्त रुपमा सिकिरहने वातारण निर्माण गरी सोहीबमोजिम आधुनिक र समयानुकूल शैली खोजी र अनुसन्धानमा लाग्नमा लागि महत्वपूर्ण रहेको छ । 

आमसञ्चारमा सूचना र प्रविधिको विकासले छप्पक छोपेको समयमा अध्ययनशैलीलाई सकारात्मक सोचले ओतप्रोत बनाई समाज परिवर्तनका लागि आधारस्तम्भका रुपमा अगाडि बढाउन जरुरी छ । सूचना प्रवाहको बाढीले अनावश्यक योजनाविहीन सूचना र  जानकारीले ग्रस्त हुँदा भविष्यमा काम लाग्ने भन्दा सूचनाको फोहोर निर्माण भई त्यसको खाडलमा युवा जमात पर्न गएको छ । नकारात्मक प्रभाव र दबाब पार्ने शैलीमा भाइरल प्रवृत्तिका कारण गुणात्मक र ज्ञानबद्र्धक शिक्षाप्रद क्षेत्र ओझेलमा परेको हो कि भनेर समयसमयमा छलफल र अन्र्तक्रियाहरु पनि हुने गरेको छ । यसलाई विद्धत वर्गमा मात्र छलफल सीमित नराखी बस्ती बस्ती र जनजनको मष्तिकमा आभास दिलाउन जरुरी छ । 

संसारसहित ब्रहाण्डको छिटो र सरल तरिकाले जानकारी लिन मानिसलाई छिटो अवसर प्राप्त भएको छ । विश्वको बारेमा अध्ययन गर्न मानिसका लागि सानो हुन गएको छ । हिजोका दिनमा पाठशाला, कचहरी, धर्मशाला, विद्यालय, विश्वविद्यालयमा हुने शिक्षणका विधिमा समेत आजभोलि समाज कृत्रिम बौद्धिकताको प्रभाव र मेटार्फस विधिको उपयोग गर्नमा खोज अनुसन्धान र विकास विस्तारमा अहोरात्र लागेको छ ।

शिलालेख, मूर्ति निर्माण, पर्चा, पोष्टर, भित्तेपात्रो, आमसभा, हडताल, जुलुस, व्यानर, भित्तेलेखन, घुमन्ते गायकका माध्यमबाट समाजमा सूचना आदानप्रदान हुने गर्दथ्यो तर आज सामाजिक सञ्जालबिनाको प्रचारप्रसार र शिक्षाको प्रभावलाई सजिलो बनाई कम्प्युटर, ल्यापटप, मोबाइल, टयाब्लेटलगायतका सामग्रीबाट सहज रुपमा हासिल गर्न सकिन्छ । अहिले मानिसको रोजगारी खोस्ने र सिर्जनात्मक कार्यशैलीमा हस हुने गरी कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगले सिकाइलाई सर्वसुलभ बनाए पनि मानिसको दैनिक व्यवहारमा हुनु पर्ने क्रियाशीलतामा न्यूनीकरण भई नसर्ने रोगहरुको प्रभावमा मानिसहरु पर्ने गरेको छ । 

स्मरण शक्तिमा अनावश्यक सूचनाले तनावमा परी मानिस डिप्रेशनको शिकार हुने गरेको छ । उच्च मनोकाक्षा बढेर जाँदा जीवनमा सङ्र्घष र कठोरताको सामना गर्नुपर्छ भन्ने ज्ञानको भौतिक रुपमा मानव समाजको विकास गर्नबाट विमुख भएकाले आत्महत्याको दुरुत्साहनको सङ्ख्या दैनिक रुपमा बढेको देखिन्छ । आत्महत्याको बढ्दो प्रवृत्तिलाई न्यूनीकरण गर्न सूचना प्रविधिको विकासको सकारात्मक पक्षलाई जनजनमा अनुभूत गराउने अभियानको खाँचो छ । सूचना शक्तिको हो । सूचनाबिना विश्वको ज्ञान, अध्ययन गर्ने अर्को माध्यम छैन ।

तर साइबर अपराधको बढ्दो विकासले स्वच्छ वातावरणयुक्त मष्तिकलाई तनावतर्फ दोहो¥याउने विकृत सामग्रीहरु प्रविधिका माध्यमबाट सर्वसुलभ हातहातमा उपलब्ध भएको छ । यसले भोलिका कर्णधार बालबालिकादेखि र ऊर्जावान युवाका लागि विष पिए सरहको नोक्सानी गरेको छ । तसर्थ ज्ञानहरुलाई बैज्ञानिक तरिकाले संग्रह गरी भावी पुस्तालाई कुलत, कुरीति, कुचलन, कुसंस्कारबाट विमुख गराई समुन्नत र समृद्धितर्फ निरन्तर डो¥याउनुपर्ने अवस्था आएको छ । 

संसार सूचना र प्रविधिको विकासले ज्ञानमा आधारित समाज विश्वव्यापीकरण बनेको छ । सूचना प्रविधिमैत्री वातारण निर्माण गरी सहज र सङ्ग्रह गरी भावी पुस्ताका लागि सुमार्गमा डो¥याउनेतर्फ प्रयास हुनुपर्दछ । समाज विज्ञानका हरेक पक्षका सामाग्रीहरु जस्तै वातावरण, राजनैतिक, सामाजिक, भूगोल, गणित, विज्ञान, इतिहास, अर्थशास्त्र, व्यवस्थापन, साहित्य, भाषा, पत्रकारिता, कला, स्वास्थ्यलगायत पूर्वाधार विकासका लागि फराकिलो सोचका साथ गाउँ समाजमा नै बस्ने आधार निर्माण गर्न बहस र पैरवी चलाउन आवश्यक छ । हरेक मानिसले जीवनपर्यन्त सिकाइको शैली अनुशरण गर्ने संस्कार सुक्ष्मरुपमा भए पनि सुरुआत गर्न जरुरी छ । 


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
थप विचार
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास मंगलबार, मंसिर ९, २०८२
सुकी हजुर आमाको चिम्से नाति ! 
सुकी हजुर आमाको चिम्से नाति !  मंगलबार, मंसिर ९, २०८२
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध
कूटनीति र पर्यटनको अन्तरसम्बन्ध सोमबार, मंसिर ८, २०८२
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ? आइतबार, मंसिर ७, २०८२
कृषि कार्यक्रमलाई पालिका र विद्यालयसँग जोडौं
कृषि कार्यक्रमलाई पालिका र विद्यालयसँग जोडौं शुक्रबार, मंसिर ५, २०८२
निर्वाचनको सुनिश्‍चितताका लागि सरकार प्रतिबद्ध
निर्वाचनको सुनिश्‍चितताका लागि सरकार प्रतिबद्ध बिहीबार, मंसिर ४, २०८२
फाँसीमा हसिना ! हाम्रामा पसिना !
फाँसीमा हसिना ! हाम्रामा पसिना ! मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP