Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • कूटनीतिमा ‘अपरिपक्व’ आरजु
कूटनीतिमा ‘अपरिपक्व’ आरजु
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ९, २०८१

परराष्ट्रमन्त्री आरजु राणा देउवाको अधिकांश समय विदेशमै बित्छ । परराष्ट्र सम्बन्ध सुधारका लागि विदेश तीर्थ जानुलाई स्वाभाविक मान्दै उनको प्रशंसासमेत हुन्छ । तर कांग्रेस–एमाले गठबन्धन सरकारको छिमेक सम्बन्ध भने अझै सुध्रिने छाँट देखिएन । यही सम्बन्ध सुधारका लागि आरजु गत बिहीबार जर्मनीबाट दक्षिणको छिमेकी मुलुक भारतको नयाँदिल्ली पुगेकी थिइन् । दिल्लीमा उनी पुग्नुको मुख्य उद्देश्य थियो– भारतलाई मनाउनु । तीन–तीन पटक निम्तो दिँदा पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बेवास्ता गरेपछि ‘अझै काम बनिहाल्छ कि !’ शैलीमा आरजु भारत पुगेकी थिइन् ।

तर यसपटक त आरजुलाई कसैले पत्याइदिएन । प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७–२० गतेको भ्रमणमा पनि आरजुलाई चीनले कुनै प्राथमिकता दिएको थिएन । त्यसपछि आरजु आफैं प्रधानमन्त्रीको भ्रमण तयारीका लागि भन्दै चीन पुगेकी थिइन् । जबकि, चीन भ्रमणको औपचारिक निम्तो आउने आशमा आरजुले त्यतिबेला जापान भ्रमणसमेत रद्द गराएकी थिइन् ।

अंग्रेजी वक्ताका रुपमा केही कांग्रेसीले आरजुको प्रशंसा गर्छन् । तर प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारकै रुपमासमेत काम गर्दै छिमेकसँग राम्रो सम्बन्ध बनाउनुपर्नेमा झन् बिग्रँदो स्थिति देखिएको छ । चीन भ्रमणका क्रममा बिआरआई फ्रेमवर्क पास गराएसँगै ओली नेतृत्वसँग भारत रुष्ट देखिएको प्रस्ट छ । यो असन्तुष्टिबारे बुझ्न एमालेले आरजुसँगै प्रदीप ज्ञवालीलाई पनि पठाएको खुलेको छ । तर दुवै नेताको यसपटकको भ्रमण खल्लो देखियो ।

Hardik health

ओली आफैं पनि भारतले नबोलाउँदा ‘साइकोलोजिकल टेरर’ अर्थात् मानसिक भयमा छन् । मलाई भारतले बोलाएन, बोलाए हुन्थ्यो । एकपटक त बोलाए हुन्थ्यो नि, त्यसपछि त मलाई कसैले प्रश्नै सोध्दैन थिए । अनि मेरो कार्यकाल सफल हुन्थ्यो भन्ने किसिमको प्रश्नले ओलीलाई जहिल्यै घोचिरहन्छ । कारण यसअघि जोसुकै प्रधानमन्त्री भए पनि पहिलो पाहुना बनाउने काम भारतले नै गथ्र्यो । यसपटक भारतले बेवास्ता गरेपछि ओली बल लगाएरै चीन पुगे ।

ओली नेतृत्वको सरकारलाई न त भारतले रुचाएको देखिन्छ  न त चीनले । भन्ने एकथोक, गर्ने अर्कोथोक, झुक्याउने यो रोग नेपाली नेतामा प्रथा जसरी विकास भएको छ । प्रस्टता झल्काउन नसक्दा नेपाली नेतृत्वमा चीन र भारतले प्रश्न उठाएको हो । जसले दिनानुदिन परराष्ट्र सम्बन्ध बिग्रँदो छ । आरजुले आफ्नो पोर्टफोलियो प्रयोग गर्दा पनि यो सम्बन्ध सुधार्न सकिनन् ।
 


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:१९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता
रास्वपा सरकारले अपनाउनुपर्ने संयमता मंगलबार, चैत १०, २०८२
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं
बढ्दो सार्वजनिक ऋणः उपभोगमा होइन, उत्पादनमा लगानी गरौं बिहीबार, चैत ५, २०८२
बस भाडा बढाउने तयारी रोक
बस भाडा बढाउने तयारी रोक बुधबार, चैत ४, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP