Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #भूमि विधेयक
  • #सवारी दुर्घटना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • रावलको सदस्यता खोसियो, पाण्डे र तिम्सिनाको जिम्मेवारी
तीन प्रतिपक्षीलाई ओलीको ‘क्रिसमस गिफ्ट’ रावलको सदस्यता खोसियो, पाण्डे र तिम्सिनाको जिम्मेवारी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, पुस ११, २०८१
  •  विरोध गर्नेको राजनीति सिध्याउने दिशामा ओली
  •  डा. भीम रावललाई पार्टीबाटै निष्कासन, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई छ महिना निलम्बन
  •  यसअघि लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी पनि निलम्बित
  •  पार्टी केन्द्रीय कार्यालय पार्टीले नै निर्माण गर्नुपर्छ, विवादित व्यवसायीबाट जग्गा लिने र उनैलाई बनाउन लगाउन दिनु गलत भनेको निहुँमा कारबाही

काठमाडौं– नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि विवादित व्यवसायी मिनबहादुर गुरुङबाट जग्गा लिन नहुने भन्दै प्रतिपक्षी भूमिकामा उभिएका तीन नेतामाथि कठोर कदम चालेको छ । आफैंले निर्माण गर्नुपर्छ भन्ने नेताहरूलाई एमालेले इसाइ धर्मावलम्बीहरुको चाड ‘क्रिसमस गिफ्ट’कै दिन कारबाही गरेको हो ।

बुधबार बसेको एमाले सचिवालयको बैठकले पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका नेता डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेको छ । सोही बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई छ महिनाका लागि निलम्बन गरेको छ । उनीहरूले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ ।

भीम रावलले पार्टी कमजोर बनाउने अभिव्यक्ति लगातार दिए, विन्दा पाण्डे र उषाकिरण तिम्सिनाले गल्ती रियलाइज नगर्दा कारबाही : प्रदीप ज्ञवाली

गत २६ असोजमा विवादित व्यवसायी (भाटभटेनी सुपरमार्केटका सञ्चालक) गुरुङले काठमाडौंको कीर्तिपुरमा एमाले पार्टी कार्यालय निर्माणका लागि जग्गा दिएपछि तीनै जना नेताले विरोध गरेका थिए । पार्टीको आधिकारिक निर्णय एमाले आफैंले केन्द्रीय कार्यालय निर्माण गर्ने भन्ने रहेको स्मरण गराएका थिए । उक्त निर्णयका आधारमा पार्टी कार्यालय कुनै अमुक व्यवसायीले होइन कि एमाले स्वयंले बनाउनुपर्छ भनेका थिए । 

यसलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले अनुशासनहीन अर्थमा बुझे । प्रधानमन्त्रीसमेत रहेका उनै अध्यक्ष ओलीको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले रावललाई निष्कासन र पाण्डे र तिम्सिनालाई निलम्बन गर्ने निर्णय गरेको हो । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट डा. रावललाई हटाउनुमा पार्टीलाई कमजोर बनाउनेगरी निरन्तर अभिव्यक्ति दिएकोलाई कारणको रूपमा स्पष्ट पारे । दिएको कुनै जिम्मेवारी पनि पूरा नगरेको उनको आरोप छ ।

‘क. भीम रावल पार्टी महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवार हुनुभयो । उपाध्यक्षका लागि आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनुभएपछि हाम्रो वैधानिक व्यवस्थाअनुसार सल्लाहकारमा रहनुभयो तर त्यो जिम्मेवारी पूरा गर्नुभएन,’ ज्ञवालीले बैठकपछि भने, ‘उहाँका अभिव्यक्तिहरू त पार्टीलाई निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले उहाँलाई संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरिएको छ ।’

केपी ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही र चरित्रको उपज निष्कासन: डा. भीम रावल


स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनाले भने पार्टी केन्द्रीय कार्यालय निर्माणको विरुद्धमा सार्वजनिकरूपमा टिप्पणी गरिएकोप्रति स्पष्टीकरण सोधिँदा गल्ती भएको भनेर ‘रियलाइज’ नगरेको ज्ञवालीले बताए । त्यही भएर दुई जनालाई नै पदीय जिम्मेवारीबाट निलम्बन गर्नुपरेको तर्क गरे । 

निष्कासनमा परेका नेता रावलले कारबाहीलाई अध्यक्ष ओलीको निरंकुश, स्वेच्छाचारी, तानाशाही र चरित्रको उपज भएको टिप्पणी गरे । ओलीले आफूलाई बाघ घोषित गर्दै सबैले ममाथि निष्ठा राख्नुपर्छ, कसैले सत्यतथ्य बोल्न पाइँदैन, जिल्ला नगरदेखि लिएर प्रदेशसम्मकै उम्मेदवार हुन चाहने वा पार्टीको नेता हुन चाहनेले माथिबाट तोकेअनुसार गर्नुपर्छ या कुनै कार्यकर्ताको स्वतन्त्र विवेक रहनु हुँदैन भन्दै ओली प्रवृत्तिले सिर्जित समस्या पनि भएको बताए । 

उनले प्रभावसँग भने, ‘मैले देशको पक्षमा, जनताको पक्षमा, पार्टीको घोषित नीतिको पक्षमा आवाज उठाउँदै, त्यसको विपरीत जानु हुँदैन, पार्टी भनेको संविधानमा टेकेर निश्चित विचारधारा, कार्यक्रम, नीति र दर्शनको आधारमा चल्नुपर्छ भन्दै आएँ । त्यसको उल्लंघन गर्न पाइँदैन । बाह्य शक्तिसामु लम्पसार पर्ने र निहीत स्वार्थका लागि राजनीतिलाई व्यवसाय बनाउने काम गर्नुहुँदैन भनेर आवाज उठाएँ । यो केपी ओलीका लागि असह्य हुँदै आएको थियो ।’ उनले पार्टीबाट हटाइए पनि आफू देश र जनताको हितमा राख्दै आएका अडानहरू र देशप्रतिको झण्डा बोकिरहने काममा अविचलित रहेको बताए ।

मैले जे भनेँ त्यसमा कुनै करेक्सन गर्नुपर्ने छैन, सत्य बोल्दा गल्ती बोलेछु भनेर रियलाइज गर्ने कुरा होइन र गर्दिनँः  डा. विन्दा पाण्डे

निलम्बित नेता डा. पाण्डेले त पार्टी कार्यालय एमाले आफैंले निर्माण गर्ने भन्दै पहिल्यै निर्णय गरेको अवस्थामा अब पनि एमाले नै निर्माण गर्नुपर्छ भन्दा गल्ती नहुने बताइन् । उनले गल्ती आफ्नो नभएपछि रियलाइज गर्नुपर्ने केही नभएको बताइन् । ‘मैले जे भनेँ त्यसमा कुनै करेक्सन गर्नुपर्ने छैन । सत्य बोल्दा गल्ती बोलेछु भनेर रियलाइज गर्ने कुरा होइन र गर्दिनँ,’ उनले भनिन् । 

केन्द्रीय सदस्य तिम्सिनाले त निरंकुश पञ्चायती शासन व्यवस्थाविरुद्ध लडेका नेतृत्वबाट त्यस्तै कदम चाल्नु स्वाभाविक मान्न नसकिएको प्रतिक्रिया दिइन् । उनले पार्टीमा लोकतन्त्र जीवित छ कि मर्यो ? प्रश्न गर्नुपर्ने अवस्था आएको बताइन् । पार्टी कार्यालयका लागि प्राप्त जग्गाकै विषयमा फरक मत राख्दा एमालेले गत ११ मंसिरमा लुम्बिनी प्रदेश सांसद दुर्गा चौधरीलाई पार्टी सदस्यबाट लिनम्बन गरेको थियो । पार्टीलाई हानि नोक्सानी पुर्याउने मनसाय राखेर गालीगलौज गर्ने, सामाजिक सञ्जालमा लेख्नेलगायत गतिविधि गरेको भन्दै चौधरीलाई निलम्बन गरिएको थियो । उनी बाँके–१ को (ख) बाट निर्वाचित भएका हुन् । उनी पूर्वमन्त्रीसमेत हुन् । तर, रावल, पाण्डे र तिम्सिनाले जसरी विरोध गर्दा उनी पनि निलम्बित हुनुपर्यो

 
एमालेले पछिल्ला दिनमा पार्टीमा फरक विचार राख्ने नेतालाई किनारा लगाउने अघोषित नीति लिएको राजनीतिक वृत्तमा चर्चा छ । नभन्दै सानातिना विषयमा नेताहरूमाथि अनुशासनको नाममा चलाइने डण्डाले त्यसलाई पुष्टि गर्ने देखिन्छ । फरक मतलाई अध्यक्ष ओलीले पूर्णतः निषेध गरेको एमालेकै एक केन्द्रीय सदस्यले बताए । ‘उहाँ (अध्यक्ष)को कुरामा विमति राखियो भने राजनीति सकियो भनेर बुझ्दा हुन्छ । त्यही भएर कि ढोगेर जिम्मेवारी लिने कि गलत कामै गरे पनि ठीक गर्नुभयो भनियो भने राजनीति जोगियो,’ ती नेताले बताए । उनका अनुसार पार्टीमा हुर्किएको यस्तो गलत प्रवृत्तिविरुद्ध बोल्न आँटिला नेता छैनन् । यसले एमालेमा लोकतन्त्र विस्थापित भएर ओलीतन्त्र स्थापित भएको उनको टिप्पणी छ ।


प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य
पूर्णछात्रावृत्तिमा आवास र पोशाक सुविधा निजीलाई अमान्य शुक्रबार, साउन ३०, २०८२
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय
बालेनका सल्लाहकार गिरीले थाले घरदैलो,  राप्रपाबाट प्रज्ज्वल बुवाको विरासत जोगाउन सक्रिय बिहीबार, साउन २९, २०८२
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर
८०० बिघा सार्वजनिक जग्गा हडप्नेहरू दोषी ठहर बिहीबार, साउन २९, २०८२
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई 
कसैलाई नी राजनीतिक प्रतिशोध नसाधिएको प्रधानमन्त्रीको भनाई  बुधबार, साउन २८, २०८२
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा
छानबिनबाट जिम्मेवार ठहरिएका खतिवडाले दिए राजीनामा बुधबार, साउन २८, २०८२
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन 
एसद्वारा जथाभावी अभिव्यक्ति नदिन निर्देशन  मंगलबार, साउन २७, २०८२
चार आधारले रवि थुनामै
चार आधारले रवि थुनामै मंगलबार, साउन २७, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP