Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छः मुख्यमन्त्री लामा
सबैको सक्रियताले मात्र अर्थतन्त्र सबल बन्छः मुख्यमन्त्री लामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, पुस १३, २०८१

चितवन-  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सबै क्षैत्रको सहकार्य र सक्रियता आवश्यक रहेको बताएका छन्। चितवन उद्योग सङ्घको ३३औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले मुलुकको अर्थतन्त्र चलायमान बनाउन उद्योगधन्दा, व्यापार, व्यवसाय चलायमान हुनुपर्नेमा जोड दिए ।

उनले भने, “सबैको सहकार्य र सक्रियताबाट मात्रै देशको अर्थतन्त्र सुधार हुँदै जाने भएकाले विकास निर्माणलाई गति दिन सकिन्छ ।” कृषि क्षेत्रमा प्रभावकारी रूपमा लगानी गर्न नसक्दा अर्थतन्त्र धरासायी बन्दै गएको भन्दै मुख्यमन्त्री लामाले विद्यमान कानुनको सबै क्षेत्रबाट पालना हुनुपर्ने बताए । उनले भने, “सबै क्षेत्रको समानुपातिक सुधार गर्न कानुनको कार्यान्वयन प्रभावकारी हुनुपर्छ, कृषकका लागि छुट्याइएको बजेट वास्तविक कृषकले उपभोग गर्न पाउनुपर्छ ।”

युवा विदेशिने क्रम रोक्न प्रदेश सरकारले स्वरोजगारका अवसर सृजना, सीपमूलक तालिमलगायत क्षेत्रमा लगानी गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले उद्योग पुस्तान्तरणको समस्या अहिलेको जटिल समस्याका रूपमा रहेको उल्लेख गरे । “उद्योग, व्यवसाय नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा युवा विदेशिने क्रम नरोकिएकाले यो विषय जटिल बन्दै गएको छ । विदेश पलायनदर रोकेर नेपालमा स्वरोजगारमूलक काम गर्ने वातावरण बनाउन सबैको सक्रियता आवश्यक छ ।”

Hardik health

बागमती प्रदेशसभाका सांसद उत्तम जोशी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, नेपाल उद्योग परिसङ्घका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले वर्तमान सरकारले लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति लिन आवश्यक रहेकामा जोड दिनुभयो । उनीहरूले लगानीमैत्री वातावरण तयार गर्दै राज्यले युवा पुस्तालाई स्वदेशमा केही गर्न सकिन्छ भन्ने ऊर्जा प्रदान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरूले उद्योगलाई समयसापेक्ष रूपमा गतिशीलता प्रदान गरी सञ्चालन गर्न सक्ने वातावरण तयार गर्न सरकारसँग माग गरेको थियो ।

नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयोजक रामचन्द्र अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कृष्णप्रसाद भुसाल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जिल्ला अध्यक्ष रुद्र ढकाल, उद्योग सङ्घ चितवनका कार्यवाहक अध्यक्ष मदन घिमिरेलगायत वक्ताले उद्योग क्षेत्रको विकासका लागि सरकारले ठोस निर्णय लिन जरुरी रहेको बताएका थिए ।


प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’
पौवादुङमाको खुर्सानी खेती: बाह्य जिल्लाका किसानको ‘सिकाइ तथा अध्ययन केन्द्र’ सोमबार, कात्तिक ३, २०८२
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र
चार लाख ७१ हजार मेट्रिक टन रासायनिक मल आयात गर्न बोलपत्र सोमबार, कात्तिक ३, २०८२
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित
अलैँचीको मूल्य पाउँदा किसान उत्साहित सोमबार, कात्तिक ३, २०८२
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन
भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा छ करोड १० लाख संकलन आइतबार, कात्तिक २, २०८२
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत
श्रमदानमार्फत झोलुङ्गे पुल मर्मत आइतबार, कात्तिक २, २०८२
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी
व्यावसायिक एभोकाडोखेतीबाट मनग्य आम्दानी आइतबार, कात्तिक २, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP