Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
समाचार
  • Home
  • समाचार
  • मार्गप्रसस्त गर्न माओवादीको माग, बचाउमा उत्रिए सत्ता पक्षका सांसद
विवादमा लेखा समिति सभापति पोखरेल मार्गप्रसस्त गर्न माओवादीको माग, बचाउमा उत्रिए सत्ता पक्षका सांसद
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस ९, २०८१
RBB RBB

सरकारको छायाँमा लेखा समिति भनेर पनि प्रश्न उठिरहेको छ । तपाईंकै दलको सरकार छ । तपाईं नै सभापति हुनुहुन्छ । मार्गप्रसस्त गरेको राम्रो ।
Amanlal-Modi-1735019314.jpg
अमनलाल मोदी
सांसद, माओवादी केन्द्र

काठमाडौं– प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको नेतृत्वमा विवादित व्यक्ति बसिरहन नमिल्ने भन्दै समितिका सदस्यहरुले सभापति ऋषिकेष पोखरेलमाथि प्रश्न उठाएका छन् । सोमबारको समिति बैठकमा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले विवादित व्यक्तिले राजीनामा दिएर मार्गप्रसस्त गर्न सुझाए ।

सहकारीको रकम अपचलन गरेको विषयमा परिवारका सदस्यमाथि प्रश्न उठेकाले पोखरेलले सभापतिबाट राजीनामा दिनुपर्ने मोदीको माग थियो । ‘सभापतिबारे पनि प्रश्न उठिरहेको छ । कहीँ न कहीँ तपाईंको परिवार र तपाईंसँग जोडिन्छ,’ मोदीले बैठकमा भने, ‘सरकारको छायाँमा लेखा समिति भनेर पनि प्रश्न उठिरहेको छ । तपाईंकै दलको सरकार छ । तपाईं नै सभापति हुनुहुन्छ । मार्गप्रसस्त गरेको राम्रो ।’

एमालेका सांसदसमेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ । जबकि यस्तै मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि लामो समय अनुसन्धानपछि यो विषय अदालतमा प्रवेश गरेको छ । यसैकारण लामिछानेको सांसद पदसमेत निलम्बनमा परेको छ ।

यस्तै विषयको मुद्दामा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम तिरेको भन्दै उन्मुक्ति पाइसकेका छन् । सहकारीको रकम अपचलनको प्रश्न उठेपछि सभापति पोखरेलले जवाफ दिनुपर्ने माग सत्तारुढ दल नेकपा एमालेकै सांसद योगेश भट्टराईले गरे । ‘सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ,’ भट्टराईले भने, ‘ती कुरा उठेको छ, स्पष्टीकरण दिने फोरम हैन तर पनि यसमा जवाफ दिएर स्पष्ट दिनूस् ।’ 

उहाँको परिवारको नाम आयो भने अपराधी नै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौं । आरोप लाग्दैमा राजीनामा किन ?
Gokul-1735019315.jpg
गोकुल बास्कोटा
सांसद, नेकपा एमाले

सत्तापक्षकै सांसदले प्रश्न उठाएपछि पोखरेल डिफेन्समा उत्रिएका थिए । उनले आफू जुनसुकै परीक्षामा सहभागी हुन तयार रहेको उल्लेख गर्दै दलको निर्णय मान्न तयार रहेको तर्क गरे । ‘म सबै परीक्षामा सहभागी हुन तयार छु । नेपालको कानुन प्रशासनमा विश्वास गर्छु,’ पोखरेलले भने, ‘दलका सांसद भइसकेपछि दलहरूले जे निर्णय गर्ने हो त्यसैलाई मान्ने हो ।’

पोखरेलको विषयमा सत्तारुढ दल एमालेका सांसद गोकुल बास्कोटा भने बचाउमा उत्रिए । आरोप लाग्दैमा राजीनामा दिनु नपर्ने र सभापतिलाई हमला गर्न ठीक नहुने बास्कोटाको तर्क थियो । ‘उहाँको परिवारको नाम आयो भने अपराधी नै सभापति हो भनेजस्तो सभापतिलाई हमला नगरौं । आरोप लाग्दैमा राजीनामा किन ?’ बास्कोटाले प्रश्न गरे । पोखरेललेझैं बास्कोटाले पनि कानुन नै अन्तिम सत्य भएको तर्क गरे । 

‘तनावको कुरा भएन तथ्य र सत्यले पुष्टि गर्छ भने राजीनामा गर्नुपर्छ । प्रतिशोध र पूर्वाग्रह कानुनी राजको गुण हैन, कानुन अन्तिम सत्य हो,’ उनले भने, ‘यहाँ सरकारमा नगएको को छ ? यहाँ आरोप नलागेको को छ ? आरोप लाग्यो भनेर सरकारमा नगएको को छ ?’कांग्रेस सांसद राजन केसीले पनि पोखरेलको श्रीमतीलाई पक्राउ पुर्जी जारी भएको तर्क गर्दै उनलाई मुछ्न ठीक नहुने तर्क गरे । ‘सभापतिको श्रीमतीलाई पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो हैन,’ केसीले भने ।

 

सभापतिकी श्रीमतीलाई पक्राउ जारी भएको हो, सभापतिलाई हैन होला । सभापतिलाई यसमा मुछ्नु राम्रो हैन ।
Rajan_KC-1735019316.jpeg
राजन केसी
सांसद, नेपाली कांग्रेस

लेखा समिति सभापति पोखरेलकी पत्नी कोइराला उमागौरी सहकारीको पूर्वसञ्चालक हुन् । सहकारी संकटमा परेपछि उनले २०७८ माघ ८ गते सहकारीबाट राजीनामा दिएकी थिइन् । प्रहरी अनुसन्धानका आधारमा मंसिर २७ गते कोइरालासहित २६ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । समितिका सभापति पोखरेलपत्नी कोइराला हाल फरार छिन् । उनीसहित अदालतमा उपस्थित नभएकाविरुद्ध पुस ३ गते जिल्ला अदालतले ३५ दिने म्याद जारी गरेको छ । उमागौरीले विभिन्न वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको देखिन्छ । १८ करोड ४० लाख कुल पुँजीमा देखाएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको उल्लेख छ ।

उमागौरी विराटनगरको शान्तिचोक बस्दै आएका शम्भुप्रसाद रौनियारले खोलेका थिए । उक्त सहकारी एमाले नेतासमेत रहेको समितिका सभापति पोखरेलको सुझावमा चल्ने गरेको स्थानीय बताउँछन् । सहकारीको रकम अपचलन भएपछि प्रहरीको फन्दामा पर्ने डरले पोखरेलकै योजनामा उनकी श्रीमती फरार भएको उनीहरुको आरोप छ । 


प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  ११:३३
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट
प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट आइतबार, जेठ ४, २०८२
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ
मूलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ आइतबार, जेठ ४, २०८२
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा
हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा आइतबार, जेठ ४, २०८२
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित
‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित आइतबार, जेठ ४, २०८२
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु
हैदराबादको भवनमा सर्ट सर्किटका कारण आगलागी, १७ जनाको मृत्यु आइतबार, जेठ ४, २०८२
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP