Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ओलीको कैदमा लोकतन्त्र
ओलीको कैदमा लोकतन्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१

नेकपा एमाले नेपालको दोस्रो ठूलो दल हो । आफूलाई लोकतान्त्रिक मान्ने दलको नेतृत्वमा छन् केपी शर्मा ओली । २०७८ मा महाधिवेशन गरी दोस्रोपटक अध्यक्ष बनेका ओली आफ्नो पार्टी तहसनहस बन्दै जाँदा पनि थप स्वेच्छचारी बन्दै गएका छन् । हुन त ओलीले नेपाली कम्युनिस्ट पार्टीको इतिहास रच्ने कामसमेत गरे नेकपा गठन गरेर । यद्यपि नेकपा फुटेपछि ओली मैमत्त बन्न थाले । संविधानलाई बेवास्ता गर्दै आफू कमजोर बनेको झोंकमा प्रतिनिधिसभा विघटन गरे । पार्टी छाडेर एकीकृत समाजवादी गठन गरेका माधवकुमार नेपाल र झलनाथ खनाललाई पार्टीबाट निष्काशनसम्मको कारबाही गरे ।

त्यसपछि कमजोर मानिएको एमाले २०७९ को निर्वाचनमा भने कांग्रेस माओवादी गठबन्धनसँग एक्लै प्रतिस्पर्धामा उत्रियो । पार्टी फुटको चोटमा पनि एमाले दोस्रो पार्टी भने भयो । त्यतिबेला ओलीले भीम रावललाई नेतृत्वमा आफ्नो प्रतिस्पर्धी पाएको थियो । ओलीको एकल राज चल्दा रावलले एमालेको आन्तरिक लोकतन्त्र जोगाएका थिए । उनै रावललाई ओलीले पार्टीको संगठित सदस्यबाटै निष्कासन गरिदिएका छन् ।

रावललाई यसरी निष्कासन गर्नुको पछाडि विविध कारण होला, तर पछिल्लो कारण भने भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट कीर्तिपुरमा जग्गा दान पाउनु बन्यो । योे झोंकमा रावलमात्र परेनन् पार्टीका महिला नेताद्वय विन्दा पाण्डे र उषाकिरण तिम्सिना पनि परे । दुई महिला नेता छ महिनाका लागि पार्टीबाट निष्कासनमा परेका छन् ।

Hardik health

तीन नेतालाई कारबाही गर्ने मुख्य नेतृत्वकर्ता ओली हुन् । उनले कारबाहीको माइन्युट लेखाउँदा चुपचाप सुनिरहने स्थायी कमिटी सदस्यहरु पनि यस्तो स्वेच्छचारीको अनुमोदन गराउनेहरु हुन् । कुनै बेला फ्रान्सका राजा लुई चौधौं भन्ने गर्थे, ‘आइ एम दि स्टेट ।’ अर्थात् राज्य नै म हुँ । यही शैलीमा ओली एमालेमा मैमत्त अघि बढेका छन् । पार्टीमा लामो समय योगदान गरेका वामदेव गौतम अहिले राजनीतिक स्पेसको खोजीमा छन् । राधाकृष्ण मैनाली, सिपी मैनालीहरु ओलीकै कारण पार्टीको किनारामा परेका छन् ।

पार्टीलाई ओलीले पुँजीपतिहरुको हातमा सुम्पेसँगै दैनिकी चलाउन मुस्किल कर्याकर्ता छायामा परेका छन् ।आफूमाथि प्रश्न गर्नेलाई माथिका नेताहरुको हालत देखाउँदै नेताहरुलाई ओली सतर्क गराउँछन् । यसरी पार्टीभित्रको लोकतन्त्रलाई ओलीले कैद गर्न थालेका छन् । के एमाले यसरी नै चल्ने हो ? दोस्रो पुस्ताका नेताहरु बोल्न सुरु गरौं ।
 


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP