Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • जनकपुर बोल्ट्सलाई उपाधि 
एनपिएल क्रिकेट जनकपुर बोल्ट्सलाई उपाधि 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ७, २०८१

उत्कृष्ट नेपाली खेलाडी: दीपेन्द्रसिंह ऐरी
उत्कृष्ट बलर: ललित राजवंशी
प्लेयर अफ द टुर्नामेन्ट: सैफ जैब
म्याक्स फोर अफ टुर्नामेन्ट: लाहिरु मिलान्था
इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट: जिम्मी निशम
इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट: विपीन शर्मा
फेयर प्ले अवार्ड: लुम्बिनी लायन्स


काठमाडौं– नेपालमा पहिलोपटक आयोजना गरिएको फेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि चुमेको हो ।

जितका लागि सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुर बोल्ट्सले १९.२ ओभरमा पाँच विकेटको क्षतिमा पूरा ग¥यो । यो सँगै जनकपुरले सुदूरपश्चिमसँग दुईपटक बेहोरेको हारको बदला लिएको छ । यसअघि लिगचरण र क्वालिफायरमा भएका दुवै भेटमा जनकपुर सुदूपश्चिमसँग पराजित भएको थियो ।जनकपुरलाई उपाधि दिलाउने क्रममा ओपनरद्वय लाहिरु मिलान्था र आशिफ शेखले पहिलो विकेटका लागि महŒवपूर्ण ७३ रनको साझेदारी गरे ।

जनकपुरको जितमा मिलान्थाले आक्रामक अर्धशतकीय पारी खेले । उनले ४९ बल खेल्ने क्रममा चार छक्का र नौ चौकाको सहयोगमा ८७ रन बनाए । आशिफ शेखले १९ बल खेल्ने क्रममा चार चौका र दुई छक्कासहित ३३ रनको योगदान दिए । हर्ष थाकरले २४ बल खेल्दै दुई छक्काको साहरामा ३० रन बनाए । साथै मोहम्मद मोहसिनले नौ र जिमी निशमले चार, आकाश त्रिपाठीले दुई र मयन यादवले दुई रन बनाए ।
सुदूरपश्चिमका लागि सैफ अलि जेब, इशान पाण्डे, दीपेन्द्रसिंह ऐरी र स्कट कुग्गेलेइनले समान एक÷एक विकेट लिए ।

Sonam Lhosar
Hardik health

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । उसका लागि ओपनरद्वय सैफ अलि जेब र बिनोद भण्डारीले शानदार सुरुआत दिलाए । उनीहरुले पहिलो विकेटका लागि ११७ रनको साझेदारी गरे । सैफ अलि जेब अर्धशतकीय पारी खेले । उनले ४३ बल खेल्ने क्रममा आठ चौका र दुई छक्काको साहरामा ६९ रन बनाए । साथै विनोद भण्डारीले ३१ बल सामना गर्दै एक चौका र तीन छक्कासहित ४१ रन बटुले ।

साथै ब्राण्डन म्याक मुलेन र हर्मित सिंहले समान १४ रन बनाए भने  स्कट कुग्गेलेइनले १३ रन बटुले । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन÷तीन विकेट लिए भने जिमी निशम र ललित राजवंशीले एक÷एक विकेट लिए ।प्रतियोगिताको उपाधि विजेता जनकपुर बोल्ड्सले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरे । तेस्रो बनेको कर्णाली याक्सले २५ लाख रुपैयाँ र चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

एनपिएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पहिलो संस्करणको एनपिएलको आकर्षक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले प्राप्त गरेका छन् । नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले करिब ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् ।

क्यान, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्तरूपमा एपिएलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स एनपिएलकोे पहिलो संस्करणमा उपविजेता बनेको छ । कप्तान ऐरीले एनपिएलका नौ खेलबाट २२७ रन जोड्दै नौ विकेट लिएका छन् । 

एनपिएलको विजेता टोली जनकपुर बोेल्ट्सका खेलाडी ललित राजवंशीले अल्ट्राभाइलेट इलेक्ट्रिक मोटरसाइकल जितेका छन् । उनले एनपिएलमा सानदार प्रदर्शन गर्दै मोटरसाइकल जितेका हुन् । ललितले एनपिएलमा १७ विकेट आफ्नो नाममा दर्ता गर्दै चार रनसमेत जोड्न सफल भए ।‘प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड सुदूरपश्चिम रोयल्सका खेलाडी सैफ जैबले पाएका छन् । उनले पाँच लाख रुपैयाँको चेक प्राप्त गरे । जैबले एनपिएलमा सुदूरपश्चिमको लागि २७५ रन जोड्दै १२ विकेट लिएका थिए ।

जनकपुरबाट एनपिएल खेलेका अमेरिकाका क्रिकेटर लाहिरु मिलान्थाले ‘म्याक्स फोर अफ टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । एनपिएलमा ३५ चौका प्रहार गरेका उनले दुई लाखको चेकसहित ‘म्याक्सिमम फोर अफ टुर्नामेन्ट’ अवार्ड पाएका हुन् । मिलान्थाले एनपिएलमा कूल २९३ रन बनाएका छन् ।यस्तै, जनकपुर बोल्ट्सका खेलाडी जिम्मी निशमले ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड प्राप्त गरेका छन् । उनले दुई लाख रुपैयाँकोे चेक प्राप्त गरेका छन् । निशमले जनकपुरका लागि २४७ रन जोड्दै सात विकेट आफ्नोे नाममा दर्ता गरेका छन् ।

कर्णाली याक्सका आइकोनिक खेलाडी विपीन शर्माले ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्डसहित ५० हजार रुपैयाँ जितेका छन् । साथै, उनले प्रेसिडेन्टल ग्राजुऐट स्कुलबाट १० लाख रुपैयाँबराबरकोे छात्रवृृत्तिसमेत प्राप्त गरेका छन् । विपीनले एनपिएलमा १३ विकेट आफ्नो नाममा दर्ता गरेका छन् । एनपिएलमा लुम्बिनी लायन्सले ‘फेयर प्ले’ को अवार्ड जितेको छ ।
 


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १०:३५
#एनपिएल क्रिकेट
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP